आवाजले गर्यो, सहकारी साक्षरता तथा सदस्य प्रोत्साहन कार्यक्रम

बुटवल । आवाज बचत तथा ऋण सहकारी संस्था लि. बुटवलले सहकारी साक्षरता तथा सदस्य प्रोत्साहन कार्यक्रम गरेको छ ।
६४ औँ सहकारी दिवनको अवसरमा सहकारीले झोलुंगेपुल क्षेत्रका सेयर दस्यका लागि एक दिवसीय सदस्य प्रोत्साहन कार्यक्रमसँगै सहकारी शिक्षा दिएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीको प्रमुख अंग नै सहकारी शिक्षा र सेयर सदस्यको उत्प्रेरणा भएको बताए । उनले सहकारीहरुले सहकारी शिक्षालाई अभियान कै रुपमा संचालन गर्नुपर्नेमा जोड दिए ।

बुटवल उममहानगरपालिकाका कार्यपालिका सदस्य विष्णु कुमारी शर्माले सहकारीहरुलाई व्यवस्थित र जनउपयोगी बनाउनु पर्नेमा जोड दिइन । उनले उपमहानगरपालिकाले सहकारीको प्रर्वद्धनका लागि काम गरिरहेको बताइन् ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष बाबुराम बन्जाडेले रचनात्मक कार्यहरुबाट नै सेयर सदस्यहरुको जीवन समृद्ध बनाउन सकिने बताए । उनले राज्यले लिएको समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई सहकारी मार्फत साकार बनाउन सकिने बताए ।

आवाजका संचालक तथा कार्यक्रम संयोजक गिता बन्जाडेको संचालनमा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ रुपन्देहीका संयोजक सन्दिप सापकोटाले सहकारी साक्षरता र रमेश अर्यालले उत्प्रेरणाका सम्वन्धमा सहजीकरण गरेका थिए ।