सुस्ताको नक्साकंन, सीमाकंनसहित नागरिकताको माग

प्रलेस रुपन्देहीको आयोजनामा सुस्तामा साहित्य कार्यक्रम

 बुटवल, कार्तिक १३ गते /  भारतीय पक्षबाट अतिक्रमित नेपाली भूमि नवलपरासीको सुस्तामा प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीले साहित्य कार्यक्रम गरेको छ । स्वाधिनताका निम्ति सुता साहित्य विषयमा अतिक्रमित भूमि सुस्तामा शुक्रबार साहित्य कार्यक्रम गरिएको हो ।

भारतीय पक्षबाट अतिक्रमित नेपाली भूमि फिर्ताका लागि साहित्यकार तथा लेखकहरुले राज्य पक्षलाइ जिम्मेवार बन्न आग्रह गरेका छन् । नेपालीसंग भएको १४ हजार हेक्टर पूर्जा भएको जमिन पनि भारतीय पक्षले भोगचलन गर्दा पनि आज सम्मका सरकारहरु निदाएको भन्दै सरकारप्रति ब्याङे गदै अलोचना गरे ।

असल छिमेकीको नाममा भारतीय पक्षले सुस्ता लगायत देशका दर्जनौ ठाउंमा नेपाली भूमि अतिक्रमण गर्दा पनि बोल्न नसक्ने सरकार राजनीतिक दलहरु राष्ट्र,राष्ट्रियता र जनताप्रति जवाफदेशी बन्न नसकेको साहित्यकार तथा लेखकहरुको तर्क छ । राजनीतिक दलहरु र सरकार भारतले गर्दै आएको थिचोमिचोको बिरोध गर्न नसकेकै कारण भारतले नेपालमाथि आफ्नो साम्राज्य फैलाउंदै गएको उनीहरुको भनाइ छ ।

सुस्ता क्षेत्रको नेपाली भूमि भारतीय पक्षबाट फिर्ताका लागि देशभरका साहित्यकारहरुको ध्यानाकर्षण गरेर राज्य र राजनीतिक दलहरुलाई खबरदारी गरिने साहित्यकारहरुले प्रतिवद्वता जनाएका छन् ।सोही कार्यक्रममा बोल्दै सांसद सिन्दु जलेसाले सुस्तावासीलाई सहयोग गर्ने प्रतिवद्वता जनाइन । उनले जसको जोत उसको भोग भन्ने नारा अनुसार सुस्ताको समस्या समाधान गर्न सरकारमा पहल गर्नेसमेत प्रतिवद्वता जनाइन ।

वरिष्ठ साहित्यकार तथा प्राज्ञा बुंद रानाले देश चलाउने नेतृत्वले बुझ्न नसक्दा सुस्ता लगायको नेपाली भूमि मिचिएको बताए । आफ्नै देशको आफ्नै गाउंमा पराधिन भएर बस्न पर्दा दुख्ख लाग्ने गरेको उल्लेख गर्दै आफ्नो भूमि मिचिदा मौन बस्नेहरुसंग केही विश्वास गर्न नसकिने भन्दै सरकार र दलहरुप्रति व्यङे गर्दै आलोचना गरे ।

पूर्व सभासद् तथा साहित्यकार देवेन्द्र घिमिरेले सुस्तामा सरकार झुकेको बताए । सुस्ताको विषयमा सरकार अहिले पनि र पहिले पनि झुकेको र चुकेको साहित्यकार तथा लेखक देवेन्द्र घिमिरेरेको दावी छ ।प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङले कलमको माध्यामबाट सुस्तावासीको समस्यालाई समाधानका लागि सहयोग पुराउन सकिने बताए ।

देशभरका साहित्यकारहरुलाई सुस्तामा ल्याएर सुस्ताको विषयमा जानकार गराउन प्रयास गरिने अध्यक्ष गुरुङको भनाइ छ ।

सुस्ता बचाउन अभियानका संयोजक गोपाल गुरुङले नेपाली भूमि जोगाउने अभियानलाई साथ सहयोग दिन आग्रह गर्नुभयो । सुस्ताको सबै भूमि अतिक्रमणका लागि अहिले पनि भारतीयहरुले आफुलाई धम्काउने गरेको जानकारी गराए । भारतीय पक्षले हैरान पारेपछि मोवाइलको सिमसमेत बदल्नु परेको गोपाल गुरुङको भनाइ छ ।

सशस्त्र बल नबसेको अवस्था २०६२ कार्तिक ४ गते अघि भारतीय एसएसबीले सुस्ताका नागरिक र भूमिमाथि अत्याचार गर्दै आएको र गाउंलेहरुले खुकुरी,खुंडा र तरवार बोकेर भारतीयहरुसंग लडेर बल्ल बल्ल बाचिएको दुखेसो गुरुङले वास्तविक कहांनी सुनाए ।

उक्त साहित्य कार्यक्रममा ऋषिराम भुसाल, सीता काफ्ले, शुवास रिजाल, कृष्ण गाउंले, श्यामलाल पोखरेल केशव न्यौपाने, यज्ञप्रसाद न्यौपाने लगायतले आआफ्ना भनाइ राखेका थिए । संघका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । २०३४ सालमा जब नारायणी नदीले धार बदलियो तब नेपालीको ४० हजार ९८० हेक्टर जमीन गायव भयो । सुस्तामा आज ७ हजार हेक्टर जमिनमा नेपाली बस्दै आएका छन् ।

१४ हजार हेक्टर जमिनको पूर्जा नेपालीसंग भएरपनि भारतीय पक्षले भोगचलन गर्दै आएको छ । करिव १९ हजार हेक्टर जमिन विवादित् भूमिको रुपमा रहेको शस्त्र प्रहरी सुस्ताका प्रहरीले बताएको छ । अहिले सुस्तामा २६५ घरघूरी छन् । १९५ घरधूरीको नागरिकको नागरिकता छ । करिव तीन हजार जनसंख्या छ । सुस्ताको नक्साकंन, सीमाकंन हुनुपर्ने र नेपाली नागरिकता पाउनु पर्ने सुस्तावासीको माग छ ।