पत्रकार महासंघको निर्वाचन छिटो गर्न प्रगतिशीलको माग

बुटवल, जेठ २३ गते । प्रगतिशील पत्रकार संघ नेपाल पत्रकार नेपाल महासंघको निर्वाचन यथाशक्य छिटो सम्पन्न गर्न माग गर्दै पांच बुंदे अवधारणा प्रस्तुत गरेको छ । अध्यक्ष श्यामलाल पोखरेलले जेठ २३ गते प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले सो अवधारणा प्रस्तुत गरेको हो ।

२७ औं अधिवेशनपछि जेठ २६ गतेसम्म पत्रकार महासंघको वर्तमान कामचलाउ भूमिका रहेको तथा जेठ २६ गतेपछि समिति नै विघटन हुने अवस्थामा छ । महासंघको गरिमा जोगाउनका लागि प्रगतिशील पत्रकार संघ नेपालले महासंघका प्रतिनिधि र सबै पत्रकार संघसंगठनका अध्यक्ष सम्मिलित संयन्त्र तयार गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।

केन्द्रमा तयार हुने यस खालको संयन्त्रले शुद्धीकरणको मर्म अनुसार न्यूनतम मापदण्ड तयार पार्ने, प्रदेश र जिल्लाका सोही प्रकृतिको संयन्त्रले जिल्ला र प्रदेशमा सर्वसम्मत नामावली तयार गरी केन्द्रमा पठाउने र त्यसको आधारमा केन्द्रले मतदाता नामावली सार्वजनिक गरेर यथाशक्य छिटो निर्वाचन गरी महासंघको गरिमालाई जोगाइ राख्नु पर्ने प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
मतदाता नामावली तयार भएपछि निर्वाचन तालिका घोषणा गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइनुपर्दछ ।

                    विज्ञप्तीको पूर्णपाठ अवधारणाको पूर्ण पाठ 

“नेपाल पत्रकार महासंले समयमै सदस्यता शुद्धीकरण अभियान सफलतापूर्वक सम्पन्न गर्न नसकेको, त्यसकारण आगामी जेठ २६ गतेको निर्वाचनका लागि निर्वाचन प्रक्रिया नै सुरु नभएको परिस्थितिमा मतदाता नामावली सार्वजनिक गरी यथाशीघ्र तीनै तहका निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा प्रगतिशील पत्रकार सङ्घ, नेपालले निम्न अवधारणा प्रस्तुत गर्दछ ः

१. श्रमजीवी पत्रकारको हक, हित र अधिकारको पक्षमा आवाज उठाउनका लागि साझा र छाता संगठनको रूपमा नेपाल पत्रकार महासंघकोे अस्तित्व र त्यसको निरन्तरता आवश्यक छ । यस सन्दर्भमा महासंघले सञ्चालन गरिरहेको सदस्यता शुद्धीकरण पनि श्रमजीवी पत्रकारको पक्षमा हुनुपर्दछ भन्ने स्पष्ट नै छ ।

२. गत वैशाख २१ र २२ गते महासंकोे सत्ताइसौँ महाधिवेशन सम्पन्न भएर जेठ २६ गते नयां कार्यसमिति निर्वाचनको मिति तोकिसकेको अवस्थामा जेठ २६ गतेसम्म महासंघकोे वर्तमान समिति संयोजनकारी भूमिकामा मात्रै रहेको स्पष्ट छ । त्यसैगरी, पूर्व अध्यक्ष सम्मिलित सदस्यता शुद्धीकरणसम्बन्धी कार्यदलको म्याद पनि जेठ २६ गतेसम्म मात्रै रहेको छ । यसरी जेठ २६ पछि महासङ्घको वर्तमान कार्यसमिति कामचलाउ भूमिकामा रहने छ ।

३. जेठ २६ गतेपछि महासंघकोे केन्द्रीय समितिसमेत विघटन हुने अवस्थामा नयाँ नेतृत्व चयन गर्न गम्भीर जटिलता उत्पन्न हुन्छ । यस्तो अवस्थामा महासङ्घको निरन्तरताको विकल्पमा सोच्नुपर्ने हुन्छ । यस सन्दर्भमा शुद्धीकरण अभियानबाट पछि फर्किन सकिँदैन किनकि प्रथम– महासंलाई श्रमजीवी पत्रकारको संगठन बनाउनका लागि सदस्यता शुद्धीकरण आवश्यक छ । द्वितीय– महासंघकोे आधिकारिक निकाय (सुर्खेत साधारणसभा) ले यस सम्बन्धमा निर्णय गरिसकेको छ र त्यसम्बन्धी प्रक्रिया अगाडि बढिसकेको छ । त्यसैले सदस्यता शुद्धीकरणको मूल मर्मअनुसार मतदाता नामावली तयार पार्नु महासंको तात्कालिक काम हो । त्यसपछि मात्र निर्वाचन कार्य अघि बढ्ने छ ।

४. महासंघ वा यस्तै प्रकारका साझा संगठनभित्र विवाद उत्पन्न हुंदा त्यसमा आबद्ध संठनको सहयोगमा विवाद समाधान गर्ने नेपालमा मात्रै होइन, विश्वव्यापी प्रचलन रहेको छ । त्यसैले जेठ २६ गतेपछि निर्वाचन सम्पन्न गर्ने कार्यमा पत्रकार महासंले संलग्न सबै संठनको सहयोग लिनु उचित हुने छ । त्यसैले महासंको तर्फबाट अध्यक्ष र महासचिव तथा संलग्न सबै पत्रकार संठनको अध्यक्ष सम्मिलित अस्थायी संयन्त्रले सदस्यता शुद्धीकरण सम्पन्न गर्न न्यूनतम मापदण्ड तयार पार्नुपर्ने देखिन्छ ।

५. केन्द्रीय स्तरबाट यस्तो संयन्त्रले मापदण्ड तयार गरिसकेपछि त्यसलाई कार्यान्वयन गर्न पुरानो समितिको तर्फबाट प्रदेशमा अध्यक्ष र महासचिव र जिल्लामा अध्यक्ष र सचिव तथा संलग्न सबै पत्रकार संठनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाइनुपर्दछ ।
सो जिल्ला संयन्त्रले एक साताभित्र जिल्लाको सर्वसम्मत मतदाता नामावली प्रदेशमा पठाउने र प्रदेश संयन्त्रले पनि एक हप्ताभित्र सो नामावली केन्द्रमा पठाउने तथा केन्द्रीय संयन्त्रले यो नामावली सार्वजनिक गर्दै निर्वाचन तालिका जारी गर्ने काम गरिनुपर्दछ । यसरी यथासक्य चाँडो महासंघकोे तीनै तहको निर्वाचन भई नयां नेतृत्व चयन हुने छ ।”