विकासको नाममा एमालेको राजनीति

बुटवल, असोज ११ । बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–१ को बुद्धटोलमा नेकपा (एमाले) ले विकास निर्माणको नाममा राजनीतिक षड्यन्त्र गरेको स्थानीयले बताएका छन् । टोल विकास संस्थाअन्तर्गत स्थानीय बाटाहरूको स्तरोन्नतिको नाममा यही असोज ८ गते आयोजना गरिएको भेला एमालेको भएपछि यस्तो षड्यन्त्रको खुलासा भएको स्थानीयको भनाइ छ ।
राष्ट्रिय जनमोर्चाका सदस्यहरू इन्दिरा भुसाल, सीता भुसाल, सुनिता महतारा र मधु भुसालले असोज ९ गते प्रेसविज्ञप्ति जारी गरी विकास निर्माणको नाममा एमालेले अनावश्यक राजनीति गरेको बताएका छन् ।
बुद्धटोलको मालारानीपथ निवासी उहाँहरू चार जनालाई एमालेले स्थानीय बाटो स्तरोन्नतिको नाममा भेलामा बोलाएर समितिमा राख्न खोजेको प्रेसविज्ञप्तिमा उल्लेख छ ।
“हामीहरूको सहमतिबिना एकतर्फी रूपमा विकास कार्यको नाममा राजनीतिक स्वार्थपूर्ति गराउन खोज्ने जुन तल्लो र घृणित कार्य गरिएको छ, त्यसप्रति घोर निन्दा र भत्र्सना गर्दछौँ” विज्ञप्तिमा भनिएको छ – “हामीहरू राष्ट्रिय जनमोर्चाका समर्थक, शुभचिन्तक कार्यकर्ता भएको, हामीहरूको निष्ठा, आस्था यसै राजमो सङ्गठनप्रति अटल रहेकाले नेकपा (एमाले) ओली समूहको षड्यन्त्रमूलक योजनाबाट सचेत रहन सबैप्रति हार्दिक अपिल गर्दै यो प्रेसविज्ञप्ति जारी गर्दछौँ ।”