बौद्ध न्यायशास्त्रको जगमा उभिएको विश्वको आधुनिक न्याय प्रणाली

बर्षा खनाल
आधुनिक कानूनी प्रणाली भनेको समाजलाई व्यवस्थित गर्नका लागि बनेका नियम, संस्थाहरू र प्रक्रियाहरूको सन्तुलित संयोजन हो, जसले निर्धारित व्यवस्थाकायम राख्ने, विवाद तथा द्वन्दहरू समाधानगर्ने र न्याय सुनिश्चित गर्ने उद्देश्य राख्दछ। यसमा केवललिखित कानूनी नियमहरू मात्रहोइन, तीनियमहरू निर्माण, व्याख्या र लागू गर्ने प्रक्रियाहरू, साथै कानूनीकाममा संलग्न विभिन्न व्यक्ति र संस्थाहरू पनि समावेश हुन्छन्। आजको समयमा, विभिन्न राष्ट्र र क्षेत्रहरूकाकानूनी प्रणालीहरू फरक–फरक छन् । बौद्ध दर्शन भनेको शान्ति, करुणा र नैतिकताको उपदेश मात्रनभई, न्याय र कानूनी सिद्धान्तहरूको एक समृद्ध स्रोत पनि हो। बौद्ध दर्शनको प्रभावले नै आजको धेरै मुलुककाकानूनी संरचनामा महत्वपूर्ण भूमिका खेलेको छ।

बौद्ध न्यायशास्त्रले आधुनिककानुनी प्रणालीको मौलिकआधार तयार पार्न महŒवपूर्ण भूमिका खेलेको छ। मानवइतिहासको सबैभन्दाप्राचीन र व्यवस्थितकानूनी ढाँचाहरू मध्य एक विनयहो। सामान्य रूपमा हेर्ने हो भने धर्मको प्रादुर्भाव सित नै विनयको उदयभएको पाइन्छ ।विनयभिक्षु तथा भिक्षुणीहरुको लागि र भिक्षु संघका लागि त सम्विधान सरह नै हो। यीकानुनहरुमाभिक्षु तथा भिक्षुणीका अपराधहरू, त्यसको दण्ड, भिक्षु, भिक्षुणीहरूका अनुशासन सम्बन्धीनियमहरू र विवाद समाधानका उपायहरूको चर्चा छ। भिक्षु संघले विनयका आधारमा नै अन्यनियमहरू बनाउनु पर्दछ। तसर्थ विनयको भूमिका मूलकानूनको रूपमा रहेको छ। बुद्धले प्रतिमोक्ष विनय बनाउँदा लागू भएका स्वतन्त्रता र सार्वजनिक सुरक्षा, अपराध नियन्त्रण, सुनुवाईको मौका, आफ्नो मुद्रा माआफै न्यायाधीश हुननहुने, कानून बमोजिमबाहेक सजायनहुने र कानूनको अज्ञानता क्षम्यनहुने जस्ता सिद्धान्तहरू आजको आधुनिक कानुनी प्रणालीमा प्रत्यक्ष रूपमाव्यवस्थित र लागू गरिएको छ। नेपालको कानूनी प्रणाली हेर्दा मुलुकी देवानी संहिता २०७४ को दफा ५ माकानूनको अज्ञानता क्षम्यनहुने र मुलुकीअपराध संहिता २०७४ को दफा १० मा स्वच्छ सुनुवाईबाट वञ्चितनहुने भनीउल्लेख गरिएको छ ।

बुद्धले समस्तजनले पालनागर्नु पर्ने शिक्षाका रुपमाबताएको पञ्चशीललाई आधुनिककानुनी प्रणालीको जगको रुपमालिन सकिन्छ। पञ्चशीलबौद्धविधिशास्त्रको एक महत्वपूर्ण स्रोत हो । पञ्चशीलभनेका तिपाँ चवटा शीलहरू हुन्जसलाई विश्वव्यापी मानिन्छ किनभने तिनीहरूले सांस्कृतिक र धार्मिक सीमाहरू भन्दामाथि नैतिकमूल्य र आचरणहरूलाई बढावा दिन्छन्। विश्वभरका धेरै परम्पराहरूमापाइने नैतिक सिद्धान्तहरूसँग यि शीलहरु मिल्दोजुल्दो छन् । आधुनिक विश्वका सबै कानुनी प्रणालीमा हिंसा, चोरी, वाणी, यौनाचार, लागु औषध सेवनलाई अपराध भनी कायम गरिएको छ।

नेपालको कानूनी प्रणालीमा हेर्दा मुलुकीअपराध संहिता २०७४ को दफा १७७ माज्यान मार्ने नियतले कुनै कामगर्न नहुने, दफा २४१ माचोरी गर्न नहुने, दफा २१९ मा जबर्जस्ती करणी गर्न नहुने, दफा ८४ माझु्ठो जानकारी दिननहुने व्यवस्था गरिएको छ भने लागू औषध सेवन नियन्त्रण गर्न लागू औषध नियन्त्रण ऐन २०३३ को व्यवस्था गरिएको छ। यी सबै प्रावधानहरु बौद्ध न्यायशास्त्रबाट आएका हुन्। आधुनिक कानूनी प्रणालीले समाजमा जीवन रक्षा, सम्पति रक्षा र सम्बन्ध रक्षाएवम स्वास्थ्य रक्षा गर्नक ानिम्तिपञ्चशीललाई कानुनको आधारको रूपमा लिइएको छ ।

यसैगरि बौद्ध दर्शनको केन्द्रीय जगआर्य अष्टांगिक मार्ग, जसले दुःखको अन्त्यगर्दै ज्ञानको सोपानमार्फत मुक्तिप्राप्तगर्ने मार्गको रूपरेखा प्रस्तुतगर्दछ । संयक दृष्टि, संयक संकल्प, सम्यक वाणी, संयककर्मान्त, सम्यक आजीविका, संयकप्रयास, संयकस्मृति र संयकसमाधिजो आफैमा व्यक्तिलाई दुःखबाट मुक्ति गराउने व्यावहारिक मार्ग मात्रहोइनन्बल्कीबौद्ध न्याय शास्त्रका आधारभूमि समेत हुन्। अष्टांगिक मार्गले आधुनिककानूनी प्रणालीमा गहिरो प्रभावपारेको छ। यसले न्यायिक नैतिकता, करुणा र विवेकमा महŒव दिन्छ। संयक दृष्टिले निष्पक्ष न्यायप्रदान गर्नमा प्रेरित गर्दछ । संयककर्मले गलतकामनगर्न र सबैप्रति उचितव्यवहार गर्न प्रोत्साहन गर्छ ।सम्यक वाणीले व्यक्तिलाई सधैँ सत्य बोल्न र गलतबक्तव्य दिनबाट रोक लगाउछ, जसले न्यायिकप्रकृयालाई स्वच्छ र सफा बनाउछ। आधुनिक कानूनी प्रणालीमा बौद्ध अष्टांगिक मार्गले निष्पक्षन्याय र सामाजिक सद्भावलाई सूव्यवस्थितगर्न नैतिक मार्ग दर्शन प्रदानगर्दछ। नेपालको कानुनी प्रणालीमा हेर्दा नेपालको संविधान २०७२ को धारा १६ (२) ले विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गर्दछ, तर यसले कसैको मान हानीहुने वा घृणा फैलाउने कुरा गर्नम ाप्रतिबन्ध लगाउछ। यसैगरी मुलुकीअपराधफौजदारी संहिता २०७४ को दफा १७७मा कसैको हत्यागर्न नहुने र दफा ११९ मा जबरजस्ती करणी गर्न नहुने प्रावधानको व्यवस्थागरिएको छ । श्रम ऐन २०७४ ले श्रमिकहरुलाई शोषण हुनबाट जोगाउनउचितज्यालाको व्यवस्था र नैतिकतापूर्ण रोजगारीको व्यवस्था गरेको छ ।

नेपाल, श्रीलंका, थाइल्याण्ड र अन्य जस्ता बौद्ध धर्मबाट प्रभावितएसियालीकानुनी परम्पराहरूमायी सिद्धान्तहरूले ऐतिहासिक रूपमा कानूननिर्माण र न्यायिक आचरणलाई आकार दिएका छन् र आजपनित्यसको पालनागर्दै आएका छन्। अहिंसा, सामाजिक सद्भाव र वातावरणीय व्यवस्थापनलाई प्रवद्र्धन गर्दै यसरी, अष्टांगिक मार्गले आधुनिककानुनी प्रणालीहरूलाई प्रमुख नैतिक आयामहरू प्रदान गर्दछ जसले न्यायलाई नियमहरूको पालनाको रूपमा मात्रनभई सामाजिक कल्याणको दयालु र सचेत खोजको रूपमा प्रवद्र्धन गर्दछ।
बौद्ध दर्शनका सिद्धान्तहरु जस्तै करुणा, कर्म र परिवर्तनशीलताले आधुनिकन्याय प्रणालीमा नैतिकताको आधारमान्याय, पुनस्र्थापनामूलकन्याय र मेलमिलापलाई बढाउन मदतगर्दछ। बुद्धद्वारा प्रतिपादित न्यायपूर्ण तथा करुणामूलक दृष्टिकोणले आधुनिककानूनी प्रणालीमा अपराध नियन्त्रण र पीडितको अधिकार संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको छ। यसले न्यायिक प्रशासनलाई न्यायोचित, नैतिक र सहिष्णु बनाउने मौलिक आधारको रुपमाकाम गरेको छ। बुद्धका शिक्षाहरुःआर्य अष्टांगिक मार्ग, छ पारमिता र बोधिसत्व प्रतिज्ञा जस्ता महत्त्वपूर्ण शिक्षाहरुले मानिसको आन्तरिक जीवनमा प्रभाव पार्नुका साथसाथै न्यायपूर्ण समाज निर्माण गर्नमा पनि महत्वपूर्ण भूमिका खेलेको छ।

बौद्ध न्यायशास्त्रले आध्यात्मिकक्षमता र नैतिकजिम्मेवारीमाआधारित समानताको आदर्शलाई प्रवर्धन गर्छ, जुनबाह्यपहिचानहरूलाई पार गरी सबैकालागि समानताको अवसर सुनिश्चित गर्छ। आज नेपालको संविधान २०७२ को धारा १८ मा समानताको हकको व्यवस्था गरिएको छ जहाँ सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् र कसैलाई पनिकानूनको समान संरक्षणबाट वञ्चितगरिने छैन भनीउल्लेख गरिएको छ। यो प्राबधानपनिबौद्ध न्यायशास्त्रबाट नै आएको हो। बौद्ध न्यायशास्त्रले वातावरण संरक्षणलाई नैतिक र आध्यात्मिकजिम्मेवारीको रूपमा हेर्छ। प्राकृतिक वातावरण सबै प्राणीसँग गहिरो रूपमा जोडिएको छ र यसको संरक्षण मानिस र अन्य संवेदनशील प्राणीहरूको कल्याणका लागि अनिवार्य छ। आजदिगो विकासलाई समाहितगर्दै वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन र प्राकृतिक स्रोत संरक्षणका लागि वातारण संरक्षण ऐन २०७६ को व्यवस्था गरिएको छ।

यसरी, बौद्ध न्यायशास्त्रले करुणा, नैतिकता र विवेकका सिद्धान्तमार्फत आधुनिक कानुनी प्रणालीलाई मानवमुखी, न्यायसंगत र समतामूलक बनाउने एथेष्ठ आधार तयार पारेको छ। विनयनियमहरू, जसमाभिक्षु–भिक्षुणीहरूको अनुशासन, अपराधको वर्गीकरण, दण्डका प्रकार र विवाद समाधानकाउपायहरू मात्र समेटिएका नभएर तात्कालीन समाजमा बुद्धले तोकिएका नियमको दायरा तर्जुम्मागर्दै संघ मार्फत समाजका लागिसमेत कानूनी संरचनाको मौलिक ढाँचा निर्माणमा प्रेरणाका स्रोत बनेका छन्। पञ्चशील र अष्टांगिक मार्गजस्ताशिक्षाले नैतिकव्यवहार र जिम्मेवारीलाई कानूनी रूपान्तरणमा सहयोग पुर्याएका छन्। आजका संविधान र कानुनहरूमा देखिने न्याय, समानता र उत्तरदायित्वकाधाराहरूमाबौद्ध न्यायशास्त्रको गहिरो छाप स्पष्ट रूपमाअनुभूतगर्न सकिन्छ। यसरी बौद्ध न्यायशास्त्रले आधुनिककानुनी प्रणालीहरूलाई नैतिकमार्गदर्शनको आधार र प्रक्रियागत ढाँचा प्रदान गरेको छ जसले पुनस्र्थापनात्मकन्याय, न्यायिकनिष्पक्षता र कानुनलाई सामाजिक सुव्यबस्थासन्गजोड्ने काम गरेको छ।

भवतु सब्बमंगलम्।
(लेखक लुम्बिनीबौद्ध विश्वविद्यालय स्कुलअफ ल अन्तर्गत बि.ए.एल्.एल्.बि.दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् ।)