आज देशका यी स्थानमा मेघगर्जनसहित पानी पर्ने

काठमाडौं – मंगलबार देशका अधिकांश स्थानमा सामान्य बदली पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सामान्यताया बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरु हल्का पानी परिररहेको छ । मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।

आज दिउँसोपछि देशका केही स्थानमा बदली रही मेघगर्जनसहित पानी परे सम्भावना रहेको छ भने प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै आज राति पनि देशको प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक दुई स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ।