तिलोत्तमाको कोरोना नियन्त्रण अभियानबाट आनिछोइङ प्रभावित, ‘भ्यन्टीलेटर’ र ‘कन्सन्टेटर’ हस्तान्तरण

तिलोत्तमा । आनिछोइङ डोल्मा फाउडेसन काठ्मान्डौं र प्रारम्भ समाजिक संस्था ललितपुरले तिलोत्तमा नगरपालिकाका लागि स्वास्थ्य उपकरण हस्तान्तरणका गरेको छ । तिलोत्तमा नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि अवलम्वन गरेको रणनीतिले सकारात्मक सन्देश दिएको भन्दै फाउनडेसन र सामाजिक संस्थाले तिलोत्तमा नगरपालिकालाई छनोट गरेको हो ।

फाउनडेसन र प्रारम्भ सामाजिक संस्थाले एउटा भ्यन्टीलेटर र अक्सिजन कन्सन्टेटर तिलोत्तमामा नगरपालिकालाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उपलव्ध भएका स्वास्थय सामाग्रीहरुलाई नगरपालिकाले निमार्ण गरेको कोरोना अस्थायी अस्पतालमा व्यवस्थापन गरिने बताउनुभयो । उहाँले उपलव्ध स्वास्थय उपकरणले कोभिड १९ बाट संक्रमित विरामीहरुलाई थप उपचारमा सघाउ पुग्ने बताउनुभयो ।

स्वास्थय उपकरण हस्तान्तरण गर्दै फाउनडेसनका संस्थापक आनि छोइङ डोल्माले तिलोत्तमा नगरपालिकाले कोभिड निन्त्रणका लागि खेलेको भूमिकाको चर्चा सुनेर थप सहयोग होस भन्नलाई आफू तिलोत्तमामा आएको बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरी, नगरपालिकाका प्रवत्ता सुरेन्द्र श्री, फाउन्डेसनका प्रोजक्ट डाइरेक्टर तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिनाथ तिमल्सेना, प्रारम्भ समाजिक संस्थाका सदस्य सुनैना थापा, समाज सेवी विष्णु भूषाललगाएतले बोल्दै नगरपालिकाको प्रयास अनुसणयोग्य रहेको बताएका थिए ।