प्रीय मान्छेहरु, अभिवादन

श्यामलाल पोखरेल

दुवै मान्छे प्रीय हुन् र छन् । सायद २०५३ देखि यि दुवै जना बुटवलमा बस्थे । दुवैले राजनीतिक पार्टीमा आस्था राख्थे । म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंको विद्यार्थी राजनीतिमा सक्रिय थिए । तस्वीरका दुवै जना पत्रकारितामा सक्रिय थिए ।उनी दुवै जना राजनीतिक आन्दोलनलाई नजिकबाट सहयोग गर्ने पात्रा मध्येका थिए ।

हामी नारा जुलुस गर्दै आन्दोलनको अग्रमोर्चामा हुंदा,त्यही आन्दोलनको अघिपछि हिडेर समाचार प्रकाशन र प्रशारण गर्ने मध्येका हुन् दिपेन्द्र कुंवर र यानेन्द्र जीसी । जीसी मेरा गाउंले एउटै स्कुलमा पढेका मान्छे ।

कुंवर गुल्मी न्वाराका । जिल्ला फरक परेपनि वर्गिय हिसावले नजिकका र छिमेकी गाउंका । दुवै जना कुनै बेला बुटवलमा कहल्लिएका पत्रकार हुन्, त्यसो त अहिले पनि उनीहरु पत्रकारितामा स्थापित व्यक्तित्व हुन् ।

माओवादी जनयुद्वका बेला यानेन्द्र जीसीले बुटवलबाट तत्कालिन अवस्थामा माओवादीलाई राम्रै सहयोग गर्थे । इन्टरनेटको जमना थिएन । रातभर भोके पेट रेडियो सुन्थे र बिहान उठ्दा माओवादीका गतिविधि पत्रिका मार्फत बाहिर ल्याउंथे । उनका नजिकका सहयोगी विष्णु घिमिरेको उनलाई ठूलो साथ सहयोग थियो । अर्घाखांचीका विष्णु घिमिरे गफ भन्दा काममा ध्यान दिएर काम गर्थे त्यसबेला ।

दिपेन्द्र कुवंर नेकपा मसाल समर्थक । जसले गर्दा उनले विद्यार्थीको कार्यक्रमलाई बढी ध्यान दिन्थे । उनी अखिल छैठौंमा पनि आवद्द थिए । त्यसैले पनि होला कसरी कार्यक्रम गर्नेबारे हामीलाई योजना बनाइदिन्थे र आफु पनि लाग्थे । कुंवरले मनमा लागेका कुरा गरिहाल्थे ।

चित्त बुझे समर्थन गर्ने र अलीअली चित्त नबुझे बिरोध गरी हाल्ने खरो स्वभावका थिए । उनको स्वभाव तथा बानी अहिले पनि त्यस्तै छ ।

तर जीसी भने अली कप्ट्या खालका थिए । मन परे सहयोग गर्ने नत्र नगर्ने स्वभावका थिए । उनको स्वभाव अहिले पनि त्यस्तै छ । तर मान्छे भने असाध्यै सहयोगी पनि थिए र छन् । साहित्य उनको राम्रो छ । तर उनले साहित्यलाई भन्दा पत्रकारितालाई बढी मायां गरे । यि दुवैले २०६२।०६३ को  जनआन्दोलनमा राम्रै भूमिका निर्वाह गरेका थिए ।

बुटवल क्षेत्रबाट माआवादीको समर्थन गरेर तत्कालिन समयमा जीसीले पार्टीलाई ठूलो सहयोग पुराएका थिए । दुवै जना अहिलेपनि पत्रकारितामा सक्रिय छन् ।कुंवर काठमाण्डौ तिर छन्, भने जीसी बुटवलमा । उनी दुवै अहिले पनि पे्रस स्वतन्त्रताको पक्षमा छन् ।

कुंवर पत्रकार महासंघको केन्द्रिय सदस्य हुंदा महासंघमा सुधार ल्याउन र श्रमजीवि पत्रकारहरुको पक्षमा दरैसंग लागेका थिए । कुंरले आफ्नो केन्द्रिय सदस्यको पद त्याग्न पनि डराएनन्, तर उनका कुरा सुनिएन । जीसी पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष भए नराम्रो काम केही गरेनन् । दुवै मेरा लागि पे्ररणका पात्रा हुन् । यानेन्द्र जीसी लुम्बिनीमा हुंदा हांकपछि मेरो पहिलो पटक हे शहीद तिम्रो सम्झनामा भन्ने कविता छापिएको थियो । यो यानेन्द्र जीसी भएकै कारण छापिएको हो । किनकी हामीबीच गाउंलेको नाता बहुत ताजा र गाढा थियो । जीसी पत्रकारिताका अग्रज हुन् भने राजनीतिक क्षेत्रको हिसावले हामी समकक्षी हौ । लुम्बिनी पत्रिकामा मेरा धेरै समाचार र फोटा छापिए । त्यसमा पनि यानेन्द्र जीसीको हात हो । त्यसो त दीपेन्द्र कुंवर पनि सारै सहयोगी र मिलनसार थिए । उनमा त्यो गुण अहिले पनि त्यस्तै छ । काठमाण्डौ बसेपनि, फोन गर्दा चिनी हाल्छन् र मैले भन्दा पहिला नमस्कार गर्छन । मैले मेरो नमस्कार छ, भन्छु । बेलाबखत फोनमा भेट हुन्छ । दीपेन्द्र जी बुटवल आउंदा पनि कहिले कांही भेट हुन्छ । सुमन अधिकारी र शेरबहादुर केसीलाई भने उनले नभेटी जान्नन्, जस्तो लाग्छ ।

मलाई पत्रकारितामा ल्याउनमा शुरुमा शशिधर भण्डारी, स्व. सूर्य विक, इमानसिंह भारतीको हात छ । पत्रकारितामा स्थापित गराउन, सिकाउन र बुटवलमा टिकाउन सुमन दाईको ठूलो हात छ । त्यो कहिल्यै भुल्दैन सुमन दाईको गुन । तर पनि नयां दिशामा काम गर्दा दीपेन्द्र जीबाट पनि धेरै अनुभव बटुल्न र सिक्न पाए ।यानेन्द्र जीसीले लेख्न सिक्नु पर्छ श्याम जी केही न केही लेख्नु पर्छ है भन्दै सान्त्वना दिएको सम्झाना ताजै छ, मनमा । एक दिन बुुटवल बहुमुखि क्याम्पसको चौपारीमा संयोगले भेट भयो । यानेन्द्र जीसी, दीपेन्द्र कुंवर, दिपक ज्ञवाली, युवराज पाण्डे,सायद शेरबहादुर केसी, दाङका प्रीय मान्छे आजकल भेटघाट छैन सारै असल हेमराज शर्मालगायतका अन्य पत्रकार थिए, त्यो भेटमा । त्यहां सबै संगठनका नेताहरु र प्राध्यापकहरु थिए । त्यही बेला बडो प्रशंसाका साथ यानेन्द्र जीले मेरो परिचय गराई गराई दिए । सायद त्यो कुरा यानेन्द्र जीले भुल्न पनि सक्छन् । किनकी उनलाई त्यो सामान्य लाग्यो मदाई भने ठुलो लागेकाले  मैले भुलेको छैन र भुल्न पनि सक्दैन । किनकी त्यो क्षण मेरा लागि अहिले इतिहांस बनेको छ ।

त्यस दिनदेखि बुटवल बहुमुखि क्याम्पसका प्राध्यापक गुरुहरुले मलाई नजिकबाट नियाल्न थालेका थिए । त्यती बेला दुवै जनाको खल्तीमा सामान्य डटपेन हुन्थ्यो, सामान्य खालको पोशाकमा भेट हुन्थ्यो । जहां काम गर्यो त्यही ठाउंमा भोकै सुतेर पनि बुटवलमा पत्रकारिता गरेका थिए । कुंवर र जीसीले । त्यसो त त्यतीबेला बुटवलको पत्रकारिता स्मरण लायक थियो । बडो स्वाभिमानी थियो । कुवंर र जीसीले जस्तै गरी सामान्य चप्ल लगाएर दिनभर हिडेर रातभर पत्रिका र रेडियोमा काम गर्ने पत्रकारहरुको ठूलो जमात नै थियो ।

नयां दिशमा दीपेन्द्र कुंवरको ठूलो योगदान छ, भने लुम्बिनी दैनीकमा यानेन्द्र जीसीको पनि कम भूमिका छैन । दीपेन्द्र जीले अझ चप्पल पड्काउंदै दौडधुप गरेको याद आइरहन्छ । उनी कहीले कांही मुखपनि नधोइ हिड्थे, त्यो याद पनि ताजै छ, मनमा ।

दुवै जनाले करिव २० वर्ष अघि खिंचाएको जस्तो देखिने तस्वीर सामाजिक सञ्चजालमा भेटाएर यती लेखे । मैले दुवै जनालाई बुटवलमा जस्तो भेटाए, जस्तो देखे, जस्तो बुझे, त्यस्तै लेखे ।

दुवै जनाप्रति मेरा श्रदापूर्वक अभिवादन । नमस्कार ।