अबैध रुपमा भारत लैजादै गरेका अस्ट्रिजका बच्चा बरामद

 

 

बुटवल/रुपन्देही प्रहरीले नेपालबाट भारततर्फ अबैध रुपमा लैजादै गरेको रु. चौध लाख नब्बेहजार मुल्य बराबरको अस्ट्रिजका बच्चासहित बच्चा ओसार्न प्रयोग गरिएको पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मातहत रहेको ईलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको संयूक्त प्रहरी टोलीले बुधवार राति रोहिणी गाउँपालिका वडा नं.२ मैनिहवामा ति बच्चासहति गाडी नियन्त्रणमा लिएको प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जनाएका छन् ।
प्रहरी लु ३ च १९१३ नं.को पिकअपमा नेपालबाट भारततर्फ अबैध रुपमा लैजादै गरेको अबस्थामा १८ वटा अस्ट्रिजको बच्चा र पिकअप गाडी फेला पारेको थियो । फेला परेका अबैध अस्ट्रिजको बच्चा र गाडी आवश्यक कारवाहीको लागि विहीवार पशु सेवा क्वारेन्टाईन बेलहिया रुपन्देही पठाईएको व्रहरीप्ले जनाएको छ ।