राजमोद्वारा नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई स्वागत र सम्मान

 

 

बुटवल/राष्ट्रिय जनमोर्चा, रुपन्देहीले लुम्विनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित सदस्यहरुलाई विहीवार एक कार्यक्रमकावीच बुटवलमा सम्मान तथा स्वागत गरेको छ ।
राजमो, बुटवल कार्यालयमा आयोजित एक कार्यत्र mममा निर्वाचित राष्ट्रिय सभाका सदस्य तुलप्रसाद विक र राज्यलक्ष्मी गैरेलाई स्वागत तथा सम्मान गरिएको थियो । सदस्यद्वयलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्र बहादुर केसीले टिका र माला लगाएर सम्मान तथा स्वागत गर्नु भएको थियो ।


सो अवसरमा बोल्दै प्रतिगमनतर्फ गएको राजनीतिलाई सहि मार्गमा ल्याउन गठबन्धनले चालेको कदमले आज साकार रुप लिएको उल्लेख गर्दै देशमा प्रतिगमनको खतरा अझै नसकिएको बताउनु भयो ।
उहाले समृद्ध नेपाल निमार्णका लागि ल्याइएको गणतन्त्र र धर्मनिरपेक्षतालाई तत्कालिन केपी ओलीले नेतृत्व गरेको सरकारले धरापमा पार्दै मुलुकलाई अन्धकारतर्फ डो¥याउने असफल प्रयास गरिएको जिकिर गर्नु भयो । उहाले बर्तमान गठबन्धन सत्ता टिकाइ राख्नका लागि नभएर राष्ट्रियता, जनतन्त्र एवं जनजिविकाको सवालमा खरो उत्रनका लागि निमार्ण गरिएको हुदा निर्वाचित सदस्यहरुले त्यो भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नवनिर्वाचित राष्ट्रियसभा सदस्य तुलप्रसाद विकले जनताको अधिकारको रक्षा गर्दै दलित तथा पछाडी पारिएका नागरिकहरुको अधिकार रक्षाका लागि आफुले सधै इमान्दार भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले आफ्नो जितलाई सबै दलित तथा सिमान्तकृत समुदायहरुको जित भएको बताउदै प्रतिगमनकारी शक्तिको पराजय भएको धारणा राख्नु भयो ।


अर्का नवनिर्वाचित सदस्य राज्यलक्ष्मी गैरेले प्रतिगमन विरोधी गठबन्धनले प्राप्त गरेको जित सबै नेपालीको जित भएको उल्लेख गर्दै अंहकार र दम्भी राजनीतिलाई नेपाली जनताले अस्विकार गरेको बताउनु भयो ।
राष्ट्रिय जनमोर्चा, रुपन्देहीका अध्यक्ष बद्रे आलमको अध्यक्षता, गंगालाल सापकोटाको सञ्चालन तथा गणेश गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।