छिचोलिँदै सिद्धबाबा सुरुङ

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबादेखि दोभानसम्म झण्डै तीन किलोमिटर सडक क्षेत्र पहिरोको उच्च जोखिममा पर्दछ । सुख्खा तथा हिले पहिरो झरिरहने उक्त सडकको विकल्प नभएपछि यात्राहरु असुरक्षित यात्रा गर्न बाध्य हुँदै आएका छन् ।

मृत्युमार्गको नामले चिनिने सिद्धबाबा क्षेत्रमा यात्रा गर्दा नडराउने कमै होलान् । सोही जोखिम न्यूनिकरण गर्नका लागि सुरुङमार्ग निर्माणलाई जोड दिइएको छ । नेपाल सरकार र चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच २०७८ फागुनमा सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्ग बनाउने ठेक्का सम्झौता भएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको कामले तोकिएको समयसीमा अगावै सक्नेगरी तीव्रता पाएको छ। एक हजार १ सय २६ मिटर लामो सुरुङमार्गमध्ये एक हजार ८९ मिटर खनेर सक्ने काम अन्तिम चरणमा पुगेको छ।

मुख्य टनेलदेखि दोभानसम्मको दोस्रो टनेलबिचमा तीन वटा वाइपास टनेल रहेका छन् । हालसम्म तीन वटा बाइपास टनेल ९सुरुङ० यसअघि छिचोलिसकेको सिद्धबाबा सुरुङमार्ग आयोजनाकी इन्जिनियर तथा सूचना अधिकारी सविता ज्ञवालीले तीन वटा टनेलको खन्ने काम सकिसकेको र ‘ब्रेक थ्रु’ पनि गरिसकेको बताइन् ।

उनले २०८० पुसबाट मेसिन प्रयोगगरी खन्न शुरु गरिएको सुरुङ यही पुस महिनाभित्रै खनेर सकिने बताइन् । उनले भनिन्, ुपहिलो बाइपास टनेल १५१ मिटर, दोस्रो बाइपास टनेल १६१ मिटर र तेस्रो बाइपास टनेलको १३० मिटर सुरुङ खनिएको छ। ठेक्का सम्झौता अनुसार सुरुङमार्ग निर्माणपछि पनि सोही कम्पनीले पाँच वर्षसम्म सञ्चालन र मर्मतको काम गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

ु२०८१ जेठ १३ गतेबाट विस्फोटक पदार्थ प्रयोग गरेर टनेलभित्र खन्ने कामलाई प्राथमिकता दिएर अगाडि बढाइएको थियो । मंगलबार साँझसम्म ७.८ मिटर मात्रै खन्न बाँकी छ, जसको खन्ने काम दैनिक चलिरहेको छ, करिब अन्तिम चरणमा पुगेको छ, यथाशीघ्र मुख्य टनेलको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको छु, सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख इन्जिनियरकृष्णराज अधिकारीले भने ।

अधिकारीले बुधबार साँझसम्म अझै प्रगति भइसक्ने समेत बताए । प्रमुख अधिकारीले सुरुङ खन्ने काम सकिए पनि अस्थायी सपोर्ट, टनेल लाइटिङ (ढलान), विद्युतीकरण (लाइटिङ), भेन्टिलेसन, अग्नि नियन्त्रण सम्बन्धी काम, सडक ढलान (पेभमेन्ट) टनेलभित्र र बाहिर, चिडियाखोलादेखि दोभानसम्मको २ हजार ३९८ मिटर सडक कम्तीमा नालीसहित १० मिटर स्तरोन्नति र पहाडबाट खसेको ढुङ्गा वा पहिरोलाई सिधै खोलामा झार्ने रकसेड, आवश्यक अनुसार रकनेट गर्ने, आकस्मिक उद्धारको लागि हेली प्याड दक्षिण र उत्तर प्रवेशद्वार नजिक निर्माण गर्ने लगायत पाँच वर्षे सम्झौता अनुसार २०८३ साल चैत्र ८ गतेभित्र बाँकी सबै काम सम्पन्न गर्ने गरी गरी लागेको बताए ।

उक्त सडक निर्माण भएपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ लगायतका नागरिकहरुले सुरक्षित यात्रा गर्न पाउने भएका छन्। हिउँदे र वर्षात्को समयमा पहिरो खस्ने, बाटो अवरुद्ध हुने र सडकमा यात्रा गरिरहेका सवारीमाथि पहिरो खस्ने जोखिमको अन्त्य हुने अपेक्षा गरिएको र अकालमै मृत्युवरण गर्नुपर्ने खतरा हटेर जाने विश्वास गरिएको छ ।

आयोजनाको अनुसार हालसम्म कुल भौतिक प्रगति ३८.८३ प्रतिशत र पेश्कीसहित वित्तीय प्रगति ३९.९ प्रतिशत भएको जनाइएको छ।