दाङको राप्तीमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन

महेश रिजाल
दाङ, माघ ३ गते । राष्ट्रिय जनमोर्चा, राप्ती गाउँपालिका वडा नः १ को स्वर्गद्वारी टोलमा भेला सम्पन्न भएको छ।

भेलाले हरिप्रसाद, श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय टोल समिति गठन गरेको छ। जसको उपाध्यक्षमा गिर बहादुर गिरी, सचिव राजुथापा, कोषाध्यक्ष सिर्जना गिरी सह–सचिव केशव आचार्य र सदस्यहरूमा – दुर्गा रोका, पुनाराम भुषाल, कुमारी जीसी र कुवारी परियार रहेका छन् ।
विनोद कुमार शर्मा न्यौपाने ,दुर्गा भूसाल र बसन्त जीसी सल्लाहकामा .चयन गरिएको छ।

जेष्ठ सदस्य गिर बहादुर गिरीको अध्यक्षतामा सम्पन्न भेलालाई राजोमो राप्तीगा.गाउं समितिका का.बा.अध्यक्ष बाबुराम थापा,अखिल नेपाल किसानमहासंघ, दाङ, जिल्ला उपाध्यक्ष विष्णु आचार्य राष्ट्रिय जनमोर्चा राप्तीका सदस्य हरिप्रसाद श्रेष्ठ, अखिल नेपाल युवकसंघ राप्ती गाउँ कमिटी का अध्यक्ष हिमाल एम्सी .लगायतले शुभकामना दिएका थिए।

भेलामा बामपंथी नेता तथा जेष्ठ सदस्य विनोदकुमार न्यौपाने (शर्मा), बसन्त जीसीलगायतको उपस्थितिरहेको थियो। शहिद प्रति १ मिनेट मौन धारण गरी शुरूभएको भेलाको सञ्चालन अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य राजमो सदस्य चन्द्र प्रसाद आचार्यले गरेका थिए ।

आगामी चैत्र २४–३० सम्म काटमाडौँ केन्द्रीत संघीयता विरोधी आन्दोलनको विषयमा केन्द्रित भएर लाग्ने भेलाले निर्णय गरेको छ ।