डिजेल र पेट्रोलका लागि भारतीय गाडी नेपालमा

मुल्यवृद्वि अनुसार भाडावृद्वि नभएको यातायात व्यवसायीको दावीे

बुटवल,चैत २८ गते। यातायात व्यवसायीले राज्यले निर्धारण भाडा नपाएको गुनासो गरेका छन्।डिजेलको मुल्य प्रतिलिटर १ सय ३ हुंदा निर्धारण गरिएको भाडा केही दिन अघि १५ प्रतिशत भाडवृद्वि भएपनि भाडा नपाएको ट्रक व्यवसायीको गुनासो छ। पेट्रोलियम पदार्थ, टायर, मोटरपार्टस र मोविलको मुल्यवृद्वि अनुसार भाडावृद्वि हुन नसकेको यातायात व्यवसायीको भनाई छ। यातायात क्षेत्रका समस्याप्रति सरकार गम्भीर नभएको बताउंदै आएका पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा आवद्व व्यवसायीले भारतीय गाडिहरुसंग प्रतिष्पर्दा गरेर व्यवसाय चलाउन नसकिने बताएका छन्। भारतमा विस्थापित भएका भारतीय सस्ता ट्रकहरुसंग नयां र महङा गाडी प्रयोग गर्दै आएका नेपाली यातायात व्यवसायी प्रतिष्पर्दामा मालसमान बोक्न नसकिने व्यवसायीको गुनासो छ । नेपालमा ओभरलोड बोक्ने भारतीय गाडिहरु तत्काल रोक्नुपर्ने पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका महासचिव हरिप्रसाद कंडेलले बताए।महासचिव कंडेलले एउटा गाडीमा दुईवटा ठुला टंकी बनाएर नेपालमा पेट्रोलियम पदार्थ भोरेर भारत लैजाने भारतीय गाडीलाई तत्काल नरोके नेपालमा पेट्रोल र डिजेलको मुल्य अझै बढ्ने बताए। खुल्ला सीमानको फाइदा उठाउंदै भारतीय गाडिहरु क्षमता भन्दा बढी सामान लिएर काठमाण्डौ, पोखरा लगायत देशका विभिन्न शहरमा जांदा पनि नेपालको सरकार चुप लागेकाले यातायात व्यवासी धरापमा परेको उनीहरुको गुनासो छ। नेपाली ट्रकहरु हिड्दा राज्यले कडाई गर्ने गरेको र भारतीय ट्रकले ओभरलोड बोक्दा पनि राज्य उदार रहेको ब्यबसायीहरुले पहिलेदेखि गुनासो गर्दै आएका छन्।

  यातायात व्यवसायीका अनुसार भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मुल्य सस्तो भएकाले भारतीय गाडिहरु डिजेल र पेट्रो भर्न नेपाल आउने गर्दछन्। खुल्ला सीमानाको भारतीय पक्षले धेरै पाईदा उठाउंदा नेपाली व्यवसायी र उपभोक्ता मारमा परेका छन् । खुल्ला सीमानामा कडाई गर्न राज्य र तीनै तहका सरकारलाई चौतर्फी दवाव दिएपनि केही सुनुवाई भएको छैन। यस विषयमा राज्यलाई जानकारी गराउंदा पनि यातायात व्यवसायीका भनाई र मागप्रति राज्य उदासिन हुंदा राज्यलाई नै ठूलो घांटा लागेको ट्रक व्यवसायीको भनाइ छ । कोरोनाका कारण थला परेको यातायात क्षेत्र अहिलेको महङी हनुसार भाडा समायोजन हुन नसकेको राज्य गम्भीर नभए यातायात व्यवसायी विस्थापित हुने र बैंकहरुले व्याज पनि नपाउने अवस्था आउने व्यवसायीहरुको गुनासो छ। ट्रक ब्यबसायीले गरेको योगदान राज्यले बुुझ्न नसकेको र भारतबाट आएका १५।२० बर्ष पुराना र क्षमता भन्दा बढी सामान लिएर आएका ट्रकहरुलाई भन्सार बिन्दुमा नरोके अब नेपालमा ट्रक चलाउन नसकिने अवस्था आएको पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष यमप्रसाद पाण्डेले बताए।