मन्त्री गुरुङ र पुनले लिए शपथ

काठमाडौं, जेठ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ गृहमन्त्री र स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त भएका छन् । गृहमन्त्रीमा गुरुङ पुनः नियुक्ती भएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गुरुङलाई गृहमन्त्रीमा र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

नियुक्तिपछि गुरुङ र पुनले पद तथा गोपनियताको शपथ समेत लिएका छन् । शितल निवासमा आयोजित कार्यक्रममा गुरुङ र पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

आफ्नो सम्पत्ति विवाद बारे चौतर्फी प्रश्न उठेपछि गुरुङले गत बैशाख ९ गते राजीनामा दिएका थिए ।