स्वास्थ्यप्रति गम्भीर भएर समाचार लेख्न चिकित्सकहरुको आग्रह

दिपक बस्नेत

बुटवल,असार१२गते।मानवीय स्वास्थ्यप्रति गम्भीर भएर समाचाररु लेख्न चिकित्सकहरुले पत्रकारहरुलाई आग्रह गरेका छन्।कहिले काही सही सूचनाको आधारविना लेखिएका समाचारहरुले स्वास्थ्य क्षेत्र र चिकित्सकहरुमाथि आंच आएकाले स्वास्थ्य क्षेत्रका समाचार लेख्दा पत्रकारहरु गम्भीर बन्नुपर्ने उनहिरुको भनाइ छ ।समाज र नागरिक स्वस्थ बनाउन सरकार, स्वास्थ्यकर्मी र मिडिया सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।  स्वास्थ्यका क्षेत्रमा सरकारले गरेका राम्रो काम र ती कामहरुको कार्यान्वयनमा चिकित्सकहरुको भूमिकालाई मिडियाले नागरिकसामु पु¥याउन सकेमात्रै स्वस्थ समाज र नागरिक उत्पादन हुने उनीहरुको तर्क छ। एलाइन्स फर कम्युनिटी मिडियाको आयोजना तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा बुटवलमा आयोजित सामुदायिक सञ्चार गृहहरुमा कार्यरत पत्रकार र कर्मचारीहरुलाई स्वास्थ्य सम्बन्धि रिपोर्टिङबारे अन्तरक्रियामो बोल्ने चिकित्सकहरुले यस्तो बताएका हुन्।कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकालले थोरै जनशक्ति र क्षमताका बीचमा पनि धेरै विरामीलाई सेवा दिनुपर्दा नागरिकले चाहेजस्तो स्वास्थ्य सेवा दिन नसकिएको बताए ।उनले स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्न नसकेको बताउंदै स्वास्थ्य विका प्रादायक संस्थाहरुका कारण स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी नभएको र सेवाग्राहीले पनि सेवा लिन नसकेको स्वीकार गरे।बरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले पछिल्लो समय विश्वभर नै मुटुरोग महामारीको रुपमा बढिरहेपनि नागरिकमा सचेतना पुग्न नसकेको बताए। डा. गौतमले आफ्नो खानपान, दैनिक व्यवहार र नियमित व्यायाममा थोरै भएपनि ध्यान दिन सके मुटुरोगलाई कम गर्न सकिने उल्लेख गर्दै सचेतनाको काममा सामुदायिक संचारमाध्यमहरुले भूमिका निर्वाह गर्नसक्ने बताए। बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले प्रविधिको प्रयोग बढ्दै जांदा बालबालिकामा विभिन्न समस्या देखापरेको भन्दै बालबालिकाहरुलाई मोबाईल र टेलिभिजनको प्रयोगबाट टाढा राख्नुपर्ने बताए। उनले घरभित्रै बस्ने र मोवाईल टेलिभिजनको प्रयोग बढ्दै जांदा बालबालिकाहरुमा मधुमेह, अटिजम तथा मानसिक रुपमै समस्या देखापर्न थालेकोले समुदायमा यस्ता विषयका समाचार सम्प्रेषण गर्न सुझाव दिए। स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिपाञ्जली शर्माले नियमित गर्भ जांच नगर्दा नेपालमा अझैपनि मातृ मृत्युदर उच्च रहेको र यसक्षेत्र सचेतना बढाउने गरि कलम चलाउन संचारकर्मीलाई आग्रह गरे। २० वर्ष नपुग्दै गर्भवती हुंदा र ३५ वर्षपछि गर्भवती हुंदा दुबै अवस्थामा मातृ मृत्युदर उच्च रहेकोले गर्भवती हुनुभन्दा पहिलेदेखि नै चिकित्सकसंग परामर्श लिन उनले सुझाव दिए। दुई दिनसम्म चलेको अन्तरक्रियामा कार्यक्रममा नवलपरासी, रुपन्देही र कपिलवस्तुमा संचालित सामुदायिक टेलिभिजनमा काम गर्ने पत्रकार र कर्मचारीहरुको सहभागिता थियो। पत्रकार दिनेश पाण्डेको अध्यक्षता र विक्रम खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो ।