जनमोर्चाले संघीयता विरुद्ध राजधानी केन्द्रीत आन्दोलन गर्ने

रुपन्देही । राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध राजधानी केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको छ । आन्दोलनको प्रकार कस्तो रहने विषयमा जनमोर्चाले मंगलवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

पार्टीका जिल्ला अध्यक्ष टान बहादुर केसी जिल्ला अध्यक्षको अध्यक्षता भएको सम्मेलनमा आगामी चैत्र २४ गतेदेखि ३० गतेसम्म प्रदेश खारेजको विषयलाई राजधानी केन्द्रीत बनाएर आन्दोलन गर्ने तयारी भएको जानकारी गराइएको थियो । सम्मेलनमा बोल्दै केसीले आन्दोलनलाई सफल बनाउन गत मंसिरमा जिल्लादेखि टोलसम्मका भेला सम्पन्न गरिसकेको, पुसमा विभिन्न तहका प्रशिक्षण कार्यक्रम गरिएको बताइएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले संघीयता विरुद्धको आन्दोलन राष्ट्रिय जनमोर्चाले आह्वान गरेपनि यो आन्दोलन आमदेशभक्त नेपाली जनताको आन्दोलन भएको जिकिर गरे ।

अध्यक्ष केसीले संघीयता देशको हितमा नभएको बताउँदै संघीयता भिडाउनेको भन्दा भिर्नेहरुबाट नै संघीयताको नामले नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र र लोकतन्त्रलाई सिध्याउँछन् कि भन्ने खतरा बढेको बताए ।

संघीयता विरुद्धको राजधानी केन्द्रीत आन्दोलनको पक्षमा रुपन्देहीमा राजनीतिक वातावरण तयार पार्न जिल्लाव्यापी पर्चा वितरण, जनभेटघाट, भित्ते लेखन जस्ता कामलाई तीव्रता दिइने र जिल्लास्तरीय दुईवटा अन्तक्र्रिया कार्यक्रम यही माघ ५ गते गर्ने उल्लेख गरिएको छ । माघ १० गतेदेखि १२ गतेसम्म जिल्लाव्यापी घुम्ती कोणसभाको आयोजना गरिने जनाइएको थियो ।

फाल्गुन ३ गते बुटवलदेखि बेलहियासम्म मोटरसाइकल र्यालीको आयोजना गर्ने र राजधानीमा हुने संघीयता विरुद्धको आन्दोलनको पक्षमा वातावरण तयार पार्न विभिन्न प्रचार कार्यक्रम तय गर्नुको साथै पुस २१ देखि संगठानात्मक अभियानलाई जोड दिईने जिल्ला अध्यक्ष केसीले बताए ।