पुस १९ र २० गते बुटवलमा रोट्याक डिस्ट्रिक्ट ३२९२ राष्ट्रिय सम्मेलन

बुटवल, पुस १८ गते । रोट्याक डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १७ औ राष्ट्रिय सम्मेलन भोलिदेखि बुटवलमा हुने भएको छ । पुसको १९ र २० गते बुटवलमा हुने सम्मेलनको सम्पूर्ण तयारी भएको रोट्याक आविष्कार खनालले जानकारी गराएका छन् ।

रोट्याक डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानको वर्ष २०२४÷२५ को लागि राष्ट्रिय अध्यक्ष अर्थात डि.आर. आर तयारी पुरा भएको आयोजकहरुलेसमेत बताए ।
बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रोट्याक क्लव अफ बुटवल साउथको आतिथ्यतामा हुने सम्मेलनमा देशभरबाट एक हजारबढि रोट्याक्टर, शुभेच्छुक तथा अभियान्ताहरुको सहभागिता रहने सम्मेलनको तयारीबारे पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको छ ।
सम्मेलनमा ३ वटा प्यानल डिष्कसनको कार्यक्रम समेत राखिएको डिष्ट्रिक मिडिया संयोजक आविस्कार खनालले जानकारी गराए ।
ऋाविष्कार खनालका अनुसार सम्मेलनको उद्घाटन युवा नेता चन्द्र भण्डारीले गर्नु हुने र कार्यक्रममा युवा नेता ज्ञानेन्द्र शाही, ठाकुर गैरेलगायतका राजनीतिज्ञहरुको सहभागीता हुने छ ।
आधात्मिक शेसन र विजनेश शेसन गरी अन्य थप २ वटा शेसन समेत आयोजना गरिने रोट्याक डिस्ट्रिक्टका सह सचीव अनुप पाण्डेले बताए ।
सम्मेलनमा सहभागिहरुको लागि बुटवल लगायत विभिन्न स्थानको भ्रमण सहितको कार्यक्रम समेत तय गरिएको र सम्मेलनले बुटवलको चहलपहल पनि बढ्ने सत्रौं राष्ट्रिय सम्मेलनका सम्मेलनका चियर तथा रोट्रयाक्ट क्लब अफ बुटवल साउथका पूर्व अध्यक्ष रितेश ज्ञवालीले जनकारी दिए ।

सहभागीहरुले रजिष्टेसन बापत संकलन गरिएको रकमसँगै केही स्थानीय तह र उधोगि ब्यबयासिक संघ संस्थाको सहयोगमा राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको हो ।

रोट्याक्ट क्लव अफ बुटवल साउथको आतिथ्यतामा हुन लागेको सम्मेलनको तयारि पुरा भइ सकेको साउथका अध्यक्ष सुदिप पौडेलले बताए ।

देशभरबाट आउने पाहुनाहरुका लागि बस्नको लागि बुटवलका होटल व्यवसायिसंग सहकार्य गरिएको छ ।
उक्त कार्यक्रम सम्पन्न गर्नका लागि देशैभरका २० रोट्याक्ट क्लवले सहआतिथ्यताको भुमिकामा रहनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै पत्रकार महासंघ रूपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले कार्यक्रमको सफलताको लागि शुभकामना दिंदै समाजलाई राम्रो सन्देश दिने गरी सम्मेलन सफल पार्न सुझाव दिए ।

रोट्याक्ट डिस्ट्रिक्टका सेक्रेटरी सुबिन खड्का रोट्याक्ट क्लब अफ बुटवल साउथका पूर्व अध्यक्ष यादव भट्टराई, ध्रुव केसी, भूपेन पाण्डे , डिआरसी मेम्बर रेशम खड्कालगायत आरडिसी मेम्बर तथा विभिन्न क्लबका पदाधिकारीहरूको उक्त पत्रकार सम्मेलनमा सहभागिता थियो ।