संघीयता बिरुद्व दुई राप्रपा एक ठाउं

संघीयता बिरुद्व जनलहर बढ्दो

बुटवल,साउन६ गत शुक्रबार। संघीयताका बिरुद्वमा देशभर जनलहर बढेको छ ।पछिल्लो समय युवादेखि वृद्ववृद्वाले प्रदेश खारेज गर्नुपर्ने बताउन थालेका छन् ।नेपाल जस्तो सानो देशले प्रदेश धान्न नसक्ने र प्रदेशबाट धेरै भ्रष्टाचार र अनियमितता भएको भन्दै संघीयताविरुद्व आवाज उठ्न थालेको हो ।।शुरुमा संघीयताको विपक्षमा उभिएको राष्ट्रिय जनमोर्चा नेपालमा एक मात्र दल भएपनि अहिले संघीयताको बिरुद्वमा बोल्ने दल र जनसंख्या बढेको छ ।कांगे्रस, एमाले भित्रका कतिपय नेताहरु संघीयताको बिपक्षमा उभिएका छन् ।एमाआवादीमा पनि भित्रभित्रै संघीइता चाहिन्न भन्नेहरुको जमात बढेको एक माओवादी नेता बताउ छन् । संघीय प्रणालीको विपक्षमा जनलहर बढिरहेको अवस्थामा दुर्य राप्रपा एक ठाउंमा उभिएका छन् । अहिले दुवै राप्रपाले नेपालमा स.घीयता नहाचिले भएकाले प्रदेश खारेज गर्नुपर्छ भन्ने मागसहित अगाडी बढेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल दुवै दलले संघीयता खारेजीलाई आगामी निर्वाचनको एजेण्डा बनाउने भएका छन् ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी बैठकमा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सार्वजनिक कार्यक्रममार्फत संघीयता खारेजीको एजेण्डा प्रस्तुत गरेका छन् ।राप्रपाको केन्द्रीय समिति बैठकमा लिखित मन्तव्य व्यक्त गर्दै अध्यक्ष लिङदेनले संघीयताका कारण राज्य व्यवस्था बेथिती र विसंगतिको पुलिन्दा बनेको बताएका छन् ।‘एक समय गणतन्त्र, लोकतन्त्र र संघीयता लागू भएपछि देशमा कायापलट हुन्छ, राम राज्य स्थापित हुन्छ भनिएको थियो’ लिङदेनले भने ‘तर, एकोहोरो रट लगाए जस्तो समावेशी समृद्ध नयाँ नेपाल बन्ने बनाउने क्रम त परै जाओस्, राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको छ।’राप्रपाले तीन तहको संघीयता होइन, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने ठहर गर्दै आगामी संघ र प्रदेशको निर्वाचनमा राप्रपाले यी विषयलाई जोडदार रुपमा उठाउने जनाएको छ ।यद्यपी राप्रपाले संघीयतासँगै जनआन्दोलनबाट स्थापित गणतन्त्र र धर्म निरपेक्षताको खारेजीमा समेत जोड दिएको छ । यता, राप्रपा (राप्रपा) नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यक्ता नभएको बताए। बलियो केन्द्रीय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यक्ता नरहेको दावी गरेका छन् । ‘संघीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई वटा तहको संघीय स्वरुप कायम गर्न उपयुक्त हुन्छ’ अध्यक्ष थापाले भने– ‘प्रदेश सरकारको आवश्यक्ता छैन भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता रहेको छ।’