नेपालको राष्ट्रियता र प्रजातन्त्र

   लिलाबहादुर केसी

हाम्रो देशको विडम्वना के छ भने प्रजातन्त्र खोज्दा राष्ट्रियता गुम्ने र राष्ट्रियता खोज्दा प्रजातन्त्र गुम्ने।
यो अवस्था आउनुका खÞास कारणहरु छन् त्यस मध्येको मूल कारण हाम्रो छिमेकी देश भारत नै हो। इतिहांस हेर्दा के पाइन्छ भने, हामीले २००७ सालमा प्रजातन्त्र खोज्यौं, नाम मात्रको प्रजातन्त्र प्राप्त भयो ।
तर त्यसकोे फाइदा तुरुन्तै लिनुपर्छ भनी सरदार बल्लभभाई पटेलहरुले नेपाललाई उत्तरको विशाल हिम श्रृंखलादेखि भारतमा गाभ्नुपर्छ भनी भारतको संसदमा प्रस्ताव राखे।
भर्खर ब्रिटिश शासनबाट मुक्त भएको देश भारतमा जवाहरलाल नेहरु जस्ता केही उदारवादी नेताहरु पनि थिएं।
जवाहरलाल नेहरू जस्ता उदारवादी नेताहरुले सरदार बल्लभ भाइ पट्टेलको प्रस्तावलाई स्वीकार गरेनन् । तर नेपालमा प्रजातन्त्र स्थापना भए पनि नेपालको सार्वभौम भनिएको संसदमा भारत सरकारको स्थायी प्रतिनिधि बस्न पाउने भन्ने प्रस्तावलाई नेपाली शासकहरुबाट स्वीकृत गराएरै छाडे। त्यती मात्र होइन, चीनमा आएको समाजवादी व्यवस्थाको प्रभाव नेपालमा नपरोस भनी नेपालको उत्तरी सिमानामा १७ वटा भारतीय चेक पोष्टहरु पनि राख्न पाउनु पर्ने कुरामा नेपाली शासकलाई फसाए।
संसदमा रहने भारतको प्रतिनिधि र उत्तरी सिमाको चेक पोष्ट हटाउने काम धेरै वर्ष पछी मात्र पन्चायती प्रधानमंत्री किर्तिनिधि बिष्टले गरें। ती १७ वटा चेक पोष्ट नेपालले हटाउंदा विस्तारवादी भारतलाई एउटा ठूलो झड़का लाग्यो।भारत चीनको सम्बन्ध राम्रो नहुंदा कालापानीमा रहेको भारतीय चेक पोष्ट केहि समयको लागि राख्ने कुराको अनुरोध गर्दा दरवारले भारतलाई तत्कालको लागि थप चिढ़ाउन खोजेन।यसैको परिणाम आज कालापानी मात्र होइन, लिम्पियाधुरा र लिपु लेकसमेत विवादमा परेको छ।
किर्तिनिधि बिष्टको पालामा चालिएको यो कदम भारतीय विस्तारवादको विरुद्ध चालिएको एउटा क्रान्तिकारी कदम थियो। त्यसैले किर्तिनिधि बिष्टलाई प्रो कम्यूनिस्ट पन्च भन्थे।
२०१५ सालको आम चुनाव भयो त्यस्को समर्थन भारतले गर्यो, चुनाव सम्पन्न पनि भयो प्रजातन्त्रको अनुभूति भयो तर यो चुनाव भन्दा अंघी र पछी गन्डक र कोशी संझौता भए राष्ट्रियता बचेन। २००७ सालमा राणा विरोधी आन्दोलनमा सघाए वापत सुस्ता, महेशपुर क्षेत्रहरुमा भारतले अतिक्रमण गर्यो।
जब हामी राष्ट्रियता खोज्छौं तब भारत दरबारसंग मिल्यो, जब हामीले प्रजातन्त्र खोज्यौं त्यो बेला भारत दरबारको विरुद्ध लाग्यो। जनमत संग्रहको बेला हामी पाकिस्तानी भुट्टोलाई दिएको फांसीको विरुद्ध बोल्यौं त्यो बेला भारतले नेपाली आन्दोलनकरीलाई साथ दियो तर जब जनमत संग्रह आयो त्यो बेला भारतले दरबारलाई साथ दियो किन भने सूर्य बहादुर थापा प्रो इन्डीयन थिएं।
जब दरबारसंग खटपट हुन्थ्यो भारतले नेपाली जनता र सरकार विरुदध नाकाबन्दी गर्थ्यो। राजा महेन्द्र र बीरेन्द्रसंग (दरबार संग) खटपट हुंदा भारतले २०२८ साल र २०४५ सालमा नाकावन्दी गर्यो। त्यहि नाकाबन्दीको हाराहरीमा राजा महेन्द्रको संकास्पद मृत्यू भरतपुरको दीयालो बंगालामा भयो।
२०४५ सालमा भारत तर्फबाट गरिएको नाकाबन्दीले प्रजातन्त्र त ल्यायो तर महाकाली जस्तो राष्ट्रघाती सन्धीमा नेपालका नेताहरुलाई फसाइदियो। ठिक त्यहि बेला मदन भन्डारी, जीबराज आश्रीत जस्ता नेताहरुको षड्यन्त्रपूर्वक हत्या भयो।
राजा बीरेन्द्रका पालामा जब संसदमा ल्याइएको नागरिकता विधेयक प्रमाणीकरण गरिएन तब दरवार हत्या कान्ड घटाई उनको वंश नास गरियो। माओवादीहरुलाई शान्ति प्रक्रियामा ल्याउन जव दिल्लीले मध्यस्थताको भूमीका खेल्यो भारतले त्यस्को नगदा नगदी फाइदा खोज्यो। माओवादीहरुलाई शान्ति प्रक्रियामा ल्याई संविधान सभाबाट संविधान निर्माण गर्ने सन्दर्भ उठ्यो त्यो बेला भारतले संघीयताको भारी बोकाई तराईलाई उचाल्दै देश विखन्डन गराउने दुष्शाहस गर्यो।
जब नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक खोज्न थाल्यो तब भारतले हिन्दु धर्म र राजतन्त्र स्थापना गर्न र प्रजातन्त्र मास्न अनेकन प्रयत्न गरिरहेको छ। त्यसै सन्दर्भमा चुनावका बेला पनि भारतले नेपाली राजनीतिको माइक्रो एनालाइसिस गरी चुनाबको टिकट कस्लाई दिने र कस्लाई नदिनेसम्मको हस्तक्षेप गर्ने गर्छ।
नेपालमा भएका थुप्रै राष्ट्रिय घटना क्रमहरुलाई एउटै डालोमा हालेर कुनै अनुसन्धानकर्ताले तथ्यांक संकलन गरी विश्लेषण गर्ने हो भने शायद सबै राष्ट्रिय घटनाक्रमहरुमा भारतीय पक्षको संलग्नता यो वा त्यो रुपमा आउंछ।यस्को जिम्मा राजनीति शास्त्रका अनुसन्धान कर्तालाई दिनु पर्छ।तर कुनै पनि सचेत नेपालीहरुले प्रजातन्त्र र नेपाली राष्ट्रियताको सन्दर्भमा नेपालमा भएका घटनाहरुको समीक्षा गर्ने हो भने यो देशमा प्रजातन्त्र र राष्ट्रियतालाई समानान्तर किसिमले लैजान नदिने राष्ट्र भारत नै हो।
यस्तो स्थिति ल्याउन सहयोग गर्ने नेपाली लेन्डुपे र लम्सारवादी नै हुन। मौकामा जनताले त्यस्ता तत्वलाई चिन्न जरुरी भएको छ।