नेता ज्यूको शक्ति

लिलाबहादुर केसी
नेपालमा अहिले संघीय र प्रदेश तहको निर्वाचन हुंदैछ । पटक पटकको निर्वाचनमा राजनैतिक पार्टीहरुले निकालेका घोषणापत्रहरुजनताको नजरमा निकम्मा सावित भएका छन्। महंगी आकाशिएको छ। वैंकहरुले व्याज बढाएका छन्। उद्योगी र व्यापारीहरुले वैंककोव्याज र किस्ता तिर्न नसकेर दिन दिनै जुलुस निकालेका छन्।
पहाडका खेत बारीहरु बांझा हुंदैछन्। युवाहरु दिन दिनै विदेश पलायनभइरहेका छन्। तराईको जÞमीन पनि संक्रमणको अवस्थामा छ। पुरानो कृषि प्रणालीबाट उत्पादन लिन जनशक्ति छैन। पशुपालननहुनाले खेतहरुको उत्पादन क्षमता घटेको छ। पुराना कुला र सिंचाई प्रणाली भाटिएको अवस्था छ। कृषिमा आधुनिकीकरण गर्नेकुराहरु फोस्रा भाषणमा सिमित छन्।
जग्गाको चक्लावन्दी गरिएको छैन। कृषिमा आधुनिक औजार र उन्नत जातका मल बीऊ उपलव्धछैनन्। किसानहरु अहिले सम्म पनि उहिं पृथ्वी नारायण शाहको पालाको हलों र प्रविधि प्रयोग गर्न वाध्य छन्। पेट्रोलियम पदार्थमाभएको मूल्य वृद्धिले गर्दा जोत्ने ट्रैक्टर र भूमिगत पानी तान्ने मेसिन साना किसानको पहुंच भन्दा बाहिर छन्। जस्ले गर्दा दिन प्रतिदिन कृषिउत्पादन घट्दो छ।
सरकारी कार्यालयहरुमा खुलेयाम भ्रष्टाचार मौलाइरहेको छ। सरकार सन्चालकहरु ठेक्का पट्टाको सेटिंग मिलाउन व्यस्त छन्।सम्पन्न भएका योजनाहरु गुणस्तरीय छैनन्। गौरवका योजनाहरु निर्माण गर्ने नाममा प्राकृतिक श्रोत साधनको दोहन गरिएको छ। ठूलायोजनामा बिडींग गर्दा देखि नै सेटिंग बमोजिम काम हुन्छ। कर्मचारी तन्त्र झन् भ्रष्ट छ।

ग्रामिण जनताले विकास भनेको सडक यातायात वुझेका छन्। सड़क निर्माणका नाममा जथाभावी डोजरे विकास व्याप्त छ। भूकम्प रडोजरे विकासले जÞमीन खलवलिएको छ। वर्षा याम संगै पहिरो जान्छ। खेत वारी पुरिन्छन् घर भत्किन्छन्। असौज महिना सुरु हुन्छ फेरीडोजरले बाटो सफÞा गरिन्छ, बजेट फेरी खर्च हुन्छ। यो क्रम हरेक बर्ष जारी रहन्छ तर बाटोको स्तरनोन्नति साविकै रहन्छ। नेताहरुले हरसाल यिनै सडकहरुमा बजेट पारेको कुरा गर्नुहुन्छ।
मलाई लाग्छ नेपालमा ७७ जिल्लाका कच्ची बाटाहरु कति किलोमिटर बनेका छन्भनेर रेकर्ड राख्ने कुनै सरकारी निकाय छैन। ती कच्ची सडकहरुको कालोपत्रे हुने कुन पुस्तामा हो त्यसको आंकलन गर्ने अर्को कुनैसरकारी कार्यालय पनि देखिएको छैन। जथाभावी खोलिएका कच्ची ट्र्याकहरुले पुरानो पर्यावरणलाई विथोलेको छ। पानीका मुहानभासिएका छन्, पुराना इनार र कुवाहरु भाटिएका छन्।खोलाको पानीलाई लिफ्टिंग गरी डांडाको गाउं वस्तीमा पुर्याइएको छ। सानानंदीहरु बग्न विर्सिएका छन्। नदीमा पानी नहुनाले खेतमा सिंचाई हुन सकेको छैन। सिमसार क्षेत्रको संरक्षण छैन। बन्य जन्तु चरा चुरुंगीपलायन हुंदैछन्। समग्र इकोसिस्टम विग्रिएको छ।
युवाहरु विदेश पलायन छन्।गाऊं वृद्धाश्रम भएको छ। वृद्धहरुको मृत्यू हुंदा गाउंमा मलामी छैनन्। विमार हुंदा अस्पत्ताल लैजाने मान्छेछैनन् । पशुपालन घट्दो छ। सन्तुलित भोजन छैन, अर्गानिक खाना छैन त्यसैले मानिसहरु रोगले ग्रस्त छन्। उद्योगहरु सरकाले कौडीकोमूल्यमा बेचेको छ। उत्पादन छैन रोजगारी छैन।
सामाजिक विकासमा ध्यान पुगेको छैन। शिक्षा जीवनोपयोगी र प्राविधिक छैन। पढ़ें लेखेका युवाहरु नेपाली राजनीतिको सदाकोअस्थिरताबाट आजित भएर विदेश लागेका छन्। डाक्टरहरु गाउं बस्न चाहादैनन्। सरकारको स्वास्थ्य र शिक्षामा लगानी कम छ रदायित्व छैन। जनताहरु राज्यलाई सकि नसकि कर तिरेका छन् तर सामाजिक सुरक्षाको ग्यारेन्टी छैन।
सरकार सन्चालनका अंगहरु असफल भएका छन्। न्याय प्रणाली ध्वस्त र भ्रष्ट भएको छ। हर क्षेत्रमा चरम राजनैतिकरण हुनालेसर्वसाधारण प्रताडÞित छन्। विश्वविद्यालयहरु गुटगत राजनीति र सेन्टिगेट प्रणालीले पिडीत छ। यस्ता अनगिन्ती अभाव र विकृतिकोवीचमा देश चलिरहेको हुनाले कथाकार खेमराज पोखरेलद्वारा लिखित कथा संग्रह ‘पगाहा’ मा लेखेको वाक्यांश “खोइ यी गुलाबकाफूलहरू, कलकल बग्ने कल्पनाको रोशी खोला पनि, निलो आकाश पनि, र पारिको जङ्गल पनि म हाँसे मात्रै हाँस्छन कि क्या हो? “ भनेजस्तै नेपाली प्रकृति पनि नेपाली जनता हांस्न नपाउनाले रोएको अनुभूति हुन्छ तर यहां चुनावका धुनहरु बजिरहेका छन्। झन्डा फहराउंदैघोषणापत्र बांडिदै छन्।
जनता असीम दुःख, अवर्णनीय अभाव, सुरसाको मुख झैं विशाल महँगीको मार, पुराणमा वर्णित निर्दयी दैत्यझैं वेरोजगारीको बज्रप्रहार खपेर बाँच्न बाध्य छन् । प्राकृतिक स्रोतसाधनमा धनी नेपाल संसारका एक दर्जन विपन्न मुलुकको सूचीमापर्दछ । कति पीडादायी विषय छ यो । १०४ वर्षे जहानियाँ राणाशासनको अन्त्य भएको सात दशक भइसकेको छ, तर हामी आर्थिकअभाव, सामाजिक असन्तुलन र निराशा बोकेको मन लिएर बाँचिरहेका छौं ।
यी माथी उल्लेखित समस्याहरुको हल कसरी गरी नेपाली जन जनकों मुहारमा मुस्कान कसरी ल्याउन सकिन्छ? यी समस्याहरुकोहल गर्ने विधि र औजार के हुन सक्छन्। वीसौं खरब विदेशी ऋण तिर्ने कसरी? साधारण खर्च कटौति गर्ने उपाय के? के देशका तमामसमस्या हल गर्न संघीयता वोझ हुंदैन? के साधारण खर्च चलाउन विदेशी ऋण लिनु जायज हो? के असी प्रतिशत साधारण खर्च र बीसप्रतिशत विकास खर्च छुट्टाएर देशको विकास संभव छ र कति बर्षमा हामी कहाँ पुग्छौं? के हामीसंग देश विकासको मौलिक मोडालिटीछ? के पाँच बर्षमा ठूला शहरमा रेल र ठूला नदीमा जल यातायात सञ्चालन गर्न सकिने हो? के तपाईंले लेखेका घोषणापत्रमा भने झैंवार्षिक ५ लाख रोजगारी सिर्जना गर्न सकिन्छ? के सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलव्ध गराउन सकिनेहो? के श्रमिकहरुको न्यूनतम ज्याला मासिक रु २५ हजार पुरÞ्याउन सकिएला ? के अहिले जस्तो अस्थिर नीतिले सहकारी संस्थाकासदस्यहरू एक करोड र सहकारीबाट परिचालन गर्ने बचत रु १० खर्ब पुरÞ्याउन सकिन्छ? राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने भनेकोकुरालाई के विशिष्टिकरण गर्नु पर्दैन?
विदेशी पर्यटकको सङ्ख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुरÞ्याउने पूर्वाधारहरु के के छन्? कुलगार्हस्थ उत्पादन (जिडिपी) लाई आगामी पाँच वर्षभित्र रू. १०० खर्ब पुरÞ्याउने र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी रु ३ लाख (२४००अमेरिकी डलर) पुरÞ्याउने आधारहरु के होलान्? वस्तु र सेवाको आयात प्रवर्धन र निर्यात विस्थापन गर्ने नीति के हुन्? के देशका महत्वपूर्णखानी खनिजहरु उत्खन्नन गर्नु नपर्ने हो?
यही सन्दर्भमा नेता ज्यूहरुलाई प्रश्न सोध्न मन लाग्छ; तपाईं आध्यात्त्मवादी नेता हो भने राजा मिदास हो कि जसले ग्रीस देवताडाइनसिसलाई खुसी बनाएर छोएको वस्तु सुन बन्ने वरदान पाउनु भएको छ? के तपाईं वाजुराको बूढीनन्दा देवी, बाग्लुंग बरेंग र पाल्पातिनाउ गा पा को सत्यवतीबाट वरदान पाउनु भएको छ ता कि तपाईंले जितेमा देश र जनताको समस्या हल हुन्छ? के तपाईंले हामीलेपढेको लोक कथामा उल्लेखित बाठी महिलाले भगवानसंग सम्पन्नताको वर माग्दा, “माहिलो छोराले माझ तलामा बीस मुरे भकारीकोआड लागेर ठूलो ठेकामा मोहि पारेको देख्न पाउँछ भने झैं चलाकीपूर्ण वर माग्नु भएको छ र? तपाईं भौतिकवादी दृष्टिकोण राख्ने मान्छेहोभने के तपाईं सिङ्गापुरवासीका हृदयमा चम्किरहने र मुलुकलाई निरन्तर विकासको उज्यालो बाटोमा डोर्याउन प्रेरणा दिइरहने व्यक्तिलि क्वान यु जस्तै नेता हो र ? के तपाईंसंग लिबिया जस्तै मरूभूमि नै मरूभूमि भएको देशमा उन्नतिको लागि खेतीलाई प्राथमिकतामाराख्न सक्ने क्षमता छ ? के तपाईंसंग लक्जेमबर्गमा जस्तै पेट्रोलियमको भण्डार नभएको देशमा पेट्रोलियम उत्पादनमार्फत् देशको उन्नतिगर्न सक्ने क्षमता छ ,
हेर्नुस, राजनीति इमानी र बैइमानी दुवै तरिकाले गर्न सकिने रहेछ । इमानी राजनीति भनेको दर्शन, सिद्धान्तअनुसारको व्यवहार ।बेइमानी भनेको अहिलेको राजनीतिक परिदृश्य ।
राजनीतिले समग्र मानव जातिको जीवन परिवर्तनको भावना उद्धेलित बनाउँछ ।अभावमा विद्रोह जन्माउँछ । सिद्धान्त र दर्शनले गाइडेड भए, राजनैतिक नैतिकतासँग जनताले प्रश्न गर्देनन् । देशलाई यही अवस्थामाराखे तपाईंसंग जनताका हजÞार प्रश्न छन्। देश बनाउने स्पष्ट खाका कोरी भिजन र मिसन लिएर आउनुस। विकास बजेट बीस प्रतिशतछुट्टाएर राष्ट्रलाई समृद्ध पारी जनतालाई सुखी बनाउंछु भन्ने हांस्यास्पद कुरा लिएर जनताको घरमा आई फोहोर नबनाइदिनोस्। तपाईंकाहुंके चीलिमेलाई मात्र दौडाउनुहोस् समाजमा एयििगतष्यल नगर्नोस । यही मेरो कामना छ, होइन भने तपाईंमा त्यस्तो अलौकिक शक्ति केछ ?