मध्यमर्स्याङ्दी आयोजनाको ड्यामसाइडमा शव भेटियो

लमजुङ । लमजुङस्थित मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको ड्यामसाइडमा बुधबार दिउँसो एक जनाको शव फेला परेको छ । उक्त शव रोल्पा जिल्ला सुनछ्हरी गाउँपालिका वडा नं ५ असलाका ४३ बर्षीय तिर्खबहादुर पुन मगरको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।

मगरको शव बेसीशहर नगरपालिका वडा नं १ दलालस्थित ड्यामसाइडको किनारमा पानीमा घोप्टो परी आंशिक सडिसकेको अवस्थामा फेला परेको उनले बताए ।

प्रहरीका अनुसार कामको शिलशिलामा गत पुस ६ गते शनिबार लमजुङ आएका मगर ७ गते आइतबार दिउँसो २ बजेको समयमा ट्वाईलेट जान्छु भनि हिँडि सम्पर्कबिहीन थिए । मगरको शव जिल्ला अस्पतालमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।