यातायात व्यवसायी भण्डारीद्वारा जुत्तमा लगानी

श्यामलाल पोखरेल बुटवल, कार्तिक ६ । संसारभर फैलिएको कोराना भाइरसको प्रभावले नेपाल पनि अछुतो रहन सकने । गत चैत महिनाको ११ गतेदेखि कोरानाको प्रभावका कारण लकडाउन भएसंगै सबै क्षेत्र प्रभावित बनेका छन् । कोरानका कारण तहसनहस भएका व्यापार व्यवसाय लगायतका क्षेत्रहरु लामो समयसम्म पनि मुक्त हुन सकेका छैन ।

कोराना भाईरस महामारीको रुपमा समूदायमा फैलिएपछि नेपालमा लगानी मैत्री बातावरण शुन्य प्राय जस्तै छ । सबै भन्दा बढी यातायात र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा बुटवलका एक यातायात व्यवसायीले करिव डेढ करोड लगानीमा बिटु कलेक्सन जुत्ता पसल सञ्चालन गर्नुभएको छ । तिलोत्तमा नगरपालिका २ जानकीनगर निवासी नारायणप्रसाद भण्डारीले बुटवलको पाल्पारोडस्थित भानुभक्त पथमा जुत्ता पसल सञ्चालन गर्नुभएको हो ।

यातायात व्यवसायी नारायण भण्डारीले करिव डेढ करोडको लगानी गरी ब्राण्डेट कम्पनीका जुत्ताहरु बिक्री वितरण शुरु गर्नुभएको छ । आइएसो चिन्ह प्रमाणित विदेशी ब्राण्डेट कम्पनीका जुत्ताहरु ग्राहकलाई ग्यारण्टीका साथ बिक्री गर्न थालिएको बिटु कलेक्सन जुत्ता पसल सञ्चालक तथा प्रोपाइटर नारायणप्रसाद भण्डारीले जानकारी गराउनुभयो । एडिडास, रेबुक, लेभिस लगायतका विभिन्न विदेशी कम्पनीका ब्राण्डेट जुत्ता चप्पल बिटु कलेक्सन पसलमा राखिएको छ ।

बिटु कलेक्सन जुत्ता पसलमा विभिन्न ब्राण्डेटका रेडिमेट फेन्सी कपडासमेत बिटु कलेक्सन जुत्ता पसलबा बिक्री शुरु गरिएको छ । हिन्दु नेपालीको वडा दशैंको शुभ अवसरमा सञ्चालन गरिएको पसलबाट विश्व बजारमा पाइने हरेक प्रकारका जुत्ता, चप्पल र रेडिमेट फेन्सी कपडाहरु उपलब्ध गराइएको छ । ग्राहक तथा उपभोक्ताले रोजेका र खोजेका विदेशी बजारमा पाइने जुत्ता, चप्पलका साथै फेन्सी कपडाहरुसमेत उपलब्ध गराइने प्रोपाइटर भण्डारीले जानकारी गराउनुभयो । नारायण भण्डारीको एकल लगानीमा बिटु कलेक्सन जुत्ता सञ्चालन गरिएको हो ।