कर्णालीः कांग्रेसका ललित र एमालेकी मीना विजयी

कर्णाली । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही र नेकपा एमालेकी मीना रखाल विजयी भएकी छिन् । आज सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन् ।

शाहीले प्रदेशस भातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे । त्यस्तै रखालले प्रदेश सभातर्फ २६ र स्थानीय तहतर्फ ९३ मत प्राप्त गरेको निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए । उनका अनुसार शाहीका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका बुद्धिप्रसाद शर्माले प्रदेश सभातर्फ १३ र स्थानीय तहतर्फ ५० मत प्राप्त गरे ।

त्यस्तै रखालका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी अन्जु महताराले प्रदेश सभातर्फ १३ र स्थानीय तहतर्फ ५५ मत प्राप्त गरेको सूचना अधिकारी चौलागाईंले बताए । उनका अनुसार ६ मत बदर भएको थियो । कर्णालीमा कुल मतसङ्ख्या १९८ हुँदा प्रदेशसभाका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए । त्यस्तै, ७९ स्थानीय तहका १५८ जनप्रतिनिधिमध्ये १५२ मत खसेको थियो ।