डेरी उद्योगले किसानमुखि काम गरेका छन् – डेरी व्यवसायी
बुटवलमा माघ ७ र ८ गते डेरी एशोसिएसनको साधारण सभा
बुटवल, माघ ६ गते । किसानसंग प्रत्यक्ष जोडिएका डेरी उद्योगलाई सरकारले लगानी गर्न नमानेको डेरी व्यवसायीले बताएका छन् । किसानलाई बचाईरहेका डेरी व्यवसायिका समस्याप्रति सरकारले चासो नदिएको गुनासो छ, डेरी व्यवसायीको ।
सरकारबाट एक प्रकारले अपहेलित जस्तै भएर डेरी व्यवसाय गर्नु परेको नेपाल डेरी एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालल बताए ।
माघ ७ गतेदेखि बुटवलमा हुने नेपाल डेरी एशोसिएसन केन्दिय समितिको २६ औं साधारण सभाबारे जानकारी गराउने उद्देश्यले आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सरकारले डिडिसी र सहकारीहरुलाई मात्रै लगानी गर्ने खोज्ने बताए ।
किसानहरुसंग मिलेर दुधका उपभोक्ता बढाउन प्रयास गरिएको र दुर दराजका किसानले उत्पादन गरेको दुधको मुल्य दिने गरिएको उनले बताए । राज्य, सरकारले गर्ने काम डेरी उद्योगहरुले गरेको उनको दाबी छ ।
अध्यक्ष दाहालले निर्वाहमुखि किसानहरुले उत्पादन गरेको दुधबाट नेपालमा ९० प्रतिशत दुध पुगेको बताउंदै अहिलेपनि दुर दराजको दुध पूर्णरुपमा बजारमा ल्याउन नसकिएकाले त्यसको उचित व्यवस्थापनमा ध्यान दिन सरकारसंग माग गरे ।
किसान र डेरी व्यवसायीको सम्बन्ध नंग र मासको जस्तै सम्बन्ध रहेको उल्लेख गर्दै डेरी उद्योगहरुले किसानको दुधको पैसा बांकी नराखेको दाबी गरे ।
उक्त पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ती अनुसार नेपालमा दैनिक रुपमा ६२ लाख लिटर दुध संकलन उत्पादन हुने गर्दछ । दैनिक उत्पादन हुने ६२ लाख लिटर दुध मध्ये ३१ हजार लिटर दुध खपत भएको छैन ।
नीजि क्षेत्रबाट डेरी व्यवसायमा अनुमानित ५० अर्ब लगानी भएको र ५० हजार जनालाई रोजगार पाएको नेपाल डेरी एशोसएिसनको तथ्याकंले देखाएको छ ।
त्यस्तै डेरी एशोसएिसनको तथ्याकं अनुसार डरी उद्योग तथा व्यवसायीले वार्षिक रुपमा २अर्ब राजश्व तिर्ने गरेका छन् । दुध उत्पादनमा ६ लाख किसान अप्रत्यक्ष रुपमा र प्रत्यक्ष रुपमा ५० लाख मानिस संलग्न छन् ।
नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष तथा कार्यक्रम संयोजक थानेश्वर न्यापानेले कसानमुखि काम गरेपनि सरकारबाट पाउनु पर्ने सहयोग पाउन सकिएको छैन । राज्यको नीति नियमको पालना गरेर दुरदराजका किसानले उत्पादन गरेको दुधको उचित मुल्य दिएर दुध संकलन गर्ने योजना रहेको प्रदेश अध्यक्ष थानेश्वर न्यौपानले बताए ।
नेपाल डेरी एशोसिएसनको स्थापना दिवसको अबसरमा माघ ७ र ८ गते बुटवलको महाराजा होटलमा हुने २६ औं साधारण सभामा देशका सातै प्रदेशबाट २ सय बढी डेरी उद्योगीहरुको सहभागिता रहने नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्राईले जानकारी गराएका छन् ।