को थिए त ’घांसी’?
![](https://nayadishaonline.com/wp-content/uploads/2022/07/surendra-kumar.jpg)
![](https://nayadishaonline.com/wp-content/uploads/2023/07/357622966_794524715535073_6037331566326578600_n.jpg)
सुरेशकुमार पान्डे
अहिले भानुभक्तको २०८ ओं जन्म जयन्तीको वेलामा नेपाली साहित्यक जगतमा उनकाबो ब्यापक छलफल हुन्छ र प्रेणालिएर अगाडीका कार्यक्रमहरू निर्धारित हुन्छन। तर राष्ट्रिय कविले केही अंश गोप्य राखेकाले त्यसबारे निष्कर्ष निकालेर एउटा शिद्धान्त बनाएर अगाडी बढ्नुपर्छ ।
कसैले राना भाट भन्छन,कसैले ठाट मगर भन्छन ,कसैले पन्थ बाहुन आदि भन्छनर । अहिले पनि ’घांसी’रहश्यमय बनेकाछन्। कतै स्वंयम आफै भानुभक्त त थिएनन् घांसी?जसले एउटा ’घांसी’ले खनाएको कुवाँबाट प्रेणालिए तर त्यही घांसीको उनले वास्तबिक परिचय लुकाए आखिर के थियो रहस्य? त्यो अहिले पनि रहश्यनै छ ।
घांसीले खनाएको कुवा तनहुँको बुल्दी खोलामा बिद्वामान छ भन्नेकुरा हामिले पढ्दै आएकाछौं ।घांसी कविता बि.स.१८९१मा लेखेका थिए । र त्यो घांसीको बारेमा पनि त्यही कवितामा विक्री गरिएको छ ।
भानुभक्तको जन्म चुँदी रम्घा तनहुँमा २९ असार वि.स.१८७१ मा भएको हो । मोतिराम भट्टले पहिलो पटक उनलाई नेपाली भाषाका आदि कविको उपाधी दिएका थिए।उनको जन्म धनञ्जय आचार्य र धर्मवती देवीको कोखबाट भएको थियो।तनहुँको चुंदी रम्घा भन्ने ठाउँमा जन्मिए र राष्ट्रिय विभुति सम्मानसमेत पाउन सफल भए। बाजे श्रिकृष्णबाट शिक्षा पाएका भानुभक्तले एउटा घांसी जसले घांस काटेर कुवा खनाएकोबाट प्ररेणा लिएर अगाडी बढेको भनेका छन् । तर त्यो घांसी को थियो त्यसबारे अहिले पनि हामीलाई पुष्टी हुन सकेकोछैन र एक प्रकारको रहश्यनै भएको छ ।
घांस काटेर पाटी पौवा बनाउने इच्याबाट अघी बढ्न केही न केही गरी नाम कमाउँने प्ररेणा आफुलाई मिलेको बताएका छन् ।
उनी सानैमा नेपाली भाषाको कवितामा बोल्ने,कवितामा गाउने र कवितामै नाच्ने अभ्यास गर्थे। नेपाली जगतमा एकै पल्ट भाषा,साहित्य,संस्कृति ,धर्म, दर्शन,परमपरा,चरित्र,मरियादा,प्रितप्रेम,भ्रातित्व,दोम्पत्य,कर्तव्य,देशप्रेम,जनवात्सल्य,आदी जस्ता समग्र विषयको समन्वय एवम समिष्ट भावप्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय बिभूति सम्मान पाउँन सफल भएका थिए। मोतीराम भट्टले पनि भानुभक्तसँग थुप्रो प्रेणालिएको उनका लेख रचनाहरूले पुष्टी गरेका छन्। एक पटक एकजना बाटा हिंड्ने बटुवाले उनको परिचय माग्दा उनले कवितामै परिचय दिएका थिए।त्यो निम्ननुसार उल्लेखितछ।
“पहाडको अति वेश देश तनहुँमा श्रिकृष्ण ब्रहामण्ड थिया,
खुब उच्च कुल आर्यवंशिहुन,गैसत्कर्ममा मनदिया,
बिधामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
उनको नाती म भानुभक्त हुँ भनी हुँ यो जानी चिन्ह लिया।“यसरी उनले कवितामै आफ्नो परिचय दिए । उनी सानैदेखि साहित्यिक अभ्यास गर्दै हुर्केका ब्याक्तित्व हुँन्।
![](https://nayadishaonline.com/wp-content/uploads/2023/07/308463823_1115005542726158_1075373799681304027_n.jpg)
उनका थुप्रै रचना मध्ये एउटा बाल्मिकी रामायण पनि हो। आज भन्दा करिव २०७ बर्ष पहिले उदाएका नेपाली वाङ्गमयका ज्योती आदि कवि भानुभक्त आचार्य राणाकालिन संकट कालिन अबस्थामा पनि निडर भएर धार्मिक लेख रचनाहरूलाई अगाडी सार्दै गए।रामको आदर्श सृष्टी गर्ने एउटा मार्गदर्शक हुन।मनुश्य जीवन र समप्रण संस्ताका प्रतिक शर्गीवन र मृत्युका प्रतिक रामको राज महंल बाट बनवास यात्रा लोकहितका निमित्त जस्तो पनि काम गर्न सक्नुपर्छ भन्ने आदर्शको पनि उनैले प्रचार गरेका थिए।उनी जे जस्तो बैचारीक भय ता पनि नेपालका पहिला वाङ्ममय कवि हुन र उनको जिवनीबाट नेपालको साहित्यक फांटमा ठुलो प्रेणा मिल्न सक्नेछ।मोती राम भट्ट जस्ता कविहरू समेतलाई उनैको प्ररेणा बाट अगाडी बढ्ने मौका मिलेको हो।हामि जुनसुकै राजनीतिक बिचारका ब्याक्ति भएपनि राष्ट्रय अमूल्य धरोहरलाई संगालेर राख्न सक्नुपर्छ। धर्म र बिधिबिधानको बिषय भन्दापनि यि राष्ट्रिय विभुतीहरूको सम्मानले हाम्रो देशलाई विस्वमा चिनाउन सक्छ।
आदी कवि भानुभकक्त पनि त्यही देशका धरोहर हुन,गौतम बुद्ध,पृथ्वीनारायण शाह र आदि कवि भानुभक्तबाट देशले धेरै कुरा सिक्न सकेको प्राप्त गर्न सकेको छ। तर कतिपय उनै महान विभुतीहरूले छाडेका अंशहरूले पनि हामिलाई रहश्यमय बनाउँदै आएको छ । त्यसमध्ये एउटा “घांसी“पनि हो।
अन्तमा असौजको ६ गतेविस.१९२५मा मृत्युपछि तनहुँको सेती घाटमै अन्तिम संस्कार भएको थियो।उनी आज भौतिक रूपबाट हाम्रो बिचमा छैनन् । तरपनि उनले देखाएको साहित्यिक फांट भने हराभरानै र झांगिदैं गएको पनि छ।
२०७९ असार २८ गते ।