दुधको मुल्यवृद्विले उपभोत्ता मारमा

किसानको नाममा व्यापारिलाई फाइदा

बुटवल,फागुन२गते। दुधको मुल्यवृद्वि भएपछि आम उपभोत्ता मारमा परेका छन्। किसानको नाममा व्यापारिलाई फाईदा भएपनि आम उपभोक्ता मारमा परेपछि दुधमा भएको मुल्यवृद्वि चौतर्फी बिरोध भैरहेको छ। दुधको मुल्यवृद्विहुंदा वास्तविक किसानले भन्दा दुध व्यवसाय गर्ने व्यापारिले बढी फाईदा लिएको आरोप छ। किसानको नाममा मूल्यवृद्वि गरेर व्यापारीलाई मोटो रकम नाफा सुनिश्चित गरिएको भन्दै चौतफी आलोचना भएको छ। तीन महिना लामो कसरतपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादव दुधको मूल्य बढाउन सफल भएपनि दुधका आम उपभोक्ताले त्यसको बिरोध गरेका छन्। मन्त्री यादव व्यापारीको स्वार्थमा लागेर दूधको मूल्य बढाउन सहमत भएको आरोप छ । सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले दूधमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्य बढाएको छ । तर किसानले बेच्ने मूल्यमा लिटरमा ६ रुपैयाँ ५२ पैसा मात्रै बढेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्ट्यान्डर्ड दूधको मात्रै मूल्य बढाउन अनुमति दिए पनि डीडीसी र नीजि डेरीले सबै प्रकारको दूधको मूल्य बढाएका छन् । देशैभर अब डीडीसीको स्ट्यान्डर्ड दूधको मूल्य लिटरमा ९ रुपैयाँ, चिया मिल्क १० रुपैयाँ, गाईको दूध १२ रुपैयाँ र फूल क्रिम दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढाइएको छ । किसानले दिएको असली दुधको फ्याट घटाएर दुध व्यवसायीले उपभोक्तालाई कमसल दुध दिने गरेका छन्। जसले गर्दा किसान भन्दा बिचका बिचौलियाहरु मोटाउने गरेको सरोकारवाला निकायहरुको भनाइ छ।
यस्तै निजी क्षेत्रका डेरीहरुले फागुन १ गतेदेखि स्ट्यान्डर्ड दूधको मूल्य लिटरमा १० रुपैयाँले बढाएका छन्।

तेजकुमार पाठक
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुकार पाठकले दूधमा भएको अस्वाभाविक मूल्यवृद्धिले गरिब तथा विपन्न वर्ग ठूलो मारमा परेको बताए। उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुकार पाठकका अनुसार बीचौलियाबाट हुने गरेको अचाक्ली मुनाफाको विरुद्ध जिम्मेवार निकायले तत्काल अनुगमन गरी नियमन गर्नुपर्छ।अस्वभाविक रुपले दुधमा भएको मुल्यवृद्विको विषयमा सरकार जवाफदेही बन्नुपर्छ। खाद्य सम्प्रभूतामा गरिव विपन्न बालबालिका तथा वृद्धवृद्धाहरुको पहुँच समाप्त भएको र कुपोषणको कारण अनेक रोगहरु लाग्ने सम्भावना छ।‘२० प्रतिशतभन्दा बढी मूल्य लिनु कालाबजारी ऐन आकर्षित हुने हुँदा दुधको मुल्य फिर्ता ल्याउने गरी सरकार जबाफदेही बन्न उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठकको भनाइ छ।
सचिव डा. शान्ता कार्की
लुम्बिनी प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डां शान्ता कार्कीले संघीय सरकारले दुधको मुल्य बढाएको भन्दै त्यसका बिरुद्व जान नसकिने बताइन । सचिब कार्कीले लुम्बिनी प्रदेश सरकारले दुधको मूल्य नबढाएको दावी गर्दै दुधको अनुचित मुनाफा लिनेहरुलाई कारवाही गरिने प्रतिवद्वता जनाइन ।
लोकराज भुसाल
लुम्बिनी प्रदेश कृषि तथा पशुपन्छी विकास महाशाखाका पशुचिकित्सक
सन्दर्भःदुधको मूल्यवृद्धि!
४ प्रतिशत फ्याट ८ प्रतिशत एस एन.एफ भएको प्रतिलिटर दुधको मूल्य रु. ५६.४ मा कृषकले डि.डि.सि.लाई बिक्रि गर्दा उपभोक्ताले ३ प्रतिशत फ्याट ८ प्रतिशत एस. एन.एफ.भएको प्रतिलिटर दुधको रु.८५ रुपैयां डिडिसिलाई तिर्नुपर्ने कस्तो सामाजिक न्याय हो ? सामाजिक न्याय मरेके हो त ? भनेर प्रश्न गरेका छन्। यसले के बुझिनछ भने दुधमा भएको मुल्यवृद्विले सरासर उपभोक्ता मारमा परेका छन्।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय ।

नेपाल सरकार मन्त्रिपरिषद्को मितिी २०७८।१०।१७ गतेको बैठकले किसानले उत्पादन गरेको कच्चा दुधको प्रति इकाई, प्याट रु ६.८१ पैसा र प्रति इकाई एस.एन.एफ रु ३.६० पैसाका दरले ४ इकाई फ्याट र ८ इकाई एन.एस.एफ भएको कचचा पदार्थ दुधको प्रतिलिटर किसानले पाउने न्यूनतम मुल्य रु ५६.४ पैसा निर्धारण गरेको छ ।