बुटवल मेलामा लोकदोहोरी र भजन प्रतियोगिता

बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकदोहोरी गित प्रतियोगितामा बुटवलको कालिका मावनज्ञान माध्यमिक विद्यालयको समुह प्रथम भएको छ । आईतबार भएको फाईनल प्रतिस्पर्धामा जगन्नाथ माध्यमिक विद्यालय सुनवलको समुहलाई पछि पार्दै कालिका मानवज्ञान समुह प्रथम भएको हो ।

जगन्नाथ माध्यमिक विद्यालय द्धितिय भएको छ । बुटवलको न्यू होराईजन तृतीय र एपेक्स बोर्डिङ सान्त्वना भएका छन् । प्रतियोगितामा १२ विद्यालय सहभागि भएका थिए । प्रतियोगितामा प्रथम हुने कालिका मानवज्ञान माध्यमिक विद्यालयको समुहलाई १५ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

द्धितिय हुने जगन्नाथ माध्यमिक विद्यालयको समुहलाई १० हजार, तृतीय न्यू होराईजनको समुहलाई लाई ५ हजार र सान्त्वना एपेक्सको समुहलाई ३ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

फाईनल प्रतियोगिता भएको भजन चुट्का प्रतियोगितामा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान पाल्पा (नारी समुह) प्रथम भएको छ । प्रतियोगितामा प्रथम हुने उक्त समुहलाई २० हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । त्यसैगरी ताली भजन किर्तन समुह सैनामैना द्धितिय, राष्ट्रिय लोक भजन चुट्का प्रतिष्ठान सुनवल तृतीय र आकाशदेवी भजन समुह सैनामैना सान्त्वना भएका छन् ।

प्रतियोगितामा द्वितीय हुने ताली भजन कृतन समुह सैनामैनाको समुहलाई १२ हजार, तृतीय हुने राष्ट्रिय लोक भजन चुट्का प्रतिष्ठान सुनवलको समुहलाई ८ हजार र सान्त्वना हुने आकाशदेवी भजन समुह सैनामैनाको समुहलाई ५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको सांस्कृतिक कार्यक्रम संयोजक मेला कार्यसम्पादन समितिका सदस्य निर्मित कसजूले जानकारी दिए ।

मेलामा आईतबार पनि दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला कार्यसम्पादन समितिका सदस्य सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले बताएका छन् । मेलामा लोक तथा दोहोरी गायक पुस्कल शर्मा, प्रकाशराज दुतराज, लक्ष्मी बस्नेत, रेनु राना, उज्ज्वल गिरी, डान्सर अस्मी सुनामले आफ्नो प्रस्तुती पस्केका थिए ।