सुनचांदी व्यवसायीमा पदभार ग्रहण

बुटवल, माघ ८ गते । बुटवल सुनचाँदी ब्यवसायी संघको सम्पन्न चौथो र पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ नेतृत्वले आफ्नो पदभार ग्रहण गरेको छ । बुटवलमा आयोजित पदस्थापन कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिबक्ता गोमति सुनारले पदको सपथ खुवाएका हुन् ।

अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी एवं सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य दिपक कुमार विकले प्रमाणपत्र प्रदान गरे ।
गत पुस २९ गते सम्पन्न अधिवेशनबाट संघको १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको थियो । संघको अध्यक्षमा गकुल विश्वकर्मा, उपाध्यक्षमा कृष्ण ब. सुनार, सचिवमा चुरामणी वि.क (दिपक ), कोषाध्यक्षमा दल बहादुर वि.क.(राजु), स–सचिवमा इन्द्रबहादुर वि.क.(मनोज ) सह–कोषाध्यक्षमा सरोज गहतराज रहेका छन् ।
यसैगरी सदस्यहरुमा दिलिप विश्वकर्मा, हरि गहतराज, अमृत बेवारे, प्रेम विश्वकर्मा(हुकुम), बल बहादुर वि.क, विजुला विश्वकर्मा, निमा खड्का, राम बहादुर रसाइली, लक्षमण लोहनी, र शेर बहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।

पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गकुल विश्वकर्माले सुनचादी व्यवसायीका समस्या समाधानका लागि इमानदार भएर काम गर्ने प्रतिबद्दता जनाएका छन् ।
उनले अधिवेशनमा अगाडी सारेको ७ बुदे कार्यक्रमलाई पुरा गर्ने प्रतिवद्धता जनाउंदै सबैसंग सरसल्लाह गरेर अघि बढ्ने बताए ।
कार्यक्रममा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य दिपककुमार विकले नेतृत्व सवल भएमा समसयासंग ज्द्न सकिने बताए ।

कार्यक्रममा महासंघका निर्वतमान केन्द्रीय सदस्य एमवी विश्वकर्मा, प्रदेशका उपाध्यक्ष हरि बहादुर सुनार, रुपन्देही जिल्लाका निर्वतमान वरिष्ठ उपाध्यक्ष एसरत्न वज्राचार्य, महिला समुह अध्यक्ष किरण विकलगायत आआफ्ना भनाइराखेका थिए ।