समानुपातिकमा गिलास चिन्हमा मत दिन जनता उत्साहित छन् – रश्मीराज नेपाली

नेपालको कम्युनिष्ट आन्दोलनमा सबैले चिन्ने नाम हो रश्मीराज नेपाली । १९९८ साल असार २१ गते प्यूठान उदयपुरको मर्कावाङ गाउंमा बुवा हिमलाल उपाध्याय र आमा जवुनादेवी उपाध्यायको कोखबाट जन्मिएका रश्मीराज नेपाली नेपालको कम्युनिष्ट आन्दोलनको अग्रज नेता हुन् ।
हाल दाङको गढहवा गाउंपालिका २ वडहरा निवासी ८१ वर्षिय रश्मीराज नेपाली राष्ट्रिय जनमोर्चाका बरिष्ठ नेता हुन् । २०१९ सालमा नेकपाको सदस्य बनेका नेता नेपाली राष्ट्रिय जनमोर्चाबाट संविधान सभा सदस्यसमेत भएका नेपाली आगमी मंसिर ४ गते हुने निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाको तर्फबाट समानुपातिकबाट पहिलो नम्बरमा नाम छ नेता नेपालीको । २०२९ सालदेखि शिक्षण पेशा छोडेर पार्टीमा जीवन विताएका नेता नेपाली बौद्विक र अध्ययनशील नेता हुन् । नेकपा मसालमा लागेर लामो समय काम गर्दै आएका नेता नेपाली राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष हुन् ।
विश्वासीला, त्यागी र सादगी नेता रश्मीराज नेपाली सादा जीवन र उच्च बिचारका धनी मानिन्छन् ।
समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाको तर्फबाट समानुपातिक उम्मेदवार नेपालीसंग नयांदिशा अनलाइनका सम्पादक श्याम पोखरेलसंग निर्वाचनबारे भएका संक्षप्ती कुराकानी ।
तपाई अधिकारीको छोरा नामको पछाडी थर नेपाली लेखाउनुको खास कारण के होला ?
प्रश्नका लागि धन्यबाद । मैले २०२१ सालसम्म थर अधिकारी नै लेख्थे २०२२ बाट नेपाली लेख्न थालेको हुन । नेपाली लेख्नुको खास कारण यस्तो छ ।
म घर छोडेर पढ्न भनेर दाङ घोराहीको पद्मोदय पव्लिक माध्यामिक विद्यालयमा पढ्थे र त्यहां मैले त्यो स्कुलमा पढ्ने र पढाउने गर्थे । त्यो स्कुल त्यसबेला आइएसम्म पढाई हुन्थ्यो ।
उक्त पद्मोदय पव्लिक माध्यामिक विद्यालयमा पढाउने हेडमास्टर भारतीय नागरिक थिए । अन्य केही शिक्षक पनि भारतीय थिए । त्यसबेला हामीले स्कुलमा नेपाली नै हेडमास्टर हुनुपर्छ र शिक्षक पनि नेपाली हुनुपर्छ भने र आन्दोलन गरेका थियौ । त्यो आन्दोलनको अगुवाई मैले गरेको थिए ।
हामीले २०१८ को अन्त्य तिरबाट भारतीय हेडमासटर र अन्य शिक्षकहरुलाई हटाएर नेपाली शिक्षक ल्याउनुपर्छ भन्ने माग राखेर आन्दोलन सुरुगरेका थियौ ।
त्यो आन्दोलन २०१९ सालदेखि २०२१ सालसम्म चल्यो । म त्यतीबेला पञ्चायतको बिरुद्वमा पनि शसक्त रुपमा लागेको थिए, । भारतीय नागरिक हेडमास्टरलाई हटाउनु पर्छ भन्नेमा पनि आन्दोलन गरेको थिए ।
विद्यालयको व्यवस्थापन र प्रशासनले मलाई स्कुलबाट निष्काशन गरेर मुद्वा लगाउने र पढ्न पनि नदिने भएपछि मैले अधिकारी थर बदलेर २०२२ सालबाट नेपाली लेखाउन शुरु गरेको हु । भारतमा गएर रश्मीराज नेपाली भनेर नाम लेखाएर पढेको थिए ।
खासमा भन्नु पर्दा त्यस बेलाको व्यव्स्था अथवा पञ्चायतको बिरुद्वमा खुलेर लाग्दा आफ्नो थर छोडेर नेपाली लेखाएको हु । मलाई नेपाली थर लेखाएकोमा पछुतो छैन । गौरव छ ।

तपाई यस पटकको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट समानुपातिक उम्मेदवार हुनुहुन्छ । हजुरको उम्मेदवारी के का लागि ?
उम्मेदवारी मेरो भन्दा पनि पार्टीको हो । पार्टीले मलाई विश्वास गरेर उम्मेदवारी बनाए पछि म उम्मेदवारी भएको हु । गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि मेरो उम्मेदवारी हो ।
अग्रगमनको पक्षमा प्रतिगमनका बिरुद्व र जनताको अहिलेको अवस्थामा परिवर्तन ल्याउनका लागि मेरो उम्मेदवारी हो । म पार्टी क्रान्ति, परिवर्तनका लागि जनताको पक्षमा उभिएकाले पार्टीले विश्वास गरेपछि उम्मेदवार बनेको हु ।
तपाईले चुनाव जित्ने वा पार्टीले तपाईलाई माननीय बनाउला त ?
मलाई पार्टीले माननीय बनाउनु भन्दा पनि मलाई पार्टीले विश्वास गरेर पहिलो लिष्टमा राख्नु नै ठूलो विषय हो । म माननीय बन्ने नबन्न्े कुनै ठुलो कुरो होइन । मैले राजनीति अहिले मात्र चुनावको मुखमा आएर गरेको हैन । म २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएको मान्छे हु । त्यसपछि पार्टी क्रान्ति र परिवर्तनका लागि निरन्तर लागेको छु । अधिकांस समय मैले जनताको घरदैलोमा दिन बिताएको छु ।
देशभरका नेपाली र विदेशमा रहेका नेपालीसंग मेरो घनिष्ट सम्बन्ध छ । म जनताको साथमा छु । मलाइ जनताको भर र विश्वास छ । मैले अहिलेसम्म पार्टीमा र जनताप्रति कुनै अविश्वास हुने खालका काम गरेको पनि छैन । जसले गर्दा मेरो लगनशीलता विश्वास, पार्टीको म माथिको विश्वास छ, त्यसकारण मैले भन्दा पनि पार्टीले चुनाव जित्छ । पार्टीले चुनाव जिते पछि पार्टीलाई मेरो र मलाई पार्टीको विश्वास छ । माननीय सके बनुला नबने मेरा लागि ठूलो कुरा होइन ।
चुनावको तयारी के कस्तो छ ?
हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा गठबन्धनमा छ । हामी गठबन्धन दलकबीच सामूहिक कार्यक्रम बनाएर जनताको मन जित्ने गरी घरदैलोमा छौ ।
गठबन्धन दलहरुको बैठक बसेर कार्यक्रम बनेका छन् । पहिलो चरण आम मतदाता, नेता कार्यकर्तासंग भेटघाट सम्पन्न भईसकेका छन् । र हामी दोस्रो चरणमा पनि अझै मसिनो गरि जनता माझमा छौ । साथिहरु दिनरात जनताको घरदैलोमा हुनुहुन्छ । मतदाता शिक्षाका लागि पनि साथिहरु घरदैलोमा हुनुहुन्छ ।
हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले समानुपातिक तर्फका उम्मेदवारहरुलाई मत माग्न लागि बुटवलबाट यही गत कार्तिक १९ गतेबाट बुटवलबाट शुरु भएको समानुपातिक प्रचार अभियान शुरु भएको थियो ।
मेरै नेतृत्वमा शुरु भएको प्रचार अभियानले पहिलो चरणमा १३ जिल्लामा प्रचार प्रसारका कार्यक्रमहरु गरेको छ । राष्ट्रिय जनमोर्चाको पक्षमा जनता उत्साहित छन् । गिलास चिन्हमा भोट हाल्न र गठबन्धनप्रति जनता उत्साहित छन् । साथिहरु पार्टीको निर्देशनमा देशरभर चुनावी अभियानमा हुनुहुन्छ ।
तपाईहरुको पार्टी कांग्रेसको पछाडि हिड्यो भन्ने आरोप छ, के राष्ट्रिय जनमोर्चा कांगे्रसकै पछि लागेको हो त ?
मिडिया र मिडियाकर्मीहरुले बुझ्न र जनताले बुझ्ने गरी मिडियाकर्मीले लेख्न आवश्यक ठान्दछु मैले ।राष्ट्रिय जनमोर्चा कांगे्रसको पछिलाग्यो भन्ने प्रतिगामी, बिरोधीहरुको झुटा आरोप हुन् । बिरोधी तथा प्रतिगामीहरुले कहिल्यै पनि कम्युनिष्ट पार्टीप्रति सकरात्मक हुदैनन् । राष्ट्रिय जनमोर्चाले ७० वर्ष लामो लगडाई लडेर ल्याएको २०७२ को संविधान र गणतन्त्रको रक्षाका लागि कांगे्रस, माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीसंग चुनावी गठबन्धन गरेको हो ।
यो पांच दलीय गठबन्धनमा कांगे्रस मात्र छैन । अग्रगमन चाहाने अन्य पार्टी पनि छन् । यो संविधानको कैयौ अन्तर वस्तुसंग हाम्रा बिमती छन् । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले संघीयता स्वीकारको छैन । यो संविधान २०४७ को भन्दा प्रगतिशील भएकाले हामीले यो संविधानलाई फेल गराउन हुन्न । यसलाई रक्षा गरेर अगाडी बढेर सामान्य जनताका आधारभूत समस्या समाघान गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ ।
यो विचार व्यक्त गर्नुभन्दा अगाडि देशको वर्तमान परिस्थितीको बारेमा बुझ्यौं भने सही निश्कर्षमा पुग्न सकिन्छ भन्ने मलाई लाग्छ । सैद्धान्तिक रुपमा हामी फरक विचार राख्ने पार्टीका मान्छे हांै । तर केपी ओलीको सरकारले २।२ पटक संसद विघटन गरेपछि गणतन्त्र र धर्म निरपेक्षता नै खतरामा परेको कारण हामीले विशेष गरेर ५ दलले गठबन्धन गरेर संसद पुनस्थापनाको लागि सडकदेखि आवाज उठायौं र संसद पुनस्थापना भयो । जसले गर्दा फेल भैसकको संविधान जोगिएको हो ।
राष्ट्रिय जनमोर्चा संघीयता विरोधी पार्टीको रुपमा परिचित छ । तर तपाईहरु फेरी संघीयता ठिक छ भन्ने दलहरुसंग चुनावमा हुनुहुन्छ ?
नेपालको हकमा शुरुमा संघीइताको बिरोध गर्ने हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा हो । तर फेरी हामी संघीय प्रणालीकै बिरोधी भने होइनौ नेपालको हकमा संघीयता ठिक हुन्न र छैन भन्ने हो। हाम्रो जस्तो सानो मुलुकले आर्थिक रुपले संघीयता थेग्नै सक्दैन र संघीयता खारेज गर्नुपर्छ र विकेन्द्रि कराण्को आधारमा स्थानीय तहलाई अधिकार सम्पन्न गराउनु पर्छ भन्ने हो ।
पहिला हामी र हाम्रो पार्टी मात्र संघीयतको विपक्षमा थियो भने अहिले अन्य पार्टीहरुले निर्णय मात्र गर्न नसकेका हुन् । नपालको हकमा संघीयता आवश्यक होइन्छ भन्ने बुझी सकेका छन् ।
हामी संघीयता ठिक छ भन्ने पार्टीहरुसंग चुनावी गठबन्धन भएपछि पांचदलीय गठबन्धनमा फरक फरक मत र बिचार राख्ने पार्टी छन् । आआफ्ना फरक मतहरुलाई थाती राखेर ओलीको दुई दुई पटकको संसद विघटनको प्रतिगामी षडेयन्त्रका बिरुद्व गठबन्धन बनेको हो ।
शुरुमा संघीयता संघीयता बेठीक छ भन्ने हाम्रो विचार अहिले पनि कायम छ । नेपालको हकमा हामीले संघीयतालाई स्वीकारदैनौ । तर हाम्रो उम्मेदवारी संघ प्रदेश दुवै तहमा छ । हामीले जितेपछि पनि संघ र प्रदेशको रोष्टमबाट संघीयता खारेजीको लागि अवाज उठाँउछौ । संघीयता पूर्णरुपमा खारेज नहुंदासम्म सडक र सदनबाट हामी संघीयताको बिरोध गर्छौ र जनतलाई सचेत बनाउंछौ ।
राष्ट्रिय जनमोर्चाले के कस्ता एजेण्डा लिएर जनातसंग भोट माग्न जानुभएको छ ?
हामीसँग जनताको माझमा जानको लागि एजेण्डा र मुद्धाको कमी छैन । हामीले हिजोपनि जनताको सेवक भएर काम गरेका हौ । हामी आज पनि जनताका सेवक हौ र हामी भोली पनि जनताका सेवक बन्ने छौ । राजनीति भनेको सेवामूलक पेशा हो । हामीले राजनीतिलाई व्यवसाय र उद्योग बनाउने छैनौ । राजनीतिलाई व्यवसाय र उद्योग बनाउनेका बिरुद्व हाम्रो सम्झौताहिन संघर्ष जारी रहने छ ।
चुनावको सन्दर्भमा पनि यो कुरा लागु हुन्छ । देशमा भ्रष्टचार अनियमितता व्याप्त छ, यसलाई रोक्नुको अर्को विकल्पै छैन । विकास निर्माण कार्यमा भएका थुपै्र प्रकारमा अनियमिततालाई रोकेर पारदर्शी गर्नुपर्नेछ । कृषिलाई आधुनिकिकरण गरेर व्यवसाय र आयमूलक तरिकाबाट अगाडि बढाउनुपर्नेछ ।
गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा गरौं संघीयताको खारेज गरौं भन्ने मुल नाराका साथ हामीले यो चुनावलाई उपयोग गरेका हौ ।
गठबन्धन गर्नुको मुख्य कारण के हो ?
देश प्रतिगमनतर्फ धकेलिएको कारण गणतन्त्र रक्षा धर्म निरपेक्षता रक्षाको लागि र अग्रगमनको लागि यो गठबन्धन आवश्यकता बन्यो । प्रतिगमनलाई परास्त नगरे सम्म देशको सविधानको रक्षा हुन नसक्ने अवस्था सिर्जना भयो । राजनिति अस्थीरताको कारणले विकासमा बाधा पुग्यो । कम्युनिष्ट विचारको पनि रक्षाहुन नसक्ने अवस्था आयो र प्रतिगमनलाई परास्त गर्नको लागि पार्टी केन्द्रबाट नै गठबन्धन गरियो र हामीलाई पनि त्यो विषय ध्यान दिएर हामी पनि गठबन्धन गरेर अगाडि बढेका छौं । जितको लागि भन्दा पनि सविधानको रक्षा गणतन्त्र धर्म निरपेक्षताको रक्षाको लागि गठबन्धन आवश्यकता बनेको हो ।
एमालेसंग डराएर पांच दलीय गठबन्धन भएको भन्ने आरोप छ, तपाई के भन्नुहुन्छ ।
यो सरारस झुटको खेती हो । मैले यस अघि नै भनी सके पांच दलीय गठबन्धन प्रतिगमनका बिरुद्व हो । यो संविधान र गणतन्त्रको रक्षाका लागि हो । कसैसंग डराउने विषय छैन ।
नेपालको इतिहांसको खासखास मोडमा अग्रगामी शक्तीबीच कार्यगत एकता र गठबन्धन हुने गरेको छ । इतिहांसले प्रमाणित गरेको छ । हामी पञ्चायतको अन्त्यका लागि २०४६ को जनआन्दोलनमा, २०६३।०६३ को जनआन्दोलन लगायतका विशेष अवस्थामा कांगे्रस कम्युनिष्ट एक भएर लडेको इतिहांस छ । राजनीति अध्ययन गरेमा बुझीन्छ ।

गठबन्धनप्रति जनताको चासो कस्तो देख्नु भएको छ ?
देश र विदेशमा रहनुभएका नेपाली गठबन्धनप्रति उत्सातिह हुनुहुन्छ । प्रतिगमनलाई जसरी पनि परास्त गर्नुपर्छ भन्ने जनताको चाहाना छ । जनताले प्रतिगामी शक्ति राप्रपा र भारतसंग मिलेर एमाले चुनाव लडेको छ भन्ने बुझेका छन्। त्यसका कारण यो चुनावमा गठबन्धनको जीत हुन्छ ।