विशे नगर्चीको शालिक बुटवलमा स्थापना

बुटवल, जेठ १० गते । नेपाललाई एकीकरण गर्नमा पृथ्यवीनारायण शाहलाइ सहयोग पुराएका विशे नगर्चीको शालिक बुटवलमा स्थापना गरिएको छ ।
ठूलो ईतिहांस बोकेपनि ओझेदमा परेका गारेखाका विशे नगर्चीको शालिक बुटवलको फुलवारी मणिमुकुन्द सेन उद्यान पार्कमा राखिएको छ । केही समय अघि राखिएको नगर्चीको शालिकको शालिक यही जेठ ११ गते अनाबरण गरिदै छ ।

मणिमुकुन्द पार्क भित्रको २ कठ ३ धुर जग्गामा विशे नगर्ची वाटिका बनाईएको विशे नगर्ची एकताको प्रतिक नेपाल रुपन्देही, बुटवलले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

बाटिकामा राखिएको पूर्णकदको शालिक सोमबार विशेष कार्यक्रमको आयोजना गरी अनावरण गर्न लागिएको संस्थाका अध्यक्ष रामकृष्ण रणपालले जानकारी गराए । एकीकृत नेपाल बनाउन योगदान पुराएका नगर्चीको योगदानलाई सम्मान गर्ने उद्देश्यउले शालिक बनाईएको बताउदै अध्यक्ष रणपालले राज्यले सम्मान गर्न नसकेको बताए ।

विशे नगर्ची एकताको प्रतिक नेपाल रुपन्देही, बुटवलका उपाध्यक्ष लोकबहादुर नेपालीले नुवाकोट हारेपछि पृथ्वीनारायण शाहलाई सहयोग गरेर एकीकृत नेपाल बनाउनमा ठूलो योगदान पुराएको बताए । पृथ्वीनारायण शाहले २२ से चोविसे राज्यलाई गाभेर एकीकृत नेपाल बनाउने लडाईमा नुवाकोटेसंग हारेपछि थप लडाईका लागि हतियार किन्नका लागि पैसाको अभाव भएपछि गोरखाका १२ हजार घर कुरियाबाट एक एक रुपैयां उठाएर हातहतियार किन्ने पैसा जम्मा गर्न पृथ्वीनारयाण शाहलाई नगर्चीले सल्लाह दिएको इतिहांस साक्षी रहेको उपाध्यक्ष नेपालीले बताए ।

संस्थाका सचिव तथा लोक गायक नारायण बिपी परियारले नेपाल बनाउन महत्वपूर्ण योगदान दिएका विशे नगर्चीको योगदान भुलेमा ठूलो अन्याय हुने महसुस गरेपछि हामीले पूर्ण कदको शालिक स्थापना गर्ने निर्णय गरिएको बताए ।

परियार समूदायका विशे नगर्चीको जन्म वि.स १७४६ मा गोरखाको जर्किन डांडामा भएको थियो, भने उनको मृत्यु १८२८ मा भएको थियो ।