नेपालमा बाख्रा दिवस मनाउन शुरु
बुटवलमा मनाईयो प्रथम बाख्रा दिवस


श्यामलाल पोखरेल

बुटवल,माघ४गते। नेपालमा यस वर्षदेखि बाख्रा दिवस मनाउन शुरु भएको छ। हरेक वर्षको माघ ४ गते राष्ट्रिय बाख्रा दिवस मनाउने गरी यो वर्ष माघ ४ गते प्रथम बाख्रा दिवस मनाईयो। २०७२ साल माघ ४ गते नेपालमा,नेपाल व्यवसायीक बाख्रा पालक महासंघ गठन गरिएको थियो। सोही दिनलाई आधार मानेर माघ ४ गते मंगलबार नेपालमा प्रथम बाख्रा दिवस मनाईएको हो।नेपालमा बाख्रा संगसंगै हामी भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय बाख्रा दिवस मनाईएको हो । लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र नेपाल व्यवसायीक बाख्रा पालक महासंघको संयुक्त आयोजनामा बुटवलमा बाख्रा दिवस मनाईएको छ। लुम्बिनी प्रदेशसहित अन्य प्रदेश र विभिन्न जिल्लामा विशेष कार्यक्रमको आयोजना गरी बाख्रा दिवस मनाईएको नेपाल व्यवसायीक बाख्रा पालक महासंघका केन्द्रिय उपाध्यक्ष सुर्य रेग्मीले जानकारी गराए।विशेष उत्सवका साथ प्रथम बाख्र दिवस मनाउने योजना भएपनि कोरोना महामारीका कारण बुटवल लगायत देशका विभिन्न स्थानहरुमा प्रतिनिधिमूलक प्रथम बाख्रा दिवस मनाईएको उनले जानकारी गराए। अर्को वर्ष बाख्रापालक किसानहरुको संख्या,उत्पादन संख्या, बाख्रापलन व्यवसायबाट हुने आम्दानी र कतिले रोजगार पाएका छन् भन्ने तथ्याकंसहित दोश्रो बाख्रा दिवस मनाइने महासंघका केन्द्रिय उपाध्यक्ष सुर्य रेग्मीले प्रतिवद्वता जनाएका छन्।

बाख्रा दिवसको अवसरमा लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय मुकाम बुटवलमा आयोजित कार्यक्रममा बोल्ने सरोकारवालाले नेपालमा बाख्रा पालन व्यवसाय फस्टाउंदै गएको बताएका छन्। बाख्रा पालन व्यवसाय फस्टाउंदै गएपछि भारतबाट खशीबोकाको आयत घटेको बताए। उनीहरुले बाख्रा पालेर आम्दानीको मुख्यश्रोत बनाउन सकिने बताए। अहिले पनि नेपालमा बाख्राको आम्दानीबाट जीीवका निर्वाह गर्नेको संख्या हजारौ रहेको बाख्रापालक किसानहरु बताउछन्।
सोही प्रथम बाख्रा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कृषि खाद्य तथा प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, महाशाखाका प्रमुख तुल्सीराम भण्डारीले बाख्रापालन व्यवसायले गरिवी निबारणमा सहयोग पुराएको बताउंदै स्वरोजगार बढेको बताए।बाख्रापालन व्यवसायबारे कार्यपत्र प्रस्तुत गर्दै उहांले बाख्रा पालनबाट नेपालको राष्ट्रिय आयमा ३ प्रतिशत योगदान रहेको बताए।बाख्रा पालन व्यवसायलाई उद्योगसंग जोड्नु पर्ने बताउनुभयो। खाद्य, स्वास्थ्य सुरक्षा तथा कृषि महाशाखाका प्रमुख अमरराज घिमिरेले कृषि तथा पशुजन्य उत्पादनमा कमी आउंदा देश परर्निभर हुंदै गएकाले कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिए।


पशुपंक्षी तथा मत्य विकास निर्देशनालयका निर्देशक प्रविण आलमले स्थानीय जातका बाख्राहरुको उत्पादनमा ध्यान दिन किसानहरुलाई आग्रह गरे। उनले नेपालको हिमाल, पहाड र तराईका सबै क्षेत्रमा बाखपालनका लागि सम्भव भएकाले लोपहुंदै गएको स्थानीय जातको बाख्राको संरक्षण र उत्पादन गर्न सके बाख्रापालनबाट नेपालको आफ्रनै पहिचान कायम हुन सक्ने र आर्थिक आयपनि बढ्ने बताए। पशु चिकित्सक लोकराज भुसालले मासुबाट देशलाई आत्मनिर्भर बनाउनु पर्ने र त्यसका लागि नविनतम् प्रविधिको प्रयोग गरी व्यवसायीक बाख्रा पालनका लागि किसानहरुलाई एकीकृत गर्न आवश्यक रहेको बताए।
उपभोक्ता हित संरक्षण मञ्चका तेजकुमार पाठकले उपभोक्ताका लागि किसानले गुणस्तरीय वस्तु उत्पादन गरी बजारी करण गर्नुपर्नेमा जोड दिए।नेपाल व्यवसायीक बाख्रा पालक महासंघका केन्द्रिय उपाध्यक्ष सुर्य रेग्मीको अध्यक्षतमा भएको कार्यक्रममा पशु विकास अधिकृत हुमाकान्त पाण्डे, बाख्र्रापालक किसान सुनिल अर्याल, इश्वरी भण्डारी लगायतले बोल्दै सानो लगानीमा बाख्रा पालन सम्भव भएकाले बाख्रापालन व्यवसाय लोकप्रिय बन्दै गएको बताए ।नोपलमा पाइने स्थानीय जातको बाख्राका लागि चौरचरणको कमी हुंदै गएकाले त्यसका लागि राज्यो ध्यानजान जररी रहेको सरोकारवालाहरुको भनाइ छ। स्थानीय जातका बाख्राहरुका लागि २५ देखि ३० प्रतिशत चराउनै पर्ने र त्यसका लागि अहिले सार्वजनिक चरिचरणको अभाव भएकाले नयां समस्या आएको उनीहरुको भनाइ छ । विगतका वर्षहरुमा ६ देखि ७ लाख खशीबोका भारतबाट नेपाल आयत हुने गरेको र अहिले घटेर करिव ७० हजार खशीबोका मात्र भारतबाट नेपाल भित्रने गरेको छ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










