स्थानीय चुनाव लक्षित घोषणा पत्रका लागि सुझाव

प्रदीप जीसी

ऐतिहांसिक,पर्यटकीय, धार्मिक, सांस्कृतिक, हाइड्रो, विभिन्न खनिज पदार्थ एवं खाद्यबालीका हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो प्युठान । त्यसै भित्रको एउटा महत्वपूर्णा क्षेत्र झिमरुक गाउँपालिका जसको ५ नम्बर वडावासी म। अध्ययन, अध्यापन, एवंम् व्यवशायिक शिलशिलामा निरन्तर रुपमा त्यहा नरहे पनि विभिन्न खाले सामाजिक, शैक्षिक,राजनीतिक अनि समग्र जिल्ला भित्र हुने सृजनात्मक अभियानमा चासो र सरोकार राख्ने व्यक्ति हुनुको नाताले समग्र प्युठानसंगै झिमरुक क्षेत्रको गुरुयोजना निर्माणका लागि मेरा केही मतहरू छन् ।
मुलतः शिक्षा,स्वास्थ्य,प्रयटन र कृषिलाई प्राथमिकतामा राख्दै युवा,विध्यार्थी र महिलालाई स्वरोजगार बनाउने,पुर्बाधार बिकाश,खानेपानी,सिंचाइ,सूचना प्रविधिमा सहज र सरल पहुच निर्माण,भविष्यमा हुन सक्ने सम्भावित महामारीवाट बच्ने उपाय अबलम्बन गर्दै सो कार्यका लागि निति निर्माण गर्ने,बिकाशका लागी योजनाको उचित पहिचान, बिकास निर्माणका कार्यमा समान वितरण प्रणाली, हरेक चरणमा लाभग्राही नागरिक र समुदायको निर्णायक सहभागिता रहने खालको सहभागीतामुलक बिकास अनि सर्व स्वीकार्य,समपहुच र समन्यायिक तथा निर्विकल्प उपायका रुपमा चुस्त बनाउदै अगाडी बढ्न सके समग्र झिमरुक क्षेत्रले निकट भविष्यमै काचुली फेर्नेमा विस्वस्त छु यसका लागि नीति र नेतृत्व सबल र सक्षम हुनुपर्दछ ।
“हाम्रो, राम्रो अनि उज्यालो झिमरुक“
                                        कृषि
१–परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्ने।
२–निर्वाहमुखी कृषिलाई व्यावसायिक कृषिमा परिणत गर्ने। ३)आधुनिक प्रबिधिमा आधारित खेती प्रणालिको बिकास गर्ने साथै माटो र हावापानी सुहाउँदो कृषिका लागी बिज्ञवाट अध्ययन गरि गराइ सोही अनुसार गर्ने।
४–सिंचाइ, मलखाद, आधुनिक औजार, उचीत बजार, कृषक तालिम, उन्नत बिउबिजन अनुदान, कृष्णका लागि सहज र सरल ऋण, उचित भण्डारण, कृषि उधमिलाइ प्रोत्साहन।
५–तरकारी,फलफुल,दूध र मासुमा आत्मनिर्भर बनाउने अभियान संचालन गर्न सकेमा पक्कै पनि गरिबी निवारणमा टेवा पुग्नेछ,खाध्यसुरक्षा,निर्यात बढ्ने आयत घट्ने,स्वस्थता निरोगिता, आत्मनिर्भरता,कृषिमा नयाँनयाँ अनुसन्धानको सुरुवात गर्न सके रोजगारिको अवसरमा पक्कै पनि वृद्धि हुनेछ।
                                      शिक्षा
१– शिक्षा बिकासको मेरुदण्ड हो।यसको बिकासका निम्ति यथेष्ट बजेट बिनियोजन गरि विध्यालयको भौतिक पुर्वाधार,शौचालय, स्वच्छ पिउनेपानी,उपयुक्त खेलमैदान,वालमैत्री कक्षाकोठा,आधुनिक प्रयोगशाला निर्माण गर्ने!
२–अनलाइन कक्षा व्यवस्थापन,बैज्ञानिक परिक्षा र मुल्यांकन प्रणाली,राजनीतिक प्रभाव बिहिन व्यवस्थापन,खुल्ला र निश्पक्ष बिज्ञापन,अनिवार्य र निशुल्क शिक्षाको कार्यान्वयन,प्रतिस्पर्धात्मक र व्यवहारिक शिक्षामा जोड !
३– स्थानीय कला,संस्कृति,साहित्य,प्रकृति,हावापानी,प्रयटन,
इतिहास र सम्भावनाको जानकारीका निम्ति स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन!
४– स्थानीय क्याम्पसको शैक्षिक र व्यवस्थापकिय पक्षको गुणस्तर वृद्धि गर्दै कृषि , होटेल ब्यबस्थापन ,कम्प्युटर ,संगीत जस्ता बिषय थप गर्ने!
५– शिक्षक र अभिभावकलाई समय सापेक्ष तालिम प्रदान गर्दै संस्कारयुक्त शिक्षामा विशेष जोड दिदै गए पक्कै पनि शिक्षामा उच्च सफलता प्राप्त गर्न सकिन्छ भन्ने लाग्छ।
                                  पर्यटन
१–कुनै पनि ठाउँको आर्थिक एवं अन्य विकासका लागि पर्यटन व्यावसाय मेरुदण्ड बनेको हुन्छ, त्यसैमा हाम्रो झिम्रुक क्षेत्र आन्तरिक तथा बाह्य पर्यटका लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिन्छ।हाल केही योजनाहरू अगाडि बढे पनि समग्र पर्यटन व्यावसायलाई चलायमान बनाउन उचित भौतिक पूर्वाधार निर्माण, हिल स्टेसन, रक गार्डेन ,
प्याराग्लाइडिङ,साइकिलिङ सेवा सुचारु गर्ने!
२– स्थानीय मौलिक लोक संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिका लागि तालिम तथा सामग्रीको व्यवस्थापन!
३–पर्यटकको लागि स्थानीय अर्गानिक खानाका परिकार तथा मौलिक पहिचान झल्कने मायाको चिनो निर्माणका लागि तालिमको व्यवस्था गर्ने।
यसका लागि सरकारी, स्थानीय जनता तथा निजी क्षेत्रको सामूहिक लगानीमा यि परियोजना सञ्चालन गर्ने!
                                  स्वास्थ्य
१– स्वास्थ्य नै धन हो! आम जनताको सुरक्षित जीवनका लागि सर्वसुलभ, गुणस्तरीय एवं सहज स्वास्थ्य सेवा प्रदान गर्ने त्यसको लागि भौतिक पूर्वाधार, दक्ष जनशक्ति एवं अत्याधुनिक उपकरणको ब्यबस्थापन गर्ने!
२– बयोबृद्द, अशक्त तथा सुत्केरी लाई घर घरमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने!