विकास र राष्ट्रिय मुल्य बचाउन मिडियाको भूमिका महत्वपूर्ण

लिलाबहादुर के सी

विकासका विभिन्न आयामहरु हुन्छन् । यो आधारपत्रमा ती सबै आयामहरुलाई परिभाषित गर्नु र विस्तृत व्याख्या गर्नु सम्भव छैन। कुनै पनि लोकतान्त्रिक प्रणाली भएको मुलुकमा सरकार सन्चालनका तीन अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्याय पालिकापछि चौथो अंगको रुपमा रहेको मिडियाको भूमिका राष्ट्रको भौतिक विकासमा मात्र नभएर नेपाली जनताको नैतिक, सामाजिक, सांस्कृतिक र राष्ट्रिय मूल्यहरु बचाइ राख्न पनि उत्तिकै महत्व छ ।

नेपालको संविधान, २०७२ को धारा १७ (२) (क) मा विचार र अभिव्यक्तिको स्वतन्त्रता र धारा १९ को (१,२ र ३) ले दिएको सूचनाको हकÞको जगमा टेकेर संविधान र ऐन कानूनले दिएको अधिकार प्रयोग गरी सदैव प्रतिपक्षको भूमिकामा रही सरकारका तीन अंगहरुलाई खवरदारी गर्नु मिडियाको मौलिक धर्म हो। यही मान्यता र मूल्यमा आधारित भई प्रगतिशिल पत्रकार संघको तर्फबाट आज “ विकासमा मिडियाको भूमिका” भन्ने विषयमा छोंटो आधारपत्र प्रस्तुत गर्दैछु।

ऐतिहासिक पृष्ठभूमि

ज्ञानको केन्द्र (ऋभलतभच या पलयधभिमनभ) भनेर चिनिने ग्रिकमा जव पादरीहरुको हालीमुहाली भयो तव दोश्रो शताव्दी देखि झण्डै हजÞार वर्ष भन्दा बढि ज्ञान विज्ञानको विकास हुनुको सट्टा धार्मिक युद्ध र व्यापारिक युद्ध मात्र भए।त्यो समय ज्ञान विज्ञान र शिक्षाको दृष्टिले युरोपको अन्धकार युग (म्बचप ब्नभ) भनेर चिनियो।तर यो समयमा दक्षिण पूर्वी र पश्चिम एशियामा ज्ञानको क्षेत्र मौलाएको इतिहास भए पनि ज्ञानको प्रचार प्रसार गर्ने साधन थिएनन्। पन्ध्रौं शताब्दीको मध्यमा पश्चिमाहरुले छापा यन्त्र (एचष्लतष्लन एचभकक) को आविष्कार गरे पछी उनीहरुले विश्वलाई चाहिने वाइवलको प्रकाशन गरे पश्चात अन्य पुस्तकहरु प्रकाशन गर्न थाले । एचष्लतष्लन एचभकक को जन्मपछि नै आमसञ्चारको दायरालाई फराकिलो पार्दै लैजाने अनेक माध्यमको विकास हाल भइसकेको छ । हाल विचार र सिद्धान्त प्रचार प्रसार गर्ने माध्यम पुस्तकहरु मात्र नभएर थुप्रै मेडियाका साधन हामीसंग उपलव्ध छन्। विज्ञान प्रविधि र सन्चारका साधनको एकै पटक विकास हुनाले संसार नै एउटा सानो गाउं जस्तै भएको छ। तर सन्चारका साधना कस्को वर्चस्व हुने ? यो अर्को अहं प्रश्न हो। के सर्वसाधारण जनताहरुले मेडियाबाट सहि सूचना प्राप्त गरेका छन् ?

सन् १९१४ मा विश्व युद्ध सुरु भएपछि जर्मनका युध्दउन्माद विरोधी माक्र्सवादी कवि एवं नाटककार वर्तोल्ल व्रेख्त भन्थे– रेडियोलाई वितरणको साधनबाट सञ्चारको साधनमा परिणत गर्नुपर्छ । रेडियो प्रसारणको सुरुवातकै दशकमा उनले त्यसबेलाको यो नयाँ मिडियालाई पनि शक्तिमा हुनेहरूको उपदेश आमजनतामा वितरण गर्ने साधनका रूपमा प्रयोग गरिने शंका व्यक्त गरेका थिए । यस्को अर्थ हाम्रा सूचनाहरु वितरणमुखी नभएर सन्चारमुखी हुनु पर्दछ। आजको युगमा ब्क्ष् ले कैयन ज्ञानहरु दिए पनि गÞलत सूचना प्रवाह गरेर सर्वसाधारणमा भ्रम पनि पैदा गरेको छ। युद्धको वेला मनोवैज्ञानिक युद्ध जित्ने हेतुले कैयन गÞलत अफÞवाह फैलाइरहेको कुरा हालैको इजरायल–इरान युद्धले नै स्पष्ट पारेको छ। त्यसैले मिडिया जगत कस्को कब्जामा छ ? त्यो पनि उत्तिकै महत्वपूर्ण प्रश्न हो ।

मिडिया र राजनीति

लोकतन्त्रिक गणतन्त्रको स्थापनापछि दूरसञ्चार र कम्प्युटरको समिश्रणबाट उत्पन्न थुप्रै अनलाइन माध्यम न्यु मिडियाका रूपमा सुपरिचित छन्। तर व्रेख्तको चिन्ता आज पनि उत्तिकै सान्दर्भिक छ । उनको आशय आमसञ्चारका कुनै पनि माध्यमका तागत जनताको दैन्दिनको जीवनमा सकारात्मक परिवर्तनका निम्ति कति प्रभावकारी भइरहेको छ भन्ने आकलन गरिरहनुपर्छ भन्ने नै थियो ।
केहि राजनैतिक पार्टीहरुले लोकप्रिय सामान्य ज्ञान सिर्जना गर्न सक्ने आमसञ्चार माध्यमको तागतका कारण आफ्नो पक्षमा लोकमत निर्माण गर्न मिडियालाई प्रयोग गर्न चाहान्छन् । राजनीतिक शक्तिहरू त्यही कारण आजको युगमा आमसञ्चार माध्यमसँगको समन्वयबिना राजनीतिक सफलता असम्भव छ भन्ने निष्कर्षमा पुग्छन् । हुन त सामाजिक सञ्जाललाई वैकल्पिक माध्यमका रूपमा प्रचारित गरिएको पाइन्छ । तर यो माध्यम अहिलेसम्म वैकल्पिक होइन, सहायक माध्यमका रूपमा मात्र छ । संस्थागत मिडियाकै हाराहारीमा आमसञ्चारको चरित्र प्रदर्शन गर्न नसके पनि परम्परागत माध्यमभन्दा द्रुत हुन सक्नु सामाजिक सञ्जालका विशेषता हुन् । तर व्यक्तिको नियन्त्रणमा रहेकै वा संस्थागत नभएकै कारण सूचना प्रसारका दृष्टिले भने यसको विश्वसनीयता आमसञ्चार माध्यमको हाराहारीमा पुग्न सकेको छैन । लोकमत निर्माण गर्ने तागतजस्तै गरी मिडियाको अर्को शक्ति आवाज वा स्वार्थलाई स्थान दिएर वा पन्छाएर अभिव्यक्त हुने गर्छ । त्यसैगरी राजनीतिक वा आर्थिक शक्तिमा हुनेहरू स्रोत प्रयोग गरेर मिडियाको तागतलाई आफ्नो तागतमा प्रयोग गरेको पाइन्छ जुन कुरा अहिलेको रुस युक्रेन युद्ध, इजÞरायल गाजा युद्ध र अमेरिका– इजरायल– इरान युद्धले छर्लंग पारेको छ ।

मिडिया क्षेत्र सैद्धान्तिक र मूल्य मान्यतामा आधारित हुनु पर्छ ।

थियो हिमेन भन्छन्, “सन्चार एक व्यक्ति वा संस्थाबाट अर्को व्यक्ति वा संस्थामा सूचना एवं समझदारी हस्तान्तरण गर्ने प्रक्रिया हो।” त्यसै गरी लुई ए. ऐलेन भन्छन्, “सन्चार एउटा व्यक्तिको मस्तिष्कदेखि अर्को व्यक्तिको मस्तिष्क जोड्ने एउटा पुल हो । यस अन्तर्गत भन्ने, सुन्ने र सम्झिने अनवरत प्रक्रियाहरु रहन्छन्।”
सूचना, विचार, धारणा, राय, अभिमत, खवर तथा जानाकारी, निर्णय जस्ता सामाग्रीहरु परस्पर समझदारीको आधारमा प्रसारित गर्ने प्रक्रियालाई मिडिया भनिन्छ जो प्रत्यक्ष वा अप्रत्यक्ष, चेतन वा अवचेतन रुपमा सम्प्रेषित हुन्छ ।कुनै साझा लक्ष्य वा उद्येश्य प्राप्तिको लागि धारणा, तथ्य, विचार, अनुभव, ज्ञान, सूचना तथा सिद्धान्तहरुको आदान प्रदान गर्ने कार्य मिडियाको हो । यस अन्तर्गत स्पष्टताको सिद्धान्त, प्रयाप्तताको सिद्धान्त, समय सिमाको सिद्धान्त, स्वीकृतिको सिद्धान्त, परामर्शों सिद्धान्त, निरन्तरताको सिद्धान्त, अनुकूलताको सिद्धान्त, ध्यानाकर्षणों सिद्धान्त, प्रसारणको सिद्धान्त, अवरोध निरुपणको सिद्धान्त, प्रत्यक्ष सन्चारको सिद्धान्त र अनुपोषणको सिद्धान्त जस्ता महत्वपूर्ण सिद्धान्त समावेश हुन्छन् । हाम्रो मिडिया जगत यी सिद्धान्तसंग कत्तिको परिचित छ ? के हाम्रो मिडिया जगतले यी सिद्धान्तहरुलाई आत्मसात गर्दै व्यवसायिक पत्रकारिता ( उचयाभककष्यलब िव्यगचलबष्किm) चलाएको छ वा इअअगउबतष्यलब िव्यगचलबष्किm चलाएको छ ? यो विषयमा सन्चार जगतले गम्भीर समिक्षा गर्नै पर्छ । यीनै भ्तजष्अक मा मिडिया जगत बस्न नसक्दा कहिले काहीं समाज, सरकार र अन्य क्षेत्रसंग मेडिया जगतको द्वन्द बढेका पनि कैयन उदाहरणहरु हाम्रो सामु छन् । तसर्थ मेडियाले प्रसारण गर्ने विषयवस्तुमा सर्वप्रथम चभष्बिदष्ष्तिथ र खबष्मिष्तथ हुनै पर्छ ।

विकास र मिडियाको सम्बन्ध

कुनै पनि देशको आर्थिक विकासका निम्ति आमसञ्चार माध्यमको भूमिका के हुन सक्छ भन्ने विषयमा बुझ्न झण्डै आठ दशक यताको इतिहास वुझ्नु पर्छ । दोस्रो विश्वयुद्धलगत्तैदेखि राष्ट्रिय विकासका निम्ति आमसञ्चार माध्यमको भूमिका सम्बन्धमा अमेरिकी नेतृत्वमा बहस सुरु भएको थियो । १९५० को दशकमा संयुक्त राज्य अमेरिकाले विकासका निम्ति आमसञ्चार माध्यमको ठूलो भूमिका हुने कुरालाई व्यापक प्रचार– प्रसार गर्यो । विज्ञान र प्रविधिले दूर दर्शनको विकास गरेपछि अमेरिका लगायत भारत र विश्वका कैयन देशहरुमा कृषिको विकास, उन्नति र विस्तारका निम्ति अभिप्रेरणा जगाउने काम मेडियाले गर्यो । किसानलाई सिकाइको अवसरसँग जम्काभेट गराउने नारा त्यसबेला खुब चम्कियो ।
पछि सन् साठीको दशकको अन्त्यतिर एसियाबाटै विकासका लागि पत्रकारिताको अभियान सुरु गरियो । तेस्रो विश्वका जनताको सञ्चार आवश्यकतालाई अनुभूत गर्दै विकास पत्रकारितालाई अघि बढाउनुपर्छ भन्ने अवधाणा अघि सारियो । तर जनताले विकासका ठेकेदार कहलिएका शासक वर्गले तय गरेका सन्देश एककोहोरो सुन्नुपर्छ भन्ने मान्यताले विकास पत्रकारिताको समेत बदनाम गर्यो ।
विकासका लागि जिब्रो होइन, हात चलाउ भन्ने पञ्चायती शासकले समेत विकासका लागि सञ्चारको नारा अघि सारे ।

विना पूर्वाग्रह भन्ने हो भने शिक्षकहरुलाई रेडियो तालिम, रेडियोबाट कृषि कार्यक्रम र अन्य केही सामाजिक, लैंगिक विभेद विरुद्धका सन्देशमूलक सामाग्रीहरु पन्चायतकालमा पनि प्रसारण नभएका होइनन्। यसरी विगत र वर्तमान हेर्दा विकास प्रक्रिया र यसको समग्र व्यवस्थापनमा सूचना–सञ्चार प्रविधिले बहुआयामिक रूपमा भूमिका बहन गरिरहेको पाइन्छ । संसारको कुनै देशको विकास मोडेल अर्को देशकोलागि सिकाई बन्न सक्छ। नेपालको कुनै महानगरपालिका, उपमहानगरपालिका वा पालिकाको विकास मोडेल अर्को पालिकाको सिकाई बन्न सक्छ । तर सन्चार जगत भने इमान्दार भएमा मात्र ।

सूचना–सञ्चार प्रविधिको दु्ततर विकासले मुलुकको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापारलगायतका आर्थिक एवं सामाजिक क्षेत्रको दिगो विकास गर्ने अवसरको सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । वर्तमानमा गुणस्तरीय रोजगारीको एउटा राम्रो क्षेत्रको रूपमा पनि सूचना–सञ्चार प्रविधि रहेको छ । यसबाट बेरोजगारी समस्या कम गर्न सहयोग पुग्ने, बौद्धिक उद्योगहरूको विकास विस्तार गरी ज्ञानमा आधारित समाजको निर्माणमा सघाउ पुग्ने, विकास व्यवस्थापनलाई सरल, समयानुकूल र व्यवस्थापन योग्य तुल्याउन सहयोग पुग्ने जस्ता प्रत्यक्ष फाइदाहरू रहेका छन् ।

विकास प्रक्रियाबाट हासिल भएका उपलब्धि र तथ्यांकीय विषयहरूलाई सूचनामा परिणत गरी सरोकारवालाहरूसम्म पराउन सम्पादित कामको प्रचारप्रसारद्वारा उपभोक्ताको छनोटको अवसरमा वृद्धिगर्न, सेवाको बजारीकरण गर्नजस्ता पक्षहरूमा सूचना–सञ्चार प्रविधिले गतिलो सहारा दिएको छ । यसैगरी, यो प्रविधिको उपयोगमार्फत विशेषगरी उत्पादनमूलक उद्योगहरूमा समय, श्रम र लागतमा कमी आई उत्पादकत्व अभिवृद्धि हुने अवस्था सिर्जना भएको छ ।

सूचना–सञ्चार प्रविधिको उपयोगले विकासका साझेदारहरू बीचमा समयसापेक्ष रूपमा सम्पर्क र समन्वय कायम गर्न सहज तुल्याएको छ । वर्तमानमा विकास व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको भूमिका यतिसम्म भइसकेको छ कि सूचना–सञ्चार प्रविधिको प्रयोगविना विकासका एजेन्डाहरूको पहिचानदेखि, योजना तर्जुमा, त्यसको कार्यान्वयन, अनुगमन र प्रभाव मूल्यांकनसम्मका सबै प्रक्रियाहरू अवरुद्ध बन्न पुग्दछन् ।

अन्तर्राष्ट्रियस्तरमा विकासका सफल नीति, कार्यक्रमहरू र प्रविधिको स्थानान्तरण गर्ने निर्विकल्प माध्यमका रूपमा सूचना–सञ्चार प्रविधि रहेको छ । यसबाट विकास प्रक्रियालाई सान्दर्भिक र कार्यान्वयनशील बनाउन सूचना–सञ्चार प्रविधिले सहजकर्ताको भूमिका निर्वाह गरेको छ । विकास र सूचना–सञ्चार प्रविधिको उचित संयोजनबाट नै देशको सामाजिक एवं आर्थिक विकास, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र सूचना एवं ज्ञानमा आधारित समाजको निर्माण गर्दै शासनलाई विद्युतीय शासन वा ई गभर्नेन्स र सुशासनमा रूपान्तरण गर्न सकिन्छ ।

सूचना–सञ्चार प्रविधि विकास व्यवस्थापनमा आवश्यक विभिन्न स्रोतसाधनहरूमध्ये आफ्नो परिस्थिति र विकासको आवश्यकतानुसार प्रयोग गर्न सकिने विकास सापेक्ष लचकदार स्रोत पनि हो । अतः विकासलाई सान्र्दभिक रूपमा सहजता प्रदान गर्ने स्रोतको रूपमा पनि यसको भूमिकालाई उल्लेख गर्न सकिन्छ ।

सूचना–सञ्चार प्रविधिको विकास विस्तारले विकासका लागि चौतर्फी ढोकाहरू खुलेका छन् । विकासको राष्ट्रिय एजेन्डालाई सीमारहित रूपमा अन्तर्राष्ट्रियकरण गर्न सहज भएको छ । फलस्वरूप अन्तर्राष्ट्रिय समुदायबाट विकाशोन्मुख मुलुकहरूमा विकासका लक्ष्यहरू प्राप्त गर्ने दिशामा निरन्तर सहयोग भइरहेको छ । यसबाट सूचना–सञ्चार प्रविधिले आफ्नो सञ्जालमार्फत विकासलाई विश्वव्यापी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसको विकास र उपयोगले विकास योजनाहरूको कार्यान्वयनमा आवश्यक समयावधिलाई चामत्कारिक रूपमा छोट्याएको छ । वर्षौँसम्म लाग्ने कामहरूलाई केही घण्टामै सम्पन्न गर्नसक्ने विकासको व्यवस्थापनको सशक्त हतियारका रूपमा सूचना–सञ्चार प्रविधि रहेको छ ।

प्रभावकारी सञ्चार आमजनताको अभिव्यक्तिको अधिकार स्थापनाबिना सम्भव हुँदैन। दूरदृष्टिसहितको राजनीतिक नेतृत्व, सक्षम र इमानदार विकास प्रशासक वा व्यवस्थापक अनि सचेत आमजनसमुदाय जस्ता विकासका तीन महत्वपूर्ण बाहकबीच संवाद कायम गर्न आमसञ्चार माध्यम नै चाहिन्छ । तर सबै आमसञ्चार माध्यमले त्यो महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दैनन् ।

अखबार, रेडियो, टेलिभिजन वा अनलाइन माध्यमका अन्तर्वस्तु नै हुन जसले जनतालाई अभिव्यक्तिको मौका प्रदान गरेका पनि हुन सक्छन्, यसको सट्टा जनताको स्वरलाई पन्छाएका पनि हुन सक्छन् । त्यसैले आर्थिक विकासको चिन्ता गर्दा आमसञ्चार साधनहरूको सुसञ्चालन विषयलाई पनि आत्मसात गर्न जरुरी हुन्छ ।

विकासका कतिपय अध्येतालाई लाग्छ– आमसञ्चार आर्थिक विकासको मेरुदण्ड नै हो । कतिपयको विचारमा आर्थिक विकाससँगै आमसञ्चारका विभिन्न माध्यमको स्वतः विस्तार हुन्छ । तर कतिपयलाई लाग्छ, आमसञ्चारका माध्यमको आर्थिक विकाससँग कुनै लिनु दिनु छैन । तेस्रो, धारणा आजको संसारमा कमजोर भइसकेको छ । दोस्रो धारणा पछ्याउने हो भने वर्खापछि सबैतिर हरियो पलाएझैं आर्थिक विकाससँगै मूलतः विज्ञापन र प्रायोजनमा आधारित बजारमुखी पत्रकारिता मौलाउँछ ।

राजनीतिक तथा आर्थिक उदारीकरणसँगै विकसित हुँदै जाने पत्रकारिता सहरकेन्द्रित राजनीतिक बहसका निम्ति प्रभावकारी माध्यम हो । तर राष्ट्रिय विकासको प्रयत्नलाई सशक्त बनाउन पहिलो धारणाअनुसार सोच्ने हो आमसञ्चार माध्यमको तागतको फल आधारभूत तहका जनताबीच कसरी वितरण गर्ने भन्ने विषयमा विमर्श गर्नुपर्छ ।

सञ्चार आवश्यकता गाँस, बास र कपास जत्तिकै महत्वपूर्ण मानवीय आवश्यकता हो । राष्ट्रिय समस्याहरू वा आर्थिक विकासका बाधकहरू सम्बन्धमा जति बढी मानिस जानकार हुन्छन्, समाधानका निम्ति उति बढी मानिस अग्रसर हुन्छन् । आफ्नै जीवनमा रूपान्तरण गर्ने अनि आफ्नै वरिपरिको वातावरणउपर अफ्नो नियन्त्रण बढाउने नाममा भएका सरकारी प्रयासबारे जनताले आफ्नो मत राख्नुपर्छ ।

आफ्नै जीवनको स्तरोन्नति गर्ने नाममा हुने गतिविधिबारे आफूले मत सबैलाई सुनाउने अधिकार जनताले पाउनुपर्छ । अमत्र्य सेन आममानिसका अस्वतन्त्रताका स्रोतहरूको अन्त्यलाई नै विकास ठान्छन् । उनको विचारमा आर्थिक समृध्दिले मानिसलाई स्वतन्त्रताको उपभोग गर्ने मौका दिन्छ । तर उनी राजनीतिक अधिकारको अभावलाई पनि अविकाससँग जोडेर अस्वतन्त्रताको उत्तिकै डरलाग्दो स्रोतका रूपमा व्याख्या गर्छन् । त्यसैले अबको सन्दर्भमा विकासका लागि सञ्चार भनेको आधारभूत तहका जनताले विकास माग्ने, आफ्नो विकासका बारेमा व्याख्या गर्ने र विकासका प्रशासकहरूसँग बहस गर्न मौका प्रदान गर्ने सञ्चारमाध्यम भन्ने बुझिनुपर्छ ।

तेस्रो पुस्ताको अधिकारका रूपमा परिचित विकासको अधिकार बहालीका निम्ति सञ्चारको महत्वपूर्ण भूमिका हुन्छ । आज नेपालमै पनि आमसञ्चार माध्यम राजनीतिक वा सार्वजनिक सम्वादका निम्ति अपरिहार्य औजारका रूपमा स्थापित भइसकेको छ । ठूला र सहरकेन्द्रित आमसञ्चार माध्यम देशको आर्थिक उन्नतिसँगै अझ विकसित हुँदै जानेछन् । साथै आर्थिक विकास अघि बढाउन यस्ता आमसञ्चार माध्यमले प्रभावकारी भूमिका निर्वाह गरिरहनेछन । तर विकासको फल उपभोग गर्ने जनताको संख्या बढाउन यतिले मात्र पुग्दैन । किनकि विकास यस्ता आमसञ्चार माध्यमले विस्तार गर्ने सञ्चार मानचित्रबाट बाहिर परेका दुर्गम र असहज ठाउँका अल्पसाक्षर वा निरक्षर अनि क्रयशक्ति कम भएका आधारभूत तहका जनताका निम्ति चाहिएको छ । आफ्ना सञ्चार आवश्यकता पूरा गर्न नपाएका जनताले विकासको फल पनि उपभोग गर्न सक्दैनन् ।

साना र स्थानीय स्तरका मूलधारका वैकल्पिक अखबार, रेडियो वा टेलिभिजनले आममानिसका सञ्चार आवश्यकता पूरा गर्न सक्छन् । त्यसैले आधारभूत तहका जनताको वाणी अभिव्यक्त गर्न मूलतः उपभोक्तावादी संस्कृतिको बाहक बन्न बाध्य सहरकेन्द्रित आमसञ्चार माध्यमका अतिरिक्त स्थानीय माध्यमहरूको समेत सशक्त उपस्थिति खोज्नुपर्छ । हामीले परिकल्पना गर्ने समाजवादउन्मुख नेपालमा आमसञ्चार प्रणाली पनि त्यही अनुकूल हुनुपर्छ । विकासका निम्ति गरिने नीतिगत व्यवस्थाभित्र पर्नुपर्ने एउटा क्षेत्र यो हो ।

उपसंहार

राष्ट्रिय विकासको प्रयत्नमा आमसञ्चार माध्यमको भूमिकाको खोजी गर्दैगर्दा हाम्रो वस्तुगत अवस्थाको अवलोकन गरिनु उपयुक्त हुन्छ । केहि वर्ष पहिले काठमाडौस्थित सेन्टर फर मिडिया रिसर्च नेपाल नामक संस्थाले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार सुदूरपश्चिमाञ्चल क्षेत्रका जनतामाझ छापा माध्यमको पहुँच जम्मा १० प्रतिशत छ । यस क्षेत्रका केवल २० प्रतिशत जनता टेलिभिजन हेर्छन् । यहाँका ४८ प्रतिशत बासिन्दा रेडियो सुन्छन् । तर यही तथ्यांकलाई अर्को तरिकाबाट हेर्ने हो भने दुःखद् आश्चर्य लाग्छ– के सुदूरपश्चिमका ५२ प्रतिशत मानिस कुनै पनि सञ्चारमाध्यमको वृत्तभन्दा पनि बाहिर छन् ? के अहिले यो तथ्यांकमा सुधार आएको छ ? यो तथ्यांकले देशभरिकै आमसञ्चार नक्शाको झलक प्रस्तुत गरेको छ । आधारभूत तहका जनतालाई गरिबीको कुचक्रबाट मुक्त गरी समृध्दिको संसारमा पुर्याउने भनी विकास बहस गर्दैगर्दा यो यथार्थलाई पनि मनन् गर्न जरुरी छ ।

वर्तमान एक्काईसौँ शताब्दीलाई विश्वमा सूचना–सञ्चार प्रविधिको युगका रूपमा चित्रित गर्ने गरिन्छ । अहिलेको विश्वमा मुलुकभित्र र मुलुकहरूबीचको भौगोलिक सिमा र अवरोधलाई सहजै परास्त गर्दै विश्वभरका मानिस एवं स्थानहरूबीच विशाल सञ्जाल र सम्पर्क कायम गराउने प्रभावकारी माध्यमका रूपमा सूचना–सञ्चार प्रविधि स्थापित भइसकेको छ ।

विश्वव्यापीकरणको प्रविधिगत आयामका रूपमा रहेको सूचना–सञ्चार प्रविधिमार्फत विश्वका नागरिकहरू एक–आपसमा जोडिएका मात्र होइन, यसले सामान्य मानिसको दैनिक जीवनयापनदेखि समाज, देश एवं राष्ट्रिय, अन्तर्राष्ट्रिय परिदृश्यमा हरेक पल, क्षण र क्रियाकलापहरूमा प्रभाव पारिरहेको छ । विकास र यसको व्यवस्थापन विश्वव्यापी रूपमा देखापरेको अवस्थामा सूचना–सञ्चार प्रविधिको प्रभावबाट विकास प्रक्रिया पनि प्रभावित हुन्छ ।अतः मेडियाले नैतिक मूल्य भित्र रहेर सामाजिक, सांस्कृतिक, शैक्षिक तथा भौतिक विकासकोलागि अहं भूमिका खेल्नु पर्दछ ।

प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले २०८२ साल असार १२ गते बुटवलमा विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रियामा सह–प्राध्यापक लिलाबहादुर केसीद्वारा कार्यपत्र प्रस्तुत ।

लेखक लिलाबहादुर के सी टियुका अवकास प्राप्त सहप्रध्यापक हुन् ।
२०८२÷०३÷१२