बाउ आमाको किरिया छोराले मात्रै गर्नुपर्छ भन्ने परम्परा तोडिन बाग्लुङकी सिर्जनाले

श्यामलाल पोखरेल

बुटवल, मंसिर १३ गते । छोराले गर्ने काम छोरीहरुले पनि गर्न सक्छन् । मानव समाजमा छोरीहरु पनि अब्बल तथा दक्ष हुन्छन् भन्ने काम गरेर समाजमा थुप्रै महिलाहरुले उदाहरणीय काम गरेर देखाएका छन् ।

अहिले बाग्लुङ जैमिनी नगरपालिका वडा नम्बर नौ निवासी सिर्जना शर्माले व्यवहारमा उदाहरणीय काम गरेर देखाएकी छन् । सिर्जनाले छोरा नै चाहिन्छ भन्ने नेपाली समाजको परम्परावादी सोंच र चिन्तनलाई तोडेर समाजमा उदाहरणीय काम गरेकी छन् । सिर्जना शर्माले आफ्नो बुवा हरिप्रसाद पाध्याको मृत्य भएपछि काजकिरिया बसेकी छन् ।
परम्परावादी पुरातनवादी सोंच र चिन्तनलाई तोड्दै सिर्जनाले छोरहिरुले पनि छोरा सरह काम गर्न सक्छन् र आफ्ना बाउ आमाको क्रिया छोरीहरुले पनि गर्न सक्छन् र छोरीहरुले पनि क्रिया गर्न हुन्छ भन्ने उनले देखाएकी छन् ।

यद्यपि मृत्युु भएपछि काजकिरिया गर्नु श्राद्ध गर्नु पितृहरुका लागि श्रद्धाञ्जली हो । श्रद्धाञ्जली गर्दा आआफ्नो शैली वा नयाँ तरिकाबाट पनि गर्न सकिन्छ । यो कार्य गर्न छोरा नै चाहिन्छ र आफ्नो वंश जोगाउन छोरा नै चाहिन्छ भन्ने पितृसत्तात्मक रुढीग्रस्त सोचलाई सिर्जनाले तोडेकी छन् ।

आठ छोरीहरु मध्येकी कान्छी छोरी सिर्जना शर्माले आफ्नो बाबाको दाहसंस्कारदेखि काजकिरिया गर्ने कार्य छोराले जस्तै गरेर गरेकी छन् ।
बागलुङमा नगरपालिका निवासी हरिप्रसाद पाध्याको ८ बहिनी छोरीहरु मध्येकि कान्छी छोरी सिर्जना अहिले सेतो कोरामा बाबुको किरिया बसेकी हुन् ।

आठ छोरीका पिता हरिप्रसाद पाध्याको असमाहिक निधन भएपछि कान्छी छोरी सिर्जनाले छोरा अथवा पुरुषले नै काजकिरिया तथा पिण्ड तर्पण दिनुपर्छ भन्ने शास्त्रीय र परम्परागत मान्यतालाई तोडेकी छन् । समाजमा सकारात्मक परिवर्तनको असल उदाहरण बनेकी बैनीलाई साथ सहयोग छ ।

अबका दिनमा काजकिरियाका लागि छोरा नै चाहिन्छ भन्ने पुरानो मान्यतालाई अस्वीकार गर्दै हरेक छोरीले अधिकारको कुरा मात्र हैन कर्तव्य निर्वाहसंगै जागरणको अभियान सञ्चालन गर्न सक्छन् भन्ने मानक स्थापित भएको बताउछन् थुमराज ढुंगना ।

लैङ्गकि विभेद विरुद्धको एउटा उदाहरणीय कार्य गरेर धेरैको मन जितेको बताउछन् स्थानीय । लैंगिक हिंसाविरुद्द १६ दिने अभियान चलेकै बेला आफ्ना बुवाको काजकिरियामा बसेर बाग्लुङ जैमिनीकी सिर्जना शर्माले समाजमा उदाहरणीय काम गरेर देखाएकी छन् ।