सहचालकका परिवारलाई यातायात सहकारीद्वारा १५ लाख सहयोग


बुटवल, १० जेठ । पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीले पाल्पा तानसेन नगरपालिका–१० निवासी स्वर्गीय कोपिल रानाको परिवारलाई १५ लाख राहत रकम हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरग सहकारीले मानवीय सहयोग गरेको हो ।

राना पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. अन्तर्गत सञ्चालन हुने लु.प्र.०१–००१ ख ०१२८ नम्बरको बसमा सहचालकको रूपमा कार्यरत थिए। गत २०८२ फागुन १७ गते काठमाडौंबाट भैरहवातर्फ फर्कने क्रममा अराजक समूहको आक्रमणका कारण मृत्यु भएको थियो ।
सहकारीका अध्यक्ष दधिराम खरेल असल व्यबहारका रानाको निधनले परिवार मात्र होइन, सम्पूर्ण यातायात क्षेत्र स्तब्ध बनेको बताए । अध्यष खर।ेलका अनुसार अनुसार सहकारी केवल बचत तथा ऋण कारोबार गर्ने संस्था मात्र नभई सदस्यहरूको दुःख–सुखको साझेदार बन्ने उद्देश्यले सञ्चालनमा रहेको बताउंदै भने – घरको मूल अभिभावक गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सकिदैन ।

सहकारीका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालका अनुसार हालसम्म सहकारीले ६ जना बस व्यवसायी, चालक तथा सहचालकका परिवारलाई १५ लाखदेखि २२ लाख रुपैयाँसम्म राहत तथा बीमा रकम उपलब्ध गराइसकेको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक निशान थापाले सहकारीले यातायात क्षेत्रबाट सकारात्मक सन्देश दिने गरी मानवीय धर्म गरेको भन्दै प्रसंसा गरे ।
गत चैत १८ देखि २४ गतेसम्म सम्पन्न साधारणसभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूलाई सम्मान गरिएको सहकारीका सञ्चालक मोहन पिएसले जानकारी गराए ।
नेपालको यातायात क्षेत्र लामो समयदेखि श्रमिक असुरक्षा, न्यून सामाजिक सुरक्षा र अस्थिर आयको समस्या झेल्दै आएको छ ।
चालक तथा सहचालकहरु बीमा, स्वास्थ्य सुविधा र आकस्मिक राहतबाट वञ्चित भएकाले पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीले उदाहरणीय काम गरेको छ ।























