नेपाल डेरी एशोसिएशनको केन्द्रिय साधारण सभा बुटवलमा

बुटवल, माघ ५ गते । बुटवलमा नेपाल डेरी एशोसिएशन नेपालको केन्द्रिय साधारण सभा हुंदै छ ।  एशोसिएशनको स्थापना दिवसको अवसरमा बुटवलमा साधारण सभा आयोजना गरिएको हो ।
यही माघ ६ र ७ गते हुने २६ औं साधारण सभाको तयारी पुरा भएको नेपाल डेरी एशोसिएशन नेपाल लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्राईले जानकारी गराए ।
दुई दिनसम्म चल्ने साधारण सभामा प्रतिनिधिमूलक ६६ जिल्लाबाट २६७ जना प्रतिनिधिको सहभागिता हुने नेपाल डेरी एशोसिएशन नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानले जानकारी गराए ।
बुटवलको महाराज होटलमा आयोजना हुने उक्त साधारण सभाको लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनशेपन्थी उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
साधारण सभा सम्पन्न गर्नका लागि नेपाल डेरी एशोसिएशन नेपालको केन्द्रिय अध्यक्षसहित पदाधिकारी, सदस्यहरु, लुम्बिनी प्रदेशका स.स्थापक अध्यक्ष कृष्णप्रसाद भट्राई, वर्तमान अध्यक्ष थानेश्वर न्यापौपानसहित डेरी एशोसिएसनका अगुवाहरु बुटवल आइसकेका छन् ।
साधारण सभाबारे जानकारीगराउने उद्देश्यले आयोजकहरुले माघ ६ गते आइतबार दिएंसो २ बजे बुटवलको महाराजा होटलमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।