नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना र लेनिनको जन्मदिन

कम्युनिष्ट पार्टी स्थापनाको मुल लक्ष्य साम्वादी व्यवस्था स्थपना

बुटवल, बैशाख ९ गते । आज नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस र लेनिनको १ सय ५४ औं जन्म दिन ।कम्युनिष्ट शुभ चिन्तकहरुले कम्युनिष्ट पार्टीको स्थापना दिवस र लेनिनको जन्म दिनलाई दिवसको रुपमा मनाएका छन् ।
विश्व कम्युनिष्ट पार्टीका नेता लेनिनको जन्म दिनको अवसरमा २००६ साल बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । निरंकुश राणाशाही विरोधी जनआन्दोलनको पूर्व सन्ध्यामा २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।

नेपालमा कम्युनिष्ट पार्टीको राज्य व्यवस्था स्थापना गर्नका लागि कम्युनिष्ट पार्टीको स्थापना गरिएको हो । नौलो जनावादी क्रान्तिको बाटो हुंदै समाजवादी व्यवस्थाबाट साम्यवादी व्यवस्था स्थापना गर्ने प्रमुख उद्वेश्यले कम्युनिष्ट पार्टीको स्थापना गरिएको हो ।
तत्कालिन समयमा राणाशाही विरोधी आन्दोलनबिरुद्व सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनलाई अगाडी बढाउने अठोका साथ पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरञ्जनगोविन्द वैद्य र नारायण विलास जोशीले कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।

पुष्पलाल श्रेष्ठको अगुवाईमा स्थापना गरिएको कम्युनिष्ट पार्टीको संस्थापकहरुमा नरबहादुर कर्माचार्य, नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य संस्थापक हुन् । त्यस्तै मोतीदेवीको पनि नाम आएपनि कम्युनिष्ट पार्टी स्थापना गर्ने विषयमा सहमती भएपनि कम्युनिष्ट पार्टी स्थापना गर्ने बेला मोतीदेवी सहभागी नभएको कतिपयले बताउने गरेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीको संस्थापक मोतीदेवी पनि हुन् भन्ने कतिपयको दावी छ ।

स्थापनाकालदेखि नै राणा विरोधी आन्दोलन हुंदै सामन्तवाद, साम्राज्यवादबिरुद्व पञ्चालयत र राजतन्त्रबिरुद्व गणतन्त्रको पक्षमा कम्युनिष्ट पार्टीले वलिदानीपूर्ण संघर्ष गर्दै आएको छ ।
एउटो कम्युनिष्ट पार्टीबाट हालसम्म नेपालमा दर्जनको हाराहारीमा कम्युनिष्ट पार्टीहरु विभाजित भएपनि २०४६ साल, २०६२÷६३ सालको लोकतान्त्रिक आन्दोलन सफल बनाउन र संविधान सभाबाट संविधान लेख्न कम्युनिष्ट पार्टीहरुको प्रमुख भूमिका छ ।

जनताको गास, वास, कपासका साथै राष्ट्रियता, जनतन्त्र जनजीविकासंग जोडिएका मुद्वाहरु कम्युनिष्ट पार्टीको मुल मुद्वा हो ।
नेपालमा कम्युनिष्ट पार्टी विभाजित भएपनि सबै कम्युनिष्ट पार्टीहरुको अन्तिम लक्ष्य, उद्वेश्य भनेको वर्ग विहिन समाज अथवा साम्यवादी व्यवस्था स्थापना गर्नु हो ।