कांग्रेस नेता धितालको निधन, तीनदिन पार्टी झण्डा भुकाइने

बुटवल । नेपाली कांग्रेस रुपन्देहीका नेता, पुर्व जिल्ला विकास समिति रुपन्देहीका सभापती विजय प्रसाद धितालको निधन भएको छ । नेता धितालको ७९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।

नेता धितालको निधनप्रति नेपाली कांग्रेस रुपन्देहीले गहिरो दुख व्यक्त गरेको छ । पार्टी सभापती अब्दुल रज्जाकले एक विज्ञप्ती जारी गर्दै रुपन्देहीको तिलोत्तमा ६ निवासी नेता धितालले लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन र समाजसेवमा पुर्याएको योगदानको सदैव कदर गर्ने उल्लेख गरेका छन् ।
घितालको योगदानको उच्च कदर गर्दै तीन दिनसम्म पार्टी कार्यालय बन्द गर्ने, पार्टीको झण्डा आघा झुकाउने र तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्ने कांग्रेस रुपन्देहीले जनाएको छ । स्वगिर्य धितालका एक छोरा एक छोरी र एक श्रीमती छन् ।