नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट एक पत्रकारको ज्यान गयो

काठमाडौं – नेपालमा कोरोनाभाइरसको संक्रमणबाट एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुका ६२ वर्षीय पत्रकार रहेका छन् ।

उनको सोमबार बिहान घरमै मृत्यु भएको जनाइएको छ । उनको मृत्युपछि कोरोना परिक्षण गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार बेलुका नै रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

मिर्गौलाको समस्या, सुगर र उच्च रक्तचापबाट पीडित उनलाई स्वास लिन समस्या भएपछि घरमै मृत्यु भएको जनाइएको छ ।