घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाइ सजाए गर्न नागरिक समूहको माग

बुटवल , असोज २३ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ निवासी सीता पौडेल र तिलोत्तमाको भलवारी माइती भएकी कपिलवस्तु निवासी सरस्वती कौशलको रहस्यमय मृत्युप्रति स्वतन्त्र नागरिक समूह नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज  गैह्रे र महासचिव टोपबहादुर केसीले विज्ञप्ती जारी गरी दुवै ठाउंमा घटेका घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारसंग माग गरेका छन् ।
दुवै घटनाप्रति स्वतन्त्र नागरिक समूह नेपालको गम्भीर ध्यानकर्षण भएको र मृत्युको सत्य–तथ्य पत्ता लगाई दोषिलाई हदैसम्मको सजायको व्यवस्था गर्न विज्ञप्ती मार्फत माग गरिएको छ ।
सीता पौडेलको यही २०७८ भदौ २० गते आफ्नै घरमा रहस्यमय मृत्यु भएको थियो । त्यस्तै कलिवस्तुकी सरस्वती कौशलको २०७८ असोज १४ गते रहस्यमय मृत्यु भएको थियो ।
दुवै घटना घट्न्को कारण पत्तालगाइ घटनामा संलग्नहरुलाई स्वतन्त्र नागरिक समूहले सजाएको माग गरेको हो ।