लुम्बिनीमा सबै भन्दा धेरै पटक बोल्ने सांसद तारा थापा
राजमोबाट लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गरल्मीकी सांसद तारा थापाले सबै भन्दा धेरै ३३ पटक बोलेर नयां रेकडी राख्न सफल

बुटवल, मंसिर १८ गते । जनताबाट निर्वाचित भएका सांसदहरुले संसदमा जनताको पक्षमा वकालत गर्नुपर्ने उनीहरुको मुख्य दायित्व हो । संसदमा जनता प्रत्यक्ष सहभागी नहुने र जनताको तर्फबाट सांसदहरु नै प्रतिनिधि हुने भएकाले नीति निर्माणदेखि जनताको पक्षमा बोल्नु पर्ने हुन्छ । सबै तहका संसदमा सांसदहरु बोल्ने गर्दछन् । यस्तै लुम्बिनी प्रदेशमा पनि सांसदहरु नीति निर्माणदेखि हरेक विषमा यो वा त्यो प्रकारले जनताको आवाज बोलने गरेका छन् ।

लुम्बिनी प्रदेशको प्रदेश सभाको ३ वर्षको अबधीमा सबै भन्दा धेरै राष्ट्यि जनमोर्चाबाट प्रतिनिधित्व गरेकी गुल्मीकी सांसद तारा थापा सबै भन्दा बढी ३३ पटक बोलेर धेरै पटक बोल्ने सांसदको सूचीमा परेकी छन् । समानुपातिक सांसद तारा थापा शुन्य, विषेश र दलगत विषयमा गरी ३३ पटक बोलेकी छन् ।
रुपन्देहीका सांसद चन्द्रकेश गुप्ता र बाँकेकी मिनाकुमारी श्रेष्ठ प्रदेशसभाको बैठकमा पटक बोलेका छन् । यि दुवै सांसद बढी पटक बोल्ने मध्ये दोस्रो स्थानमा पर्दछन् । त्यस्तै रुपन्देहीकी भगवती अधिकारी ३ वर्षको अवधिमा प्रदेशसभाको बैठकमा २९ पटक बोलेको प्रदेशसभा सचिवालयले जानकारी गराएको छ ।

रुपन्देहीबाट निर्वाचित सांसद भोजप्रसाद श्रेष्ठ १९ पटक बोलेका छन्, भने कपिलबस्तबाट निर्वाचित विष्णुप्रसाद पन्थी, बाँकेकी अम्बिका काफ्ले १८÷१८ पटक बोलेको प्रदेशसभा सचिवालयको रेकर्डले देखाएको छ । बर्दियाबाट निर्वाचित राजकुमार चौधरी १६ पटक र रुपन्देहीबाट निर्वाचित तुल्सीप्रसाद चौधरी, अर्घाखाँचीबाट निर्वाचित रामजीप्रसाद घिमिरे, दाङकी लोकी कुमारी विक, प्युठानकी निमा गिरीलगायतका सांसदहरु १५।१५ पटक बोलेका छन् ।
लुम्बिनी प्रदेशसभा सचिवालयको रेर्कड अनुसार बाँकेबाट निर्वाचित कृष्णा केसी, अर्घाखाँचीबाट निर्वाचित चेतनारायण आचार्य, दाङबाट निर्वाचित धनबहादुर मास्की, रुपन्देहीबाट निर्वाचित भगतवी कुमारी थरुनी, रुपन्देहीबाट निर्वाचित भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल प्रदेश सभा बैठकमा १।१ पटक मात्रै बोलेका छन् ।
संसदमा सबै भन्दा बढी पटक बोल्ने सांसद तारा थापाले संसदमा जनताको आवाज र सरकारले गरेका कमजोरीका पक्षमा जनताको पक्षबाट बोलेको बताइन् । प्रदेश खारेजदेखि नीति निर्माण, शिक्षा, स्वास्थ्य तथा विकास निर्माण र महिला सशक्तिकरण,भ्रष्टाचार तथा बेथिति, अराजकताविरुद्द लगायत सबै विषयमा आफुले सशक्त रुपमा बोलेकी छु उनले भनिन् ।
प्रदेशसभा सचिवालयले दिएको जानकारी अनुसार रुपन्देहीबाट निर्वाचित अब्दुल रञ्जाक गद्धी, पश्च्मि नवलपरासीबाट निर्वाचित देवकरणप्रसाद कलवार र गुल्मीकोबाट निर्वाचित धनेन्द्र कार्की शुन्य, विशेष र दलगत रुपमा बोलदै बोलेका छैनन् ।
संसदमा बोल्दै नबोली ३ वर्ष बिताएका सांसदहरु कांगे्रसबाट निर्वाचित हुन् । उनीहरु संसदमा एक पटक पनि नबोलेपनि सेवासुबिधा सबै लिएका छन् ।
बाँकेका आदेशकुमार अग्रवाल, कपिलबस्तुका जानकीप्रसाद यादव, बर्दियाकी नरमदा ढकाल, कपिलबस्तुका मधुसुदन शरण चौधरी, रुपन्देहीका लिला गिरी २÷२ पटक बोलेका छन् । कपिलबस्तुका अर्जुनकुमार केसी, रुपन्देहीका आशिषकुमार चौधरी, प्युठानका सराजे थापा, बाँकेकी रायरा बानो, दाङकी सिता शर्मा ३÷३ पटक बोलेका छन् ।
दाङका अनुराग खड्का, रोल्पाका जोखबहादुर महरा, दाङका डिल्लीबहादुर चौधरी, गुल्मीका दिनेश पन्थी, रुकुम पूर्वकी दिलकुमारी बुढा, रुपन्देहीका देविप्रसाद चौधरी, रुकुम पूर्वका धनबहादुर केसी, दाङका प्रचण्ड विक्रम न्यौपाने, नवलपरासी पश्च्मिका वैजनाथ कलवार, बाँकेकी माया पुन, बर्दियाकी माललि सोडारी, रोल्पाकी मिना बुढामगर, दाङकी रेखाकुमारी शर्मा, बाँकेकी सन्जुकुमारी चौधरी ४÷४ पटक बोलेको संसद सचिवालयमा ररेकर्ड छ ।
त्यस्तै प्युठानका तुल्सीराम शर्मा र रुपन्देही शान्ति लोध ५÷५ पटक प्रदेशसभाको बैठकमा बोलेका छन् । नवलपरासी पश्च्मिका खड्क बस्नेत, गुल्मीका चिन्तामणी पाण्डे, बाँकेका बादशाह कुर्मी, बाँकेकी मिनाकुमारी बोहोरा, दाङका राजु खनाल, रुकुम पूर्व सुरुल पुन ६÷६ पटक बोलेका छन् ।
बर्दियाका धर्मबहादुर चौधरी, कपिलबस्तुका नवराज लामिछाने, रुपन्देहीकी निर्मलादेवि थारु ७÷७ पटक बोलेका छन् । कपिलबस्तुका गिरीलाल न्यौपाने, बाँकेका दुर्गाप्रसाद चौधरी, प्युठानकी धनलक्ष्मी श्रेष्ठ, रुपन्देहीका वसीउद्दीन खाँ, कपिलबस्तुका सुकाधर पाण्डे, बर्दियाकी सुमन शर्मा रायमाझि ८÷८ तथा रुपन्देहीकी जमुना ढकाल, बाँकेकी शुशिला बादी ९÷९ पटक बोलेका छन् ।
पाल्पाका खेमबहादुर सारु १० पटक र दाङका इन्द्रजीत थारु, बर्दियाकी कृष्णा कुश्मा थारु, रोल्पाका दिपेन्द्रकुमार पुन मगर, रोल्पाकी युमना रोका तामाङ, नवपरासीका विश्वप्रेम पाठक ११÷११ पटक, पाल्पाकी इन्द्रकुमारी गहतराज, बाँकेकी बसन्ती न्यौपाने, गुल्मीका यमबहादुर नेपाली सार्की, रुपन्देहीका सन्तोषकुमार पाण्डेय र रुपन्देहीकी हेमा केसी बेल्वासे १२÷१२ पटक बोलेका छन् ।
रुपन्देहीकी जानकी न्यौपाने र बाँकेका भण्डारीलाल अहिर १३÷१३ पटक, रुपन्देहीका कन्यैहा बानिया, गुल्मीका डिल्लीराज भुसाल, बर्दियाका अजय तिमिल्सीना, बर्दियाका भुवनेश्वर चौधरी, बाँकेका रत्नबहादुर खत्री १४÷१४ पटक बोलेको संसद सचिवालयले जानकारी गराएको छ ।
लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले मन्त्री भएकाले शुन्य, विशेष र सौद्धान्तिक विषयमा बोल्न नपाएको बताए । कांगे्रसमा शक्तिशाली मानिने कार्कीले पालो नआएपछि नबोलेको बताएका छन् ।
रुपन्देहीका अब्दुल रञ्जाक गद्धी विरामी छन् । उनले स्वास्थ्यले साथ नदिएकाले नबोलेको प्रतिक्रिया दिए ।






















