शिक्षामा लूटः “मेरो शिक्षा मेरो प्रश्न अभियान”ले कानून विपरीत असूल गरिएको सहत्तरी लाख फिर्ता गरायो

बुटवल । नेपाल विद्यार्थी संघले विद्यार्थीबाट नीजि क्षेत्रका विद्यालयहरुले उठाएको झण्डै ७१ लाख फिर्ता गरेको छ । मेरो शिक्षा मेरो प्रश्न अभियान सञ्चालन गरेको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी विद्यार्थीबाट विद्यालयहरुले अनावश्यक असुल गरेको ७० लाख ९२ हजार ७६ रुपैया कलेजहरुबाट फिर्ता गरी विद्यार्थीलाई बुझाईएको नेपाल विद्यार्थी संघले बताएको छ ।

नेपाल विद्यार्थी संघ केन्द्रिय समिति र नेपाल विद्यार्थी संघ रुपन्देहीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीबाट कलेज व्यवस्थापनलगायत विभिन शिर्षकमा विद्यार्थीबाट उठाएको पैसा फिर्ता गरिएको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य टिआर पाण्डेयले जनाए ।

नेपाल विद्यार्थी संघका नेता टिआर शर्माका अनुसार कानुन विपरित ११ हजारदेखि २२ हजारसम्म विद्यार्थीबाट कलेजहरुले रसिद काटेर उठाएको सबै पैसा फिर्ता गरिएको छ । रुपन्देहीका १२ वटा कलेजहरुले पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीबाट ७० लाख ९२ हजार ७६ रुपैया विभिन्न शिर्षकमा असुल गरेको नेपाल विद्याथी संघले फेला पारेपछि कुरा उठाउंदा उक्त विद्यालयहरुले स्वीकार गरेका छन् ।

अनावश्यक शिर्षकमा पूर्ण छात्रवृत्ती पाएका विद्यार्थीबाट बुटवलको अक्सफोर्डले १० लाख ६९ हजार ७ सय ३०, मणिमुकुुुुुुुुुन्दले ७१ ह्जार ५ सय १०, सगरमाथाले २ लाख ७ हजार ६ सय ७०, प्यारामाउण्टले १ लाख ५६ हजार ५ सय विद्यार्थीबाट उठाएको सप्रमाण फेला परेको छ ।

होराइजन गौतमबुद्दले १९ लाख २४ हजार २ सय ८०, भैरहवाको काशी नोबेलले ३ लाख ६ हजार, मुनलाइटले १ लाख २९ हजार ४ सय, दीप बोर्डिगंले १ लाख ९० हजार ४ सय, न्यू होराइजनले १२ लाख १८ हजार ३ सय ४०, विर्टिस ग्रामरले ८ लाख ९४ हजार ३ सय ९६ र सिद्दार्थ बोर्डिगंले ९७ हजार ३ सय ५० रुपैयां विद्यार्थीबाट असुली गरेको नेपाल विद्यार्थी संघले सार्वजनिक गरेको छ ।

स्थानीय तहको नीति तथा निर्णयबिरुद्द शुल्क उठाउने विद्यालयहरुलाई नेविसंघले कारवाहीको माग गरेको छ । मेरो शिक्षा मेरो प्रश्न अभियान सञ्चालन गरेको नेविसंघले उक्त अभियानलाई देशभर सञ्चालन गर्ने नेविसंघले बताएको छ । नेविसंघले अब सरकारी स्कुलहरुमा पनि निरिक्षण गरेर गलत ढंगले विद्यार्थीबाट फि तथा शुल्क उठाउने विद्यालयबिरुद्द आन्दोलन गर्ने बताएको छ ।