बुटवलमा खाना महोत्सव शुरु


बुटवल, पुस २९ गते । रुपन्देहीको बुटवलमा खाना महोत्सव शुरु भएको छ । माघे संक्रान्तिको अवसरमा पारेर बुटवलमा खाना महोत्सवसंगै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले माघे संक्रान्त्रि मेला सञ्चालन गरेको हो ।

नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परिकारहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान भन्ने नाराका साथ बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला शुरु गरिएको हो ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म तीन दिन यो मेला तथा महोत्स चल्ने छ ।
नेपाली मौलिक कला संस्कृतिसंग जोडिएका रैथाने खानाका परिकारहरुलाई प्राथमिकता दिएर विशेष गरी पर्यटन प्रर्वद्दन गर्ने उद्देश्यले खाना महोत्सव तथा मेला आयोजना गरिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष लेखनाथ भण्डारीले बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुटवलको कालिका पथमा सडक खाना महोत्सव आयोजना गर्दै आएको संघले यस वर्ष भने दीवनगरको सिद्देश्वर मैदानमा आयोजना गरेको छ ।
बुटवल उपमहानगर वडा न.७ स्थित सिद्धेश्वर मैदानमा शुरु भएको महोत्सवमा ७० वटा स्टलमा रैथाने खानाका परिकारहरु राखिएको संघका महासचिव अर्जुन थापाले जानकारी गराए ।
बुटवलमा सडक खाना महोत्सव ब्राण्ड बनेको अवस्थामा समयको माग अनुसार नया ढंगबाट चाडपर्वलाई प्रवद्र्घन हुने गरी कार्यक्रम आयोजना गरिएको प्रचारप्रसार संयोजक अर्जुन पोखरेलले बताए ।
तीन दिनसम्म चल्ने उक्त खाना महोत्सव तथा मेलामा माघे सक्रान्तीको दिन चारधामबाट जल ल्याएर स्नानको व्यवस्था गरिनुका साथै सेल्फी जोन निर्माणगरिएको ंघका बरिष्ठ उपाध्यक्ष माधव खनालले जानकारी गराए । मेलामा स्थानीय लोक दोहोरी क्षेत्रका कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रम गर्ने छन् ।
खाना महोत्सव तथा मेलाको सोमबार होटवल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुकेले उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष चुकेले मुलुकको विकासको आधार कृषि र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासलाई तीनै तहका सरकारले ध्यान दिन आग्रह गरे ।
पर्यटन परिषद् लुम्बिनी प्रदेशका कार्यकारी प्रमुख रामम जोशीले पर्यटन क्षेत्रका विकासले नपाल विदेशी पर्यटन भित्राएर आर्थिक देशलाइ आर्थिक रुपले बलियो बनाउन सकिने बताए ।
कार्यक्रममा पर्यटन व्यवसायी तथा होटल व्यवसायी महासंघका पूर्व अध्यक्ष माधव नेपाल, बुटवल उपमहानागरपालिका ावडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर न्यौपाने, एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेय लगायतले बोलेका थिए ।
कार्यक्रम उद्घाटन हुनु अघि संस्कृति जगेर्ना प्रवद्र्धन हुने गरी विभिन्न् जातजातिको झाँकीसहित र साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।
बुटवल उपमहानागरपालिकाका मेयर खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम भएपनि उक्त कार्यक्रममा मेयर पाण्डेय नआएपछि विष्टिट अतिथि होटल व्यवसायी महसंघका केन्द्रिय अध्यक्ष दिनेशकुमार चुकेले कार्यक्रम उद्घाटन गरेका थिए ।
खाना महोत्सव तथा माघेसंक्रान्ति मेला सम्पन्न गर्ने दायित्व सबैको भएको र सकरात्मक सन्देश दिने खाना महोत्सवकोमाध्यमबाट पर्यटन प्रर्वद्दनमा टेवा पुग्ने होटल व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष समुन्द्र जीसीले बताए ।
संघका अध्यक्ष लेखनाथ भण्डकारीको अध्यक्षता, महासचिव अर्जुनथापाको सञ्चालन र वरिष्ठ उपाध्यक्ष माधव खनालको स्वागतमा औपचारिक कार्यक्रम भएको थियो ।