पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलको राजीनामा, आर्थिक विषय बन्यो समस्या
बुटवल, भदौ २४ गते । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । असोज ५ गतेपनि पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित जस्तै भएपछि पोखरेलले राजीनामा दिएका हुन् ।
महासंघको निर्वाचनका लागि पहिलो मिती गत बैशाख २१ र २२ गते र दोस्रो पटकको मिती असार २२ गतेलाई तोकिएको थियो । सदस्यतामा विवाद भएपछि रोकिएको निर्वाचन अध्यक्ष विपुल पोखरेलले विज्ञप्ती जारी गरी आगमी असोज ५ गतेलाई मिती तोकेका थिए ।
पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुको माग रहेको बैठकमा सहभागी एक सदस्यले जानकारी गराएका छन् ।
अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने निश्चित छ । पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो । महासंघ केन्द्रले असोज ५ गतेलाई लाई नयाँ निर्वाचनको मिति तोकिएको थियोे । महासंघमा आवद्व सदस्य कति छन् निश्चित नगरी निर्वाचनको मिती तोक्नु नै गलत भएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रको चौतर्फी आलोचना भैरहेको अवस्थामा अध्यक्ष विपुल पोखरेले सोमबार राजीनामा दिएका हुन् ।
पटक– पटक निर्वाचनको मिती तोक्ने निर्वाचन हुन नसक्दा अध्यक्षले राजीनमा दिएका हुन् । अध्यक्ष पोखरेलले राजीनामा दिनुको कारण सदस्यता विवाद भन्दा पनि आर्थिक विवादले राजीनामा दिएको बताईएको छ ।
महासंघको बैठकमा सदस्यता विवाद मिलेको अध्यक्ष पोखरेलले बताएको उक्त बैठकमा सहभागी एक सदस्यले बताए । उनका अनुसार देशभरका पत्रकारहरुबाट सदस्यता रिनोको पैसा महासंघको केन्द्रमा जिल्लाहरु नपठाएको र सदस्यहरुको पैसा कोषमा जम्मा गरेर निर्वाचनमा जाने कुरो उठेको थियो ।
देशभरका सदस्यहरुको अथया जिल्ला शाखाहरुबाट सदस्यहरको उठ्नु पर्ने १ करोड ७८ हजार आसपासको पैसा जम्मा नभएपछि अध्यक्ष विपुल पोखरेललाई आफ्नै संगठन नेपाल पे्रस युनियनबाट बढी दवाव आएको र अन्यले पनि दवाव दिएकाले उक्त दवाव खेप्न नसकेर अध्यष विपुल पोखरेलले राजीनामा दिएको हुन सक्ने महासंघका एकजना केन्द्रिय प्रतिनिधिले बताए ।
सदस्यहरुले नविकर गरेको पैसा उठ्न नसक्नुअध्यक्ष गल्ती कमजोरी नभएको नेपाल पत्रकार महासंघका एक केन्द्रिय सदस्यले बताए । सदस्यता नविकरण शुलक पठाउने जिम्म र दायित्व जिल्ला शाखाहरुको हो उनले भने । यसका अध्यक्षको गल्ती थिएन र राजीनमा दिनुपर्ने कुनै कारण नभएको उनले बताए । यसबारे बुझ्न खोज्दा अध्यक्ष विपुल पोखरेलसंग सम्पर्क हुन सकेन ।