हर्मुज जलडमरुमः ट्रम्पद्धारा इरानलाई ४८ घण्टाको अल्टिमेटम


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले ४८ घण्टा भित्र हर्मुजको जलडमरुम पूर्ण रुपमा खोल्न अल्टिमेटम दिएका हुन् । उनले उक्त झलडमरुम ४८ घण्टाभित्र नखोलिए अमेरिकाले इरानको पावर प्लान्टहरुमा आक्रमण गर्ने चेतावनी दिएका हुन् ।

ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा लेखे, यदि इरानले ४८ घण्टा भित्र हर्मुजको जलडमरुम खोलेन भने अमेरिकाले इरानको पावर प्लान्टहरुमा आक्रमण गर्नेछ र ध्वस्त पार्नेछ, सबैभन्दा ठूलाबाट शुरुआत गर्छ ।
यसैबीच इरानले चेतावनी दिएको छ कि यदि उसको पावर प्लान्टहरुलाई लक्षित गरियो भने यसले अमेरिका र इजरायलसँग जोडिएका मध्य पूर्वका सबै ऊर्जा पूर्वाधारहरुमा आक्रमण गर्नेछ।

इरानको खातम अल अन्बिया केन्द्रीय कमाण्डका प्रवक्ता इब्राहिम जुल्फाघारीले इरानले अमेरिका र इजरायलसँग जोडिएका डिसेलिनेशन प्लान्टहरु र आईटी पूर्वाधारहरुमा पनि आक्रमण गर्ने चेतावनी दिए । अमेरिका-इजरायल र इरानबीच २३ दिनदेखि युद्ध चलिरहेको छ ।






















