किसान र डेरी व्यवसायीलाई निरास नहुन प्रदेश कृषि मन्त्रीको आग्रह
पत्रकार कृष्ण खनाल सम्मानित
बुटवल, माघ ७ गते । लुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले किसान र डेरी व्यवसायीलाई निरास नहुन प्रदेश कृषि मन्त्रीको आग्रह गरेका छन् ।
डेरी व्यवसायीका समस्या समाधानका लागि नीतिगत अबरोध सुधार गर्न प्रदेश सरकारको तर्फबाट संघीय सरकारसंग समन्वय गर्ने मन्त्री पन्थीले आश्वासन दिएका छन् । मुलुकका लागि कृषि क्षेत्र अन्तरग पर्ने दुग्ध व्यवसाय सम्भावित क्षेत्र भएकाले निरास नभई व्यवसाय चलाउन आग्रह गरे ।
स्थापना दिवको अवसरमा सोमबारदेखि बुटवलमा शुरु भएको नेपाल डेरी एशोसिएसनको २६ औं साधारण सभामा बोल्दै किसान र सबै क्षेत्रका उद्योगी व्यवसायीलाई निरास नहुन मन्त्री पन्थीले आग्रह गरेका छन् । डेरी व्यवसायीका समस्या समाधान गर्नका लागि लुम्बिनी प्रदेशको तर्फबाट भूमिका खेल्ने बताउंदै मन्त्री पन्थीले भने किसान र डेरी व्यवसायीका समस्या आफु जानकार छु, म त्यही अनुसार प्रदेश सरकारको तर्फबाट सहयोग गर्छु ।
दुग्ध क्षेत्रमा लागेका व्यवसायी र किसानहरको भविष्य भएको उल्लेख गर्दै समस्या हल गरेर दुधबाट देशलाई आत्मनिर्भर बनाउनु पर्ने मन्त्रीको भनाइ छ ।
राष्ट्यि दुग्ध विकास संस्थाका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले देश दुधबाट आत्मर्निभरको अवस्थामा पुगेको बताए । उनले अहिले २६ लाख मेट्कि टन दुध उत्पादन भैरहेको र २८ लाख मेट्कि टन उत्पादन भए नेपाल दुधबाट आत्मर्भिर बन्ने बताए ।
अब दुधको उत्पादन २ लाख मेट्कि टन बढाउनु पर्ने बताउंदै दुध उत्पादन बढाउन किसानहरुलाई हौसला प्रदान गरी उनीहरुका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले गुणस्तरीय दुध उत्पादन र वितरण ध्यान दिन डेरी व्यवसायीलाई आग्रह गरेका छन् ।
पशु विभागका उप महानिर्देशक डा. लेखराज दाहालले दुधको उत्पादन बढाउने गरी योजना बनाउने पर्ने बताउंदै दुधमा देशलाई आत्म निर्भर बनाउन उपयोग गर्ने उपभोक्ता बढाउनु पर्ने बताए । उनले दुधका विभिन्न परिकारहरु उत्पादन गर्ने प्रविधिमा विदेशी लगानी रहेपनि डेरी व्यवसायीलाई बेफाइदा नहुने बताउंदै आधारभूत तहमा विदेशी लगानी भित्राउन नहुने बताए ।
कपिलवस्तुको ग्लोबल डेरीले लेवल मिलाएर गुणस्तरीय परिकारहरु उत्पादन गरेको प्रसंसा गर्दै सबै डेरी व्यवसायीलाई ग्लोबल डेरीले जस्तै लेवल मिलाएर उत्पादन गर्न आग्रह गरे ।
नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले डेरी व्यवसायीलाई सस्तो व्याजमा लोन उपलब्ध गराउन सरकारसंग माग गरे ।
सेवामुखि उद्योग तथा व्यवसाय चलाउदै आएका डेरी व्यवसायीले सरकारले गर्ने काम गरेको बताउंदै व्यवसायीलाई सहुलियत दिन आग्रह गरेका छन् ।
राज्यको उद्योगमैत्री नीति नहुंदा दुग्ध क्षेत्रका उद्योगीहरु समस्यामा परेको बताउंदै राज्यले उद्योगीहरुलाई निरुत्साहित गरेको आरोप लगाए ।
कार्यक्रममा नेपाल डेरी एशोसिएसनका पूवै अध्यक्ष सुमित केडिया, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, उपभोक्ता हित संररक्षण मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठक, मेघराज भण्डारी, ज्ञानु केसी, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष गणेश अधिकारी, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, हरि काफ्ले लगायतले बोल्दै उपभोक्ताई गुणस्तरीय दुध दिन र किसानका दुधका पैसा समयमा नै दिन सझाव दिएका छन् ।
सोही अवसरमा कृषिको क्षेत्रका कलम चलाउने बुटवलका पत्रकार कृष्ण खनाललाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै कपिलवस्तुको ग्लोवल डेरीसहित एक दर्जन बढी उद्योग तथा डेरी व्यवसायीका साथै सिद्धार्थ डेरी उधोगका सन्चालक कृष्णप्रसाद भट्राईलाई सम्मान गरिएको नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानले बताए ।
नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षता र सुरेन्द्र पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो । नेपाल डेरी एशोसिएसनको स्थापना दिवसको अबसरमा बुटवलमा शुरु भएको २६ औं साधारण सभामा देशभरबाट २ सय बढी डेरी उद्योगीको सहभागिता रहेकोा छ ।