संघीयताका कारण राष्ट्रियता र गणतन्त्र संकटमा – राष्ट्रिय जनमोर्चा

बुटवल, असोज २० । शुरुदेखि संघीयताको विपक्षमा उभिएको राष्ट्रिय जनमोर्चाकाले संघीयताको बिरोध गर्दै देशका सातै प्रदेशका प्रदेश मुकामहरुमा सा गरेको छ । राष्ट्रिय जनमोर्चाले बुधबार प्रदेश मुकामहरुमा प्रदेशस्तरीय सभा गरेको हो । गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, संघीयता र एमसीसी खारेज गरौं भन्ने मूल नाराका साथ सभाको आयोजना गरिएको हो ।
राष्ट्रिय जनमोर्चाको केन्द्रिय कार्यक्रम अनुसार लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा पनि सभा भएको छ । सोही कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्रीले संघीयताका कारण राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता संकटमा परेको बताए । राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षाको संरक्षणका लागि संघीयता खारेजी गर्ने पर्ने बताए ।

संघीयता रहंदासम्म देशले मुक्ति नपाउने बताउंदै एमसीसी नेपाल र नेपालीको लागि विषादी भएकाले एमसीसी परियोजना नेपालमा ल्याउनै नहुने नेता खत्रीको तर्क छ । लुम्बिनी प्रदेशका अध्यक्षसमेत रहेका नेता बोमबहादुरले पालैपालो सत्तामा बस्नेहरुबाट देशले संकटको अवस्था भोग्नु परेको बताए ।

सत्तामा बसेर देशलाई कंगाल बनाउनेहरुका बिरुद्व नेपाली जनतालाई सचेत बनाउने बेला बताउंदै नेता खत्रीले भने देश र जनताले संकट भौग्दा पनि सरकार बोल्न सकेन ।

राष्ट्रिय जनमोर्चाका नेता चन्द्रबहादुर केसीले सत्ताका लागि बिदेशी शक्ति केन्द्रहरुको पाउ पर्नेहरुबाट देशलाई मुक्त बनाउन राष्ट्रिय जनमोर्चाको झण्डामुनी गोलबन्द हुनुपर्ने बताए । अमेरिकी र भारतीय साम्राज्यबादको आर्शिबाद थापेर देशलाई कंगाल बनाउनेहरुको पहिचान गरेर तिनिहिरुलाई नेपाली जनताले बहिष्कार गर्नुपर्ने बताए ।

वामपन्थी नेता शुरेस थापाले देशमा भ्रष्टाचार, महङी, कालोबजारी,तस्करी, अनियमितताबाट जनता मारमा परेको उल्लेख गर्दै सत्तामा बस्नेहरु देश र जनताप्रति जिम्मेवार बन्न नसकेको बताए । जिल्ला समन्वय समिति प्यूठानका संयोजक केशवराज आचार्यले नेपालको लागि संघीयता आवश्यक नभएको बताउंदै संघीयताका कारण राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता संकटमा पर्दापनि सत्तधारीहरु बोल्न नसकेको बताए ।

कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रिय महासचिव सकुन्तला राना, अखिल छैठौंका उपाध्यक्ष देवेन्द्र कुंवरले आआफ्ना भनाइ राखेका थिए ।राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलमको अध्यक्षता र सोमकुमार कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
यस अघि बुटवलको राजमार्ग चौराहाबाट संघीयता र एमसीसीको बिरुद्व, राष्ट्रियता र गणतन्त्रको पक्षमा नारावाजी गर्दै जुलुस प्रदर्शन गरिएको थियो । सभामा रक्ति सांस्कृतिक अभियानका कलाकारहरुले गीत तथा नउृत्य प्रस्तुत गरेका थिए ।