भारतीय गाडीसंग प्रतिष्पर्दा गर्न सकिदैन – ट्रक व्यवसायी

बुटवल, माघ १५ गते । भारतीय गाडिहरुसंग प्रतिष्पर्दा गरी नेपाली गाडी चलाउन नसकिने रुपन्देहीका ट्रक व्यवसायीले बताएका छन् । काननी बाटो मिचेर ओभरलोड बोकेर नेपालभर जाने भारतीय गाडीलाई रोक्नुपर्ने ट्रक व्यवसायीको माग छ ।

बेलहिया नाका हुंदै नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई छुट दिदा नेपाली ट्रक यातायात ब्यवसायी समस्यामा परेको भन्दै उनीहरुले प्रशासन गुहारेका छन् । ओभरलोड बोकेर भारतबाट आउने मालवाहक ट्रकहरुलाई नेपालको प्रशासनले सामान्य जरिवाना बाहेक अन्य कारवाही गर्न नसकेको बताए ।
सोमबार जिल्ला प्रशासन कार्यालय भैरहवामा छलफल गरिएको छ । ट्रक व्यवसायी, प्रहरी प्रशान, भन्सार कार्यालयका प्रमुख र सरोकारवाला निकायबीच ट्रक व्यवसायीका समस्याबारे छलफल भएको हो ।
उक्त छलफल कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कानुनको पालना गरेर पेशा व्यवासय सञ्चालन गर्न आग्रह गर्दै कानुनी रुपमा अन्यामा परेका व्यवसायीलाई न्याय दिन पहल गर्ने प्रतिबद्दता जनाए ।

भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले अहिले भन्सारमा ७० प्रतिशत औद्योगिक समान आउने र यी समानहरुलाई पल्टी गर्दा लागतवृद्धि हुने बताउंदै स्थानको सम्भावना हुन सक्ने बताए । तर पल्टी हुन सक्ने समानहरुको हकमा भैरहवा भन्सार कार्यालय सकारात्मक रहेको र व्यवसायीको हितमा सहयोग गर्ने प्रतिवद्दता जनाए ।
नेपाल ट्रक यातायात ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज भुसालले नेपालमा भारतीय गाडीहरुको कारण नेपाली ट्रक ब्यवसायी मार विस्थापित हुनै लागेको बताए ।
पश्चिमाञ्चल ट्रक यातायात ब्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेय र लुम्बिनी ट्रक यातायात ब्यवसायी समिति बिष्णुप्रसाद खरलले काुनन मिचेर चल्दै आएका भारतीय गाडीका कारण ट्रक व्यवसायी मारमा परेको बताए ।

भारतीय गाडीहरु संरक्षण गर्ने बैधानिक गिरोह सक्रिय रहेकाले उक्त गिरोहलाई कारवाही गर्न ट्रक व्यवसायीले माग गरेका छन् । उक्त छलफल कार्यक्रममा पश्चिमाञ्चल ट्रक व्यवसायी संघका पूर्व अध्यक्ष टिकाराम गौतम, ट्रक व्यवायी गणेश घिमिरे, बसन्त खड्का, कानुन व्यवसायी तथा अधिवक्ता महेन्द्र पाण्डेय लगायतले बोल्दै भन्सामा पल्टी गरेपछि नेपाली गाडीले मालसमान बोक्ने पाउनु पर्ने माग गरेका छन् ।
मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ ।

निर्देशिकाको बुंदा नम्बर १० मा पनि “तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानून अनुसारको जरिवाना गर्नुको साथै बढी भएको समान झारी सवारी धनिले नै त्यस्तो समानको भण्डारणको ब्यवस्था मिलाउनु पर्ने” भनि उल्लेख गरेको छ ।

यातायात सम्बन्धी प्रचलित कानुन अनुसार ६ चक्के ट्रकले ९ दशमलव ६ टन, १० चक्के ट्रकले १६ दशमलव २ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन भन्दा र १८ चक्केले ३० टन भन्दा बढी भार बोक्न पाउदैनन् । नेपालमा ३० टन भन्दा बढी भार बोक्नै पाईदैन । नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । ९६ टन सम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिरहदा ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लिएर नेपाल भरि प्रवेशको स्विकृति दिएको हुन्छ ।