रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनद्धारा जनस्वास्थय सुरक्षा सामाग्री हस्तान्तरण

माधव भाट क्षेत्री 
कपिलवस्तु । अन्तरास्ट्रिय सामाजिक सस्था रोटरी इन्टरनेसनल डिन्टृक 3292 नेपाल – भुटान अन्तरगतको रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले तीन वटा संस्थालाई पि.पि.ई. सेट आज एक कार्यक्रमका बीच प्रदान गरेको छ ।
रोटरीले सामुदायिक अस्पतालमा आयोजित कार्यक्रममा २३ थान उच्च गुणस्तरयुक्त पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट  (पि.पि.ई.) सेट ६० हजार मूल्य बराबरको ११ थान बाणगंगा नगरपालिकालाई, ६ थान कपिलवस्तु सामुदायिक अस्पताललाई, ६ थान कपिलवस्तु एम्बुलेन्स चालक संघलाई  हस्तान्तरण गरेको हो ।
कोभिड १९ को उच्च जोखिममा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुको स्वास्थ्य सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गर्दै रोटरीले पि.पि.ई. सेट प्रदान गरेको कार्यक्रमका संयोजक लक्ष्मण अधिकारीले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि बाणगङ्गा नगरपालिका का मेयर  मंगल प्रसाद थारुले बाणगंगा नगरमा विभिन्न सामाजिक कार्यमा रोटरी क्लव अफ कपिलवस्तु  मिड टाउनको भूमिका महत्वपूर्ण रहेको बताउँदै बिगतमा पनि सकृय रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले सामाजिक कार्यमा अग्रपंक्तिमा देख्दा आफुहरु अति नै खुसि भएको बताउनु भयो।
मेयर थारुले देश व्यापी रुपमा अभाव भएको अक्सिजनको समस्या समाधान गर्न आफूले अक्सीजन प्लान्ट निर्माणका लागि कार्यपालिका बैठकमा प्रमुख एजेन्डा बनाउने र  यो कार्यमा रोटरीले विशेष भुमिका निर्वाह गर्नेमा आफु आसाबादि भयको बताउनु भयो  । विशिष्ट अतिथि एवम् वडा नंं ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले स्थानीय निकायलाई सहयोग गरेकेमा  सहयोगी मनहरु प्रति आभार प्रकट गर्दै बाणगंगामा अक्सीजनको अभाव हुन नदिन एकद्वार प्रणाली लागू गर्न आफूहरु लागि परेको बताउनु भयो ।
कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिर, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेनले अक्सिनजन प्लान्ट निर्माणका लागि आफुहरु जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको बताउनु भयो ।