कांगे्रससंग नभए एमाले र अन्य दलसंग तालमेल–प्रचण्ड

बुटवल,फागुन३गते।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेलको विषयमा दोहोरो कुरा गरेका छन् । ओलीको प्रतिगामी कदमका बिरुद्व गठबन्दन दलबीच चुनाबी एकता हुने बताउंदै आएका प्रचण्डले कांग्रेससंग नभए एमालेसंग चुनाबी तालमेल पनि हुन सक्ने बताएका छन् । पे्रस सेन्टर नेपालले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांगे्रसले राम्रो व्यवहार नदेखाए एमालेसंग पनि चुनाबी तालमेल हुन सक्ने बताए । कांगे्रसले भनेजती सिटमा सहयोग नगरेर एमालेसंग पनि चुनाबी तालमेल हुन सक्ने प्रचण्डको आशय छ । तत्काल एमालेसंग चुनावी तालमेलको सम्भावना नरहेको बताउंदै अध्यक्ष प्रचण्डले भने – काँग्रेससंग चुनावी तालमेलका लागि कांगे्रसकै व्यवहारमा भर पर्ने छ । कांगे्रस लगायतका अन्य दलहरुसंग चुनावी तालमेल गर्ने विषयमा सहमत भएपनि काँग्रेसका केही नेताहरुले तालमेल हुँदैन भनेर बोल्न थालेकाले काँग्रेसले लखेट्न खोजे त्यसबेलाको परिस्थितिले एमालेसंग पनि चुनावी तालमेल हुन सक्ने बताए ।राजनीतिमा थुप्रै सम्भावना रहेको र हुने भएकाले यो निर्वाचनमा माओवादी कमजोर नहुने दावी गरे । काँग्रेसका केही नेताहरु चुनावी तालमेलको विपक्षमा बोलेपनि सभाति शेरबहादुर देउवा सकारात्मक रहेकाले सत्तारुढ दलहरुबीच चुनावी तालमेल सम्भावना रहेकाले आत्ति हाल्नुपर्ने अबस्था नभएको प्रचण्डको भनाइ छ ।कोहीसंग चुनावी तालमेल नभएपनि माओवादी एक्लै चुनाव जान सक्छ र माओवादीको आफ्नै तागतले चुनाव जित्ने अठोटका साथ अगाडी पनि बढ्न सकिने अध्यक्ष प्रचण्डको तर्क छ ।